मोर्चा कार्यकर्ताले गाउँपालिका अधिकृतको गाडी फुटाए

मोर्चा कार्यकर्ताले गाउँपालिका अधिकृतको गाडी फुटाए

परासी, बैशाख ८– निर्वाचनमा भाग नलिने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गाउँपालिका अधिकृतको गाडी तोडफोड गरेका छन् ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकोे गाडी मोर्चा कार्यकर्ताले तोडफोड गरी आगजनीको प्रयास गरेका छन् ।

जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले कार्यकारी अधिकृत शशी पौडेलसहित कर्मचारी चढ्न भाडामा लिइएको बा १५ च ४६५१ नम्बरको गाडीमा तोडफोड गरेका हुन् ।

मधेशी मोर्चा नवलपरासीले जिल्लामा स्थानीय तहको निर्वाचन बहिष्कार गर्दै केही दिन अगाडि पाल्हीनन्दन गाउँपालिका लगायत विभिन्न गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो ।

पाल्हीनन्दन गाउँपालिकामा लगाइएको ताला शुक्रबार प्रशासनको सहयोगमा खुलाएर परासी फर्किने क्रममा मोर्चाका कार्यकर्ताले गाडी तोडफोड गरेको पाल्हीनन्दनका कार्यकारी अधिकृत शशी पौडेलले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन मिति घोषणा भएदेखि मोर्चाले असन्तुष्टी जनाउदै निर्वाचनका कार्यक्रमहरु बहिष्कार गर्दै विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

सरकारले संविधान संसोधन मार्फत मधेशी जनताको जायज मागलाई सम्बोधन नगरी बलजफ्ती चुनाव गराउन खोजे चुनाव गर्न नदिने मोर्चाले चेतावनी दिँदै आएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल