एनसेलले ल्यायो नयाँ डेटा प्याक

एनसेलले ल्यायो नयाँ डेटा प्याक

काठमाडौं, वैशाख ८– जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । एनसेलका सबै ग्राहकले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधीका डेटा प्याक ल्याएको हो ।

नयाँ डेटा प्याक बिहीबार (वैशाख ०७ ) देखि लागु भएको छ । इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत यस अघि ल्याइएको अफर समाप्त भए लगतै ल्याइएको यो योजना अन्तर्गत एनसेलका सबै ग्राहकले अब न्युनतम ६ पैसा प्रति एमबिसम्ममा डेटा सेवा लिन सक्नेछन् ।


ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याकमध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार जति पटक पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

अल टाइम डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले १० रुपैयाँमा २५ एमबी, २० रुपैयाँमा ६० एमबी, एक सय रुपैयाँ मा ३०० एमबी, १ सय ५० रुपैयाँमा ६०० एमबी २ सय ५० रुपैयाँमा १ हजार २ सय एमबी डेटा खरिद गर्न सक्ने जनाएको छ ।
डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याकभन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमाअल टाइम डेटा प्याकभन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् । डे डेटा प्याक अन्तर्गत ग्राहकले मात्र २ सय ५० रुपैयाँमा २ सय ४ सय एमबी डेटाको लिन सक्ने छन् । त्यस्तै नाइट प्याक अन्तर्गत ग्राहकले २ सय ५० रुपैयाँमा ४ हजार ८ सय एमबी डेटाको लिन सक्ने छन् ।

यसरी डे डेटा प्याक अन्तर्गत ग्राहकले न्युनतम ११ पैसा प्रति एमबीसम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्ने छन् नाइट डेटा प्याक लिने ग्राहकले मात्र ६ पैसा प्रतिएमबीसम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । ३०० एमबि, ६०० एमबिर १२०० एमबि का प्याकहरुको समयावधि ३० दिन रहेको छ र २५ एमबि र ६० एमबि का प्याकको समयावधि ३ दिनको रहनेछ ।

एनसेलका ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । उल्लेखित शुल्कहरु सबै कर सहित रहेको र यो अफर ९० दिनको लागि मान्य हुने जनाइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल