थुनिएको अरुण नदीमा सेनाको हेलिकप्टर पुग्यो, तर स्थिति अझै अज्ञात

थुनिएको अरुण नदीमा सेनाको हेलिकप्टर पुग्यो, तर स्थिति अझै अज्ञात

संखुवासभा, बैशाख ८ – संखुवासभाको बरुण नदिले थुनेर बाँध बनेको स्थलमा नेपाली सेनाको हेलिकप्टर पुगेको छ । काठमाडौबाट गएको नेपाली सेनाको ठूलो हेलिकप्टर घटनास्थलतर्फ लागेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन घिमिरेले जानकारी दिए ।

यसअघि सेनाको हेलिकप्टर संखुवासभा सदरमुकाम खाँदबारीमा केहिबेर रोकिएको थियो । ‘भर्खरै राहत तथा उद्धारका काठमाडौँबाट आएको १४ र यहाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको ११ सदस्यीय टोली गरी २५ सदस्यीय राहात तथा उद्धारको टोली बरुण दोभानतर्फ हिँडेको छ, टोलीले दोभान आसपासको निरीक्षणपछि बरुण नदीको मुहानको समेत अनुगमन गर्ने छ,’ सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

टोलीमा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र खानेपानी राज्यमन्त्री दीपक खड्का, गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद्, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेनाको प्राविधिक टोली, सशस्त्र प्रहरी तथा जल उत्पन्न प्रकोप विभागका प्रतिनिधिलगायत छन् ।

उनीहरुसँगै रेडक्रसको टोली पनि घट्नास्थलतर्फ लागेको छ । टोलीले औषधी र चाउचाउ, विस्कुट लगायतका खाद्य सामाग्री लगेको छ । नदी थुनिएको स्थान अत्यन्त खोँच रहेकाले सञ्चार सम्पर्क समेत हुन नसकेको बताइएको छ ।

बरुण दोभानमा बनेको ताल फुटे तलतर्फका बस्ती र अरुण तेस्रो आयोजनास्थल केवावेसी तुम्लिङटारदेखि धनकुटाको महालक्ष्मी नगरपालिकाको दमार र लेगुवा बजार, शहिदभूमि गाउँपालिकाको त्रिवेणी क्षेत्रको वस्तीमा क्षति पुग्ने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार के कारणले अरुण थुनियो भन्ने पहिचान भैनसकेको बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल