ट्रम्पको भविष्यवाणी मिलाएका व्यक्तिद्वारा तेस्रो विश्वयुद्धको मिति घोषणा

ट्रम्पको भविष्यवाणी मिलाएका व्यक्तिद्वारा तेस्रो विश्वयुद्धको मिति घोषणा

एजेन्सी

बैशाख ८ – डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्ने कुराको भविष्यवाणी गरिसकेका व्यक्तिले तेस्रो विश्वयुद्धको मिती तोकेका छन् । यो खबर अन्तर्राष्ट्रिय मिडियामा ठूलो चर्चाको विषय बनेको छ । क्लेयरवायन्ट हारोसिओ विलग्यास नामका भविष्यकर्ताले उक्त युद्ध मे महिनाको १३ तारिखदेखि हुने बताएको छ ।

अहिले पनि रुस, अमेरिका र सिरियाबिच तनावको स्थिती छ । विलग्यासले सन् २०१५ मा नै डोनल्ड ट्रम्प राष्ट्रपति बन्ने भविष्यवाणी गरेका थिए । उनले तेस्रो विश्व युद्धको कारण पनि ट्रम्प नै हुने बताएका थिए ।

रिपोर्टका अनुसार विलग्यासले संसारका शक्तिशाली नेताले सिरियामा हमला गर्ने बताएको भनी रिपोर्टमा बताएको छ । उनले रासायनिक हमला पनि गर्न सकिने जसका कारण रुस, उत्तर कोरिया र चीनबिच संधर्ष सुरु हुनेबारे पहिले नै जानकारी दिएको भनी रिपोर्टमा उल्लेख छ ।

सयौं शक्ति लड्नेछन्ः

विलिग्यासले नास्त्रेदमसको भविष्यवाणीलाई पनि समर्थन गरे । नास्त्रेदमसले एकैसाथ सयौं शक्ति लड्नेछन् र थुप्रैको संख्यामा मानिसहरुको मृत्यु हुने बताएका थिए ।

विलिग्यासले सिरियाका राष्ट्रपति असदको बम बिस्फोटमा मृत्यु हुने बताएका छन् । भविष्यवाणीका अनुसार १३ अप्रिलदेखि १३ मे बिच थुप्रै प्रकारको अचम्मका खबर सार्वजनिक हुनेछन् ।

उनको भनाई अनुसार झुटो सूचनामा आधारित हमलाको खबर पनि सार्वजनिक हुनेछन् । यसमा उत्तर कोरिया र सिरियासँग जोडिएका खबर अत्यधिक हुनेछन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल