‘बाहुबली टु’ को बिरोध हुन थालेपछि ‘कटप्पा’ ले मागे माफी

‘बाहुबली टु’ को बिरोध हुन थालेपछि ‘कटप्पा’ ले मागे माफी

एजेन्सी

बैशाख ८ – फिल्म ‘बाहुबली टु’ को बिरोध कर्नाटकमा जारी छ र अब यो मुद्दा बढिरहेको देखेर अभिनेता सत्यराजले माफी माग्दै एक भिडियो जारी गरेका छन् जसमा उनले कर्नाटकका मानिसहरुसँग माफी मागिरहेको छन् ।

फिल्म ‘बाहुबली–टु’ को दर्शकलाई लामो समयदेखि प्रतिक्षा थियो र अब जब फिल्म रिलिज हुने तयारीमा छ, फिल्म विवादले घेरिएको छ । स्मरण रहोस्, फिल्ममा कटप्पाको भूमिका निभाउने अभिनेता सत्यराजका कारण फिल्मको विरोध भएको हो ।

ट्वीटरमा यो भिडियो नायक राजा सेकरले सेयर गरेका छन् जसमा सत्यराज कर्नाटकका मानिसहरुसँग माफी मागिरहेका छन् ।

वास्तवमा सत्यराजले लगभग ९ वर्ष पहिले तमिलनाडु र कर्नाटकसँग जोडिएको कावेरी नदी विवादको क्रममा कन्नड विरोधी बयान  दिएका थिए ।

‘बाहुबली टु’ विवादको घेरामाः रिलिजको मुखमा बिरोध कार्यक्रम

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल