ईटालीमा हुने अन्तराष्ट्रिय मेलामा मौलाकालिका मन्दिर

ईटालीमा हुने अन्तराष्ट्रिय मेलामा मौलाकालिका मन्दिर

ईटाली, बैशाख ८ – ईटालीको रोममा अप्रिल २२ बाट शुरु हुने लागेको अन्र्तराष्ट्रिय मेलामा पहिलो पटक नेपाली मन्दिर र झण्डै एक दर्जन बिभिन्न जातजातिका पोशाकको प्रदर्शन हुने भएको छ । मेलामा वर्तमान विश्व संरचनामा नेपाली हस्तकला र यसको बजारीकरण बिषयक अन्तरक्रिया कार्यक्रम पनि हुँदैछ ।

त्यसका लागि गैह्र आवाशीय नेपाली संघका पूर्व केन्द्रीय अध्यक्ष, वर्तमान प्रमुख संरक्षक तथा ब्यापारी जिवा लामिछाने, गैह्र आवाशीय संघका अन्य मुलुकका पदाधिकारी, कलाकार, लेखक, पत्रकार तथा युरोपमा नेपाली उत्पादनको ब्यापार गरिरहेका तीन दर्जनभन्दा बढि ब्यवसायीहरुकाबिच अन्तक्रिया हुँदैछ ।

कार्यक्रममा ब्यापारी जिवा लामिछानेको पुस्तक सरसर्ति संसारको बिमोचनसमेत गरिनेछ ।

ईटालीको रोम शहरमा हुने अन्तर्रा्ष्ट्रिय ओरियन्टल मेलामा नेपालको कला कौशलको पहिचान होस् भनि एभरेस्ट क्राफ्ट प्रालीले नेपालबाट मौलाकालिका मन्दिर (नवलपरासी जिल्लाको कालिकास्थानमा रहेको कालिका मन्दिर) निर्माण गरि रोमबाट प्रदर्शन गर्न लागेको छ । त्यसकासाथै बिभिन्न जनजातिका भेषभुषाहरुपनि यो मेलामार्फत परिचित गराइने आयोजकले जनाएको छ ।

करिब चार मिटर उचाई, १४५० किलो तौल, तिन मिटर लम्बाई रहेको यो मन्दिरको उद्घाटन बिभिन्न रोमकालागि नेपाली कन्सुलर, गैह्र आवाशिय नेपाली संघका प्रमुख संरक्षक, लेखक तथा ब्यापारि जिवा लामिछाने, नेपाली सञ्चारकर्मी र अन्य विशिष्ठ ब्यक्तिहरुको उपस्थितिमा गरिनेछ । त्यसैगरि २१ अप्रिलका दिन ‘वर्तमान विश्व अर्थतन्त्रमा नेपाली हस्तकला र यसको बजारीकरण’ बिषयक अन्तरक्रिया कार्यक्रम हुनेछ ।

कार्यक्रममा अन्तराष्ट्रिय हस्तकला महासंघको अवधारणा पत्र प्रस्तुत गर्नुको साथै संस्थाको औपचारिक घोषणासमेत गरिने छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल