च्याम्पियन्स लिग : रियलले एथ्लेटिकोको सामना गर्ने

च्याम्पियन्स लिग : रियलले एथ्लेटिकोको सामना गर्ने

जुरिच, वैशाख ८ – च्याम्पियन्स लिगको सेमिफाइनलमा अघिल्लो सिजनको फाइनलको रिप्ले हेर्न पाइने भएको छ ।

डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले चिर प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडको सामना गर्ने भएको हो ।

गत सिजनको फाइनलमा पेनाल्टीमा एथ्लेटिकोलाई पराजित गर्दै रियल किर्तिमानी ११ औँ पटक युरोपियन च्याम्पियन बनेको थियो ।


रियलले बायर्न म्युनिखलाई पाखा लगाउँदै लगातार सातौँ पटक सेमिफाइनलसम्म पुगेको हो भने एथ्लेटिकोले इंग्लिस क्लब लेस्टर सिटीलाई क्वाटरफाइनलमा पराजित गरेको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा युभेन्टसले मोनाकोको समना गर्नेछ ।

सेमिफाइनलका खेलहरुको पहिलो लेग मे २ र ३ मा हुनेछ भने दोस्रो लेग मे ९ र १० मा खेलिनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल