स्पेनमा बस्ने नेपालीको तथ्यांक नै छैन

स्पेनमा बस्ने नेपालीको तथ्यांक नै छैन

स्पेन , बैशाख ८ – गैह्र आवासीय नेपाली संघ स्पेन र यहाँस्थित संघ संस्थाको सहयोगमा तथ्यांक संकलन गरिने भएको छ । गैर आवासीय नेपाली संघको पहलमा तथ्यांक संकलन गर्न लागिएको संघका अध्यक्ष मुक्त गुरुङले जानकारी दिए ।

गुरुङले भने, ‘हामी बिभिन्न कारणले हाम्रो घर, परिवार र देश छाडेर परदेशमा छौ हाम्रो सुख ,दूख बिसाउने घर परिवार भनेको नै हामी सबै नेपालीहरूको सामूहिक एकता हो ।

एउटै परिवारभित्रका सदस्यको पनि फरक फरक सोँच र बिचार हुन सक्छन् तर परिवार भित्र एकताको सुत्रमा जोड्ने र जहाँ भैपरि आउने समस्याहरूको सामूहिक रूपमा सहयोग गर्दै समाधान गर्न पनि तथ्याङक संकलन जरुरी छ । ’

संघले सम्पूर्ण स्पेनबासी नेपालीहरुलाई तथ्याङक संकलनमा सहयोग गर्न पनि अनुरोध गरेको छ ।

स्पेनमा नेपालीहरुको बसोबास शुरु भएपनि हालसम्म कति नेपाली छन् भन्ने तथ्यांक कतै भेटिएको छैन । विभिन्न अड्कलबाजी र बढ्दो संख्यालाई हेर्दा स्पेनमा करिब १२ हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान गरिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल