जेसीबीको ग्रामीण अभियान सकियो

जेसीबीको ग्रामीण अभियान सकियो

काठमाडौं, बैशाख ८–नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबीको दोस्रो ग्रामिण अभियान सम्पन्न गरेको छ । ग्रामिण क्षेत्रका बासिन्दालाई जेसीबी मेसिनको उपयोगिता र आवश्यकताबारे जानकारी दिने उद्देश्यले एमएडब्लु अर्थमुभर्सले दुई महिनाअघि पूर्वमा भद्रपुरदेखि पश्चिममा महेन्द्रनगरसम्मको ग्रामिण अभियान सुरु गरेको थियो ।

यो अवधिमा जेसीबी इन्डियाका प्राविधिकसहितको टोलीले नेपालभर ५२ स्थानमा पुगेर जेसीबीका उत्पादन, मूल्य र यसका प्रयोगबारे जानकारी गराएको थियो । अभियानका क्रममा ग्रामिण क्षेत्रमा सबैभन्दा बढी प्रयोग हुने जेसीबी २डीएक्सएल लोडर र ३डिएक्स सुपर ब्याकहोको प्रदर्शनीसमेत गरिएको थियो ।

‘जेसीबीका मेसिनहरु सम्भवतः सबै प्रकारका उद्योगहरुमा प्रयोग गर्न सकिन्छ, जलविद्युत, राजमार्ग, विमानस्थल जस्ता मेगास्ट्रक्चरको निर्माण कार्यमा मात्र होइन हाम्रा मेसिनहरु पेट्रोल पम्प, पशुपालन, खेतीपाती जस्ता साना व्यवसायमा समेत प्रयोग हुन्छ,’ एमएडब्लु अर्थमुभर्सका प्रमुख बजार व्यवस्थापक सञ्जिब देउजाले भने, ‘हामी व्यवसायी र स्थानीय बासिन्दालाई जेसीबीका मेसिनहरु प्रयोग गरेर कसरी समय र पैसाको बचाउ गर्न सकिन्छ भन्ने चेतना जगाउन चाहन्थ्यौं, यसमा हामी सफल भएका छौं ।’

ग्रामिण अभियान अवधिभर जेसीबीका मेसिन किन्ने ग्राहकलाई थाइल्यान्ड भ्रमणको अवसर दिइनुका साथै स्पेयर पार्टस्मा १० प्रतिशत छुट समेत दिइएको थियो । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । अझ टाढैबाट मेसिनबारे जानकारी दिने लाइभलिंक प्रविधिले गर्दा जेसीबी मेसिनको उत्पादकत्व अझ बढेको छ ।

नेपालमा जेसीबी मेसिनको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । एमएडब्लु अर्थमुभर्सले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकपुरबाट सेल्स, सर्भिस र स्पेयर पार्टस्को सेवा दिइरहेको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल