प्रेमकथामा बन्ने भयो ‘शरदका पातहरु’

प्रेमकथामा बन्ने भयो ‘शरदका पातहरु’

काठमाडौं, बैशाख ८– बिभिन्न कारणले प्रेममा आउने उतर चढापको बिषयमा चलचित्र ‘शरदका पातहरु’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभ–मूर्हत सम्पन्न भयो ।

बरिष्ठ कलाकार मोहन निरौलालाई प्रमुख अतिथी बनाउदै गरिएको मुर्हतमा  कलाकार सुभास मेचे र श्रेया दुलालले चलचित्रको भित्रको एक सम्वाद बोल्दै मुर्हत सर्ट दिए ।

समाजिक बिषय र प्रेमकथामा निर्माण हुन लागेको चलचित्रको कथा टि.एन. भण्डारीले लेखेका हुन् ।

चलचित्रमा सुभाष र श्रेयाको अलवा अजित राई, मनिषा श्रेष्ठ, सुवास गजुरेल, बमिता जिएम, श्यामकुमार राई लगायतको अभिनय रहनेछ ।

सागर दराईको निर्माण र मोहन राई ‘बृहस्पतथी’ र अनिता देवि तामाङ सह निर्माता रहेको चलचित्र राज्य राई देमिनले निर्देशन गर्दैछन् ।

चलचत्रिमा कुमार श्रेष्ठको द्धन्द्ध, प्रकाश दुमी राईको गीत, निर्देशक स्वयंमकोे संगीत रहनेछ । ओमन रानाको नृत्य निर्देशन रहने ‘शरदका पातहरु’को बैशाख १४ गतेबाट फ्लोरमा जाने बताइएको छ । चलचित्रमा  धरान, धनकुटा र भेडेटारकबा रमणिय दृश्य कैद गरिनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल