निर्यात बढाउन नेपाललाई अमेरिकाको आग्रह

निर्यात बढाउन नेपाललाई अमेरिकाको आग्रह

काठमाडौँ, बैशाख ८ – अमेरिकाले भन्सार छुट दिएका बस्तुको व्यापार बढाएर लाभ लिन नेपालसँग आग्रह गरेको छ ।

नेपालस्थित अमेरिकी दुतावासले शुक्रबार काठमाडौँमा एक कार्यक्रम गरी भन्सार छुट दिने अमेरिकी कार्यक्रमबाट लाभ लिन नेपाल सरकार र नेपाली व्यवसायीहरुलाई आग्रह गरेको हो ।

अमेरिकी सरकारले नेपालले उत्पादन गरेका गलैंचा, झोला, सिरपोस, सल, स्कार्फ, छाला तथा भ्रमण सामग्रीमा छुट दिने व्यवस्थासहितको कार्यक्रम तय गरेको छ । सोही कार्यक्रमबाट लाभ लिन अमेरिकाले आग्रह गरेको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदुत अलाईना बी टेपलिजले भन्सार छुट दिने बस्तुहरुको निर्यात बढाएर लाभ लिन नेपाल सरकार र व्यवसायीहरुलाई आग्रह गरेकी हुन् ।

कार्यक्रममा बोल्दै वाणिज्य मन्त्री रोमी गौचन थकालीले अमेरिकाले उपलब्ध गराएको भन्सुर छुटसहितको व्यवस्थाबाट नेपाली व्यवसायी र सरकार उत्साही भएको बताए ।

नेपाल उद्य्रोग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले बस्तु निर्यातका लागि अमेरिकाले दिएको भन्सार छुटबाट आफूहरु उत्साही भएको बताइन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल