बस्ती निर्माणमा आफुलाई सहयोग गर्नेलाई श्वेताको सम्मान

बस्ती निर्माणमा आफुलाई सहयोग गर्नेलाई श्वेताको सम्मान

काठमाडौ, बैशाख ८ – सिन्धुपाल्चोक जिल्लामा रहेको पहरी बस्ती निर्माण गर्ने आफ्नो अभियानमा मलाई सहयोग गर्ने सहयोगी दातालाई अभिनेत्री श्वेता खड्काले सम्मान गरेकी छिन् ।

पुलती सडक स्थित स्टार मलमा रहेको श्री फाउण्डेशनको कार्यालयमाहालसम्म निर्माणमा सहयोग गर्ने ६ जनालाई उनले दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरेकी हुन् ।


अमेरिकाबाट तीनलाख रुपैयाँ सहयोग गर्ने श्री पराजुली, एकलाख रुपैयाँ सहयोग गर्ने काभ्रेकीशान्ता डाँगी, पचास हजार सहयोग गर्ने सामाखुसीकीशान्ता बस्नेत, जापानमा रहेर पचास हजार सहयोग गर्ने आरोही सुवेदी, हालकोरिया बस्ने काठमाण्डौं अनामनगरकाप च्चीस हजार एक सय सहयोग गर्ने ब्रजेश श्रेष्ठ र श्वेताश्री फाउण्डेशनको कार्यालयका लागि एक थान कम्प्युटर सहयोग गर्ने आइटी केयर सोलुसनलाई श्वेताले सम्मान गरेकी हुन् ।

स्वेताको पहरी बस्तीमा रहेका ६३ घर धुरी सहितबाल बगैंचा, बाटो, बायो ग्याँस र चौतारा निर्माणको लागि ५ करोड ४२ लाखको बजेट अनुमान गरिएको छ ।

आउँदो दुई साताभित्र बस्तीको शिलान्यास हुने जानकारी दिदैं श्वेताले प्राप्त सहयोग रकमपारदर्शी होस् भनेर सहयोगीलाई सम्मान गरेको बताइन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल