बालबालिकाले प्रस्तुत गरे ‘म जोकर बन्छु’

बालबालिकाले प्रस्तुत गरे ‘म जोकर बन्छु’

काठमाडौं, वैशाख ८ । थिएटर मल नाटकघर बालबालिकाहरुले ‘म जोकर बन्छु’ नामक नाटक मञ्चन गरेका छन् ।

बाल रंगमञ्चको गतिविधि बढाइरहेको बाल रंगमञ्चसम्बन्धी संस्था थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मल नाटकघरले बालबालिका र अभिभावक माझ यो नाटक मञ्चन गरेको हो ।


नेपाली बालसाहित्यका पिताका रुपमा चिनिने बालसाहित्यकार शान्तदास मानन्धरको नाटक ‘म जोकर बन्छु’ लाई केदार श्रेष्ठले निर्देशन गरेका हुन् । टिसीसी नेपालको ‘बालबालिकाका लागि अभिनय कार्यशाला’को अन्तिम दिन बालबालिकाहरुले नाटक मञ्चन गरेका हुन् । नाटकमा सबै पात्रहरुमा बालबालिकाले अभिनय गरेका थिए ।

बाल मनोविज्ञानमा आधारित नाटक ‘म जोकर बन्छु’ मा अभिभावकले वेवास्ता गरेपछि बालबालिकामा पर्ने मनोवैज्ञानिक नाकारात्मक असरलाई विषय बनाइएको थियो । बालबालिकाका इच्छामाथि अभिभावकले दवाव दि“दा हुने परिणामा र बालबालिकाले गरेको कार्यमा अभिभावकले सकारात्मक नजरले नहेर्दा बाल मस्तिष्कमा पर्ने प्रभावलाई नाटककमा उतारिएको थियो ।

५ देखि १४ वर्षका बालबालिकाहरु सहभागी नाटकमा अरविन खड्का, कृति भट्टराई, सुशान्त कार्की, अनुप पुरी, सुक्साना थापा, प्रत्युस्का खड्का, आलिया पाठक, विश्वम पाठक, आर्यन पौडेल, प्रिन्स सिलवाल लगायतले अभिनय गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल