मोर्चाको मागबारे धारणा साझा धारणा बनाउँदै सत्तारुढ तीन दल

मोर्चाको मागबारे धारणा साझा धारणा बनाउँदै सत्तारुढ तीन दल

काठमाडौँ, वैशाख ८ – मधेसी मोर्चाको माग सम्बोधन गर्नका लागि साझा धारणा बनाउन सत्तारुढ तीन दलको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर दउवा, नेता रामचन्द्र पौडेल, गृहमन्त्री विमलेन्द्र निधि तथा राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा रहेका छन् ।


शुक्रबार विहान मोर्चासँगको बैठकमा नेताहरुले आफ्नो माग बारे सत्तारुढ दलको साझा धारणा मागेपछि अहिले तीन दलबीच छलफल चलिरहेको हो ।

तीन दलको बैठकपछि पुनः मोर्चासँग बैठक बस्नेछ ।

संविधान संशोधन र चुनावबारे आजै निर्णायक वार्ता गर्ने भनिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल