‘बाहुबली टु’ विवादको घेरामाः रिलिजको मुखमा बिरोध कार्यक्रम

‘बाहुबली टु’ विवादको घेरामाः रिलिजको मुखमा बिरोध कार्यक्रम

एजेन्सी

बैशाख ८ – फिल्म ‘बाहुबली’ को ब्लकबस्टर हिटपछि दुई वर्षपछि निर्देशक राजामौलीको ‘बाहुबली टु’ ‘कटप्पाले बाहुबलीलाई किन मारे…’ भन्ने प्रश्नको राज खोल्नका लागि तयार छन् । तर रिलिज हुनु केही दिन अघि फिल्म विवादमा घेरिएको छ ।

फिल्ममा कटप्पाको भूमिका निर्वाह गरिरहेका सत्यराजको वर्षौं पुरानो बयानले विवाद निम्त्याएको हो । यसले कर्नाटकमा फिल्मको विरोध भइरहेको छ । अब फिल्मका निर्देशक राजामौलीले यो विवादबाट आफूलाई र आफ्नो फिल्मलाई अलग्गाएका छन् ।

 फिल्मका निर्देशक एस एस राजामौलीले आफ्नो ट्वीटर ह्याण्डलमा एक भिडियो पोष्ट गर्दै मानिससँग अपिल गरेका छन् । उनले भनेका छन्, ‘यदि कुनै मुद्दाको विषयमा तपाईं रिसाउनुभएको छ भने म कुरालाई स्पष्ट गर्न चाहन्छु । जुन कुराले तपाईंलाई दुःख पुर्याएको छ त्यसको फिल्मसँग केही सम्बन्ध छैन । उक्त बयान उनको व्यक्तिगत विचार थियो जुन उनले ९ वर्ष पहिले भनेका थिए ।’

राजमौली थप्छन्, ‘सत्यराज फिल्मका न त निर्देशक नै हुन् न निर्माता त्यसकारण फिल्मको प्रदर्शन रोक्दा यसले उनलाई केही पनि असर गर्दैन । त्यसकारण उनको बयानका लागि फिल्ममा प्रतिबन्ध लगाउने कुरा ठिक होइन । अहिलेसम्म सत्यराजका विभिन्न फिल्म रिलिज भइसकेको छ ।’

स्मरण रहोस्, फिल्ममा कटप्पाको भूमिका निभाउने सत्यराजले करिब ९ वर्ष पहिले तमिलनाडु र कर्नाटकसँग जोडिएको कावेरी नदी विवादको क्रममा कथित रुपमा कन्नड विरोधी बयान दिएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल