क्यान्सरपश्चात् आफूलाई नै चिन्न सकिनन् मनिषाले, भनिन्, ‘एलियन जस्ती भएकी थिएँ’

क्यान्सरपश्चात् आफूलाई नै चिन्न सकिनन् मनिषाले, भनिन्, ‘एलियन जस्ती भएकी थिएँ’

एजेन्सी

बैशाख ८ – मनिषा कोइरालाले केहि समय अघि दिएको अन्तर्वार्तामा क्यान्सरको उपचारपश्चात् आफू एलियनजस्तो देखिन थालेको बताइन् । मनिषाका अनुसार केमोथेरापीका कारण उनको कपाल झर्न थालेका थिए । स्मरण रहोस्, मनिषा लामो समयदेखि फिल्मबाट टाढा छिन् तर संजय दत्तमाथि बनिरहेको फिल्म बायोपिकमा उनी संजय दत्तकी आमाको भूमिकामा देखिनेछिन् । यो फिल्ममा संजय दत्तको भूमिका रणबीर कपुरले निभाइरहेका छन् ।

सौदागर, १९४२ः अ लभ स्टोरी र बम्बेजस्ता फिल्ममा काम गरिसकेकी मनिषालाई डिसेम्बर सन् २०१२ मा डिम्बाशयको क्यान्सर भएको थियो । उपचारका लागि उनी अमेरिका गइन् र त्यहाँ करिब ६ महिनासम्म उनको उपचार रह्यो ।

केमोथेरापीपछिको आफ्नो स्वरुपबारे कत्तिको चिन्ता थियो भन्ने प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘मेरो कपाल झरिरहेको थियो भन्ने कुरा थाहा थियो तर म कस्तो देखिन थालेको थिएँ भन्ने कुरा थाहा थिएन ।

मनिषा भन्छिन्, ‘क्यान्सर जस्तो रोगबाट लड्नका लागि हुन त स्वरुपमा परिवर्तन आउँछन् । मलाई थाहा थियो कि क्यान्सरसँग लड्नका लागि मानसिक रुपमा तयार हुनुपर्दथ्यो र यसका लागि मलाई परिवारको पूर्ण समर्थन मिल्यो ।’

‘केमोथेरापीपछि मेरो कपाल र आँखी भौं पूर्ण रुपमा झरेका थिए । त्यतिबेला जब म आफूलाई ऐनामा हेर्थे तब एलियनजस्तो महसुस हुन्थ्यो,’ उनले भनिन् ।

मनिषा सन् २०१३ को मे २ तारिखमा पूर्ण रुपमा क्यान्सरमुक्त भएकी थिइन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल