कोकाकोलाको नयाँ विज्ञापन अभियान

कोकाकोलाको नयाँ विज्ञापन अभियान

काठमाडौं, वैशाख ८ –कोकाकोलाले गर्मीको मौसमको सुरुवातसँगै नयाँ विज्ञापन अभियान शुरु गरेको छ । जसमा बलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणले अभिनय गरेकी छिन् ।

नेपालको इतिहासमा पहिलो पटक कोकाकोला भिडियो विज्ञापन (टिभीसी) क्षेत्रिय रुपमा एकै पटक सार्वजनिक गरेको छ । नयाँ युगको संचारमाध्यम, अहिलेको खेलको नाममा आएसँगै यो टिभीसी यसअघि नै कोकाकोलाको फेसबुक पेजमा शुरु भईसकेको जनाएको छ ।


यो अभियान कोकाकोलाको ‘वान ब्राण्ड’ रणनीतिअन्तरगत कोकाकोलाको सबै ट्रेडमार्क ब्राण्डलाई एकै छातामुनी सिर्जनात्मक रुपमा ल्याउने एकल प्रयास भएको कम्पनीले जनाएको छ ।

कोकको यो कार्य सेलेब्रिटी र उनीहरुको फ्यानहरुको बिचमा रहेको भिन्नतालाई चिर्नु रहेको छ । एउटा बिग्रेको लिफ्टमा फसेका र एकआपसमा घुलमिल हुनका लागि सामाजिक सम्बन्ध बढाउने भावना प्रदर्शन यो विज्ञापनमा रहेको छ ।

कोकाकोलाले सामान्य सुखानुभुतीका साथमा दैनिक र नियमित गतिबिधि भन्दा अलग्गै स्मरण गर्न लायक अनुभव सिर्जना गर्ने र यो दक्षिण एशियाली शुरुवात भएको जनाइएको छ । विश्वव्यापी अभियान अन्तर्गत कोक पिएर हुने आनन्दलाई दर्शाउँने र यो विज्ञापन दिपिका पादुकोणको सेलेब्रेटी हिस्सा, जोशपूर्ण संगीत, उच्चस्तरीय कथा वाचन र जेसुकै भएपनि केहि फरक नपर्ने सकारात्मक संदेशका कारण साँच्चिकै रमाईलो भएको जनाइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल