एक्सन कट भन्नेलाई निर्देशक भनिँदैन – दीपेन्द्र लामा

एक्सन कट भन्नेलाई निर्देशक भनिँदैन – दीपेन्द्र लामा

काठमाडौं, बैशाख ८ – दीपेन्द्र लामा अघिल्लो शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘घामपानी’का निर्देशक हुन् । नयाँ बर्षको अवसर पारेर आएको यो चलचित्र आजबाट प्रदर्शनको दोस्रोे सातामा प्रवेश गरेको छ । चलचित्रले राम्रो ब्यवसाय गरिरहेको दीपेन्द्रले बताए ।

रातोपाटी लाइभमा सरिता कार्कीसँग कुरा गर्दै दीपेन्द्रले आफ्नो चलचित्र प्रस्तुतिका कारणले सफल भएको दाबी समेत गरे । ‘मैले चलचित्रमा उठाएको अन्तर्जातिय प्रेमकथा पुरानै हो’ दीपेन्द्रले भने ‘पुरानै कथालाई कलात्मक र अलि फरक पृथक तरिकाले, रचनात्मक हुने गरी प्रस्तुत गरेको छु ।’


हुन त चलचित्र प्रदर्शन अगाडि केही ब्याक्तिले अन्तर्जातिय प्रेमकथाका कारण ‘घामपानी’का दर्शक त्यस्तै बर्ग मात्र हुने धारणा राखेका थिए । ति कुराले दीपेन्द्रलाई टेक्सन पनि भएको थियो । तर प्रदर्शन पछि सबै बर्ग, र समुदायका दर्शक हलमा दिएको निर्देशक लामाले खुलाए ।

चलचित्रको प्रदर्शन अगाडि मिडियामा बिभिन्न हुइम चलाउने चलन चलेको छ अहिले । बिज्ञापन दिए चलचित्रका बिषयमा लेखिदिने र नदिए नलेखिदिने केही फिल्मी अनलाइन र पत्रकार पनि छन् । ति सबैलाई पछि छोड्दै सिमित तथा राम्रा मिडियामा चलचित्रको प्रचार प्रसार गर्दै अगाडि बढेका दीपेन्द्रको ‘घामपानी’मा प्रदर्शन अगाडिको भन्दा प्रदर्शन पछाडीको माउथ पब्लिसिटीले दर्शक बढेका छन् ।

अग्रज, बौद्धिक बर्ग र केही रंगपत्रकार साथीहरुको सकारात्मक प्रतिक्रियाले आफ्नो चलचित्रमा दर्शक दिन प्रतिदिन बढ्दो रहेको बताउने दीपेन्द्रले अन्र्तवार्तामा चलचत्रिका बिभिन्न पाटाहरु समेत केलाएका छन् ।

चलचित्र क्षेत्रमा एक्सन कट भन्ने ब्यक्ति नै निर्देशक भन्ने चलान छ । कतिपय निर्देशक सबैकाम सहायकलाई गराएर एक्सन कट भनेकै भरमा पनि निर्देशक बनेका छन् । यी सबै कुरालाई नजिकबाट नियाल्दै आएका दीपेन्द्रले भने एक्सन भन्नेलाई निर्देशक न भनिने बताए । ‘अन्तराष्ट्रिय प्रचलन अनुसार सहायक निर्देशकले मात्र एक्सन कट भन्ने हो ।’ दीपेन्द्रले भने ।
प्रस्तुत छ दीपेन्द्र लामासँग चलचित्र ‘घामपानी’ र चलचित्र क्षेत्रको बिषयमा गरिएको भिडियो कुराकानी ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल