मधेससम्बन्धि प्रस्ताव बेलायतको संसदमा

मधेससम्बन्धि प्रस्ताव बेलायतको संसदमा

काठमाडौँ, वैशाख ८ – मधेसका जनताको प्रतिनिधित्वबारेको प्रस्तावना बेलायतको संसदमा दर्ता गरिएको छ । बेलायतकी सांसद् एन क्लाउडीले बिहिबार उक्त प्रस्ताव बेलायती संसद्मा दर्ता गरेकी हुन् । क्लाउडी लेबर पार्टीकी सांसद हुन् ।

प्रस्तावमा चुनाव अघि नै संविधान संशोधन गर्नुपर्ने उल्लेख गरिएको छ । यसका लागि नेपाल सरकारलाई आग्रह गरिनुपर्ने उनले प्रस्तावमा उल्लेख गरेकी छिन् ।

‘मधेसी जनसंख्या ३३ प्रतिशतको अनुपातमा रहे पनि उनीहरु सरकारी सुविधा र अवसरहरुमा १२ प्रतिशत स्थानमा प्रनिधित्व गर्छन् । स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभए तराई क्षेत्रमा अल्पसंख्यक मधेसीहरु सीमान्तकृत भइनै रहनेछन्,’ प्रस्तावमा उल्लेख छ ।


त्यस्तै मधेसमा अत्याधिक बल प्रयोग भएको पनि बताएकी छिन् । उनले फागुन २३ गते सप्तरीमा प्रहरी गोलीले पाँचजना मारिनु र अन्य थुप्रै घाइते भएको प्रस्तावमा उल्लेख गरेकी छिन् । तराईमा सुरक्षाकर्मीको बल प्रयोगले पाँचजना मारिनु, अरु घाइते हुनु त्यसैको नतिजा भएको पनि प्रस्तावमा उल्लेख गरेकी छिन् ।

हुनुले तराई मधेसमा अहिलेकै अवस्थामा चुनाव गर्ने परिस्थिति नभएको भन्दै पहिले संविधान संशोधनबाट राजनीतिक निकास दिइनुपर्ने, त्यसपछि चुनावमा जान नेपाल सरकारलाई आग्रह गर्नुपर्ने प्रस्ताव गरेकी हुन् ।

उनले नेपाल सरकारलाई हिंसाका घटनाहरुको छानबिन गर्न आग्रह गरेकी छिन् भने बेलायत सरकारलाई पनि नेपालको सुरक्षा अंगलाई दिइने कुनै पनि अनुदान र सहयोग राशि दिनुअघि उनीहरुको कार्य अन्तर्रास्ट्रिय मानव अधिकार मापदण्डअनुकुल भए नभएकोबारे ध्यान दिन सुझाव दिएकी छिन् ।

नेपालमा दुई दशकपछि हुन गइरहेको स्थानीय चुनावले लोकतन्त्र बलियो बनाउने अपेक्षा व्यक्त गरेकी छिन् ।

मधेस अभियन्ता तथा अधिकारकर्मी दीपेन्द्र झा लगायत टोलीले बेलायतका सांसदहरुसँग भेटेर मधेस मुद्दाबारे लबिङ गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल