गुल्मीमा बाम सहकार्य, यस्तो छ बाँडफाँड

गुल्मीमा बाम सहकार्य, यस्तो छ बाँडफाँड

यसरी बिग्रियो कांग्रेस–माओवादी केन्द्रको सहमति

प्रेम सुनार

गुल्मी, बैशाख ८– लामो छलफल र गृहकार्यपछि गुल्मीमा आगामी स्थानीय तहको निर्वाचनका लागि बाम सहकार्य गरिने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र गुल्मीबीच वाम एकताका साथ सहकार्य गरेर स्थानीय तहको निर्वाचनमा भिड्ने सहमति गरिएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दुई जिल्ला पार्टी प्रमुखहरुले शुक्रबार हस्ताक्षर गरी जारी संयुक्त विज्ञप्तिमा सहकार्य गरेर अघि बढ्ने निर्णय भएको उल्लेख छ ।

एमाले अध्यक्ष मधुकृष्ण पन्त र माओवादी केन्द्रका जिल्ला संयोजक वीरबहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुई पार्टीवीच सहकार्य गरेर स्थानीय तहको निर्वाचनमा जाने सहमति भएकोप्रति निर्कै हर्षित भएको उल्लेख छ । उक्त सहमतिलाई कार्यान्वयन गर्न दुवै दल दृढ रहेको प्रतिवद्धता जनाइएको छ ।

यस्तो छ बाँडफाँड

चुनावमा सहकार्य गर्र्ने सैद्धान्तिक सहमति गरिए पनि गाउँ, नगरपालिका र वडा बाँडफाँडको आधिकारिक सहमति वाहिर आइसकेको छैन । दुवै दलबीच कार्य समिति बनाएर टुङ्गाउने गृह कार्यमा जुटिरहेको जनाइएको छ ।

नेकपा माओवादी केन्द्रले ३ वटा गाउँपालिकामा प्रमुख पाउने निश्चित भएको स्रोतले बताएको छ । उसले एक उपमेयरसहित ५ वटा गाउँपालिकामा उपप्रमुख पाउने र २६ वटा वडामा वडा अध्यक्ष पाउने भएको छ । नेकपा माओवादी केन्द्रले चन्द्रकोट गाउँपालिका, धुर्कोट र मालिका गाउँपालिकामा प्रमुख पाउने भएको सहमति भएको छ ।

त्यस्तै रेसुङ्गा नगरपालिकामा उपमेयर, मदानेगाउँ पालिका, कालिगण्डकी, रुरु छत्रकोट र गुल्मी दरवारमा नेकपा माओवादी केन्द्रले उपप्रमुख पाउने भएको छ ।

२५ वडा भनिए पनि केही तलमाथि हुन सक्ने श्रोतले जनाएको छ । वडा अध्यक्षको टुङ्गो भने स्थानिय तहमा पुगेर जित्ने जिताउने सम्भावना भएका ठाउँहरुमा सहमतिका आधारमा उमेदवारी दिन लगाउने बताइएको छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चा लगायत यहाँ क्रियाशील सवै कम्युनिष्टबीच पनि सहकार्य गरेर जुनावमा जाने टुङ्गो भइसकेको एमाले नेता गणेश श्रीपाइलीले बताए ।

यसरी बिग्रियो कांग्रेस माओवादी केन्द्रको सहमति

एमाले भन्दा पहिल्लै नेपाली कांग्रेसले माओवादी केन्द्रसँग सहकार्य गरेर चुनावमा जाने अन्तिम टुङ्गो जस्तैको वातावरण बनाएको थियो । कांग्रेस नेता चन्द्र भण्डारी जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ र खिलध्वज पन्थीले त्यो वातवरण मिलाउन प्रयत्न गरेका थिए ।

नेता चन्द्र भण्डारी र माओवादी केन्द्रका नेता सुदर्शन वरालले हस्ताक्षर गर्दै पत्रकार सम्मेलन गर्न मात्रै बाँकी रहेको अवस्थामा सहमति बिग्रिएको नेताहरुको भनाइ छ । यहि क्रममा कांग्रेसले एक अर्काका कार्यकर्ता कसैले नछुने सहमति उल्लंंघन गर्न पुग्यो ।

दोहलीमा माओवादी केन्द्रका ढुलमुले कार्यकर्ता र विपक्षीबाट ‘सामन्त’को विल्ला भिरेका चन्द्रबहादुर महत र कृष्ण रिजाललाई कांग्रेसले पार्टी प्रवेश गराएपछि सहमति विथोलिन गएको माओवादी केन्द्रका नेता बुद्धि जिसी बताउँछन् ।

केहि दिनअघि कांग्रेस नेतृ तथा वाणिज्य राज्य मन्त्री सुवर्ण ज्वारचनले चोरकाटेका माओवादी केन्द्रसँग मिल्न नहुने उत्तेजनात्मक भाषण गरेका थिए । कांग्रेस नेताहरुलको विभिन्न समयमा दिने गरेको आवेगपूर्ण अभिब्यक्तिले कांग्रेससँगको एकता प्रक्रिया निश्कर्षमा पुग्न नसकेको बताइएको छ ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल