लमजुङमा १५५ मतदान केन्द्र निर्धारण, एकलाख छ हजार मतदाता

लमजुङमा १५५ मतदान केन्द्र निर्धारण, एकलाख छ हजार मतदाता

समुन्द्रा घिमिरे

लमजुङ बैशाख ८– बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि लमजुङमा एकसय ५५ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदाता संख्याको आधारमा एकसय २३ मतदानस्थलमा एकसय ५५ केन्द्रद्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

यसअघि मतदान केन्द्र सिफारिस समितिको बैठकले जिल्लामा एकसय २३ मतदानस्थलका लागि एकसय ६० केन्द्र सिफारीस गरेको थियो । एकहजार भन्दा बढि मतदाता भएका मतदानस्थलमा दुई केन्द्र सिफारीस भएपनि थोरै संख्यामा बढि भएका मतदानस्थलमा एउटै केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले बताए । तिमिल्सिनाकाअनुसार जिल्लाका एकसय २३ मतदानस्थल मध्ये ३२ वटा मतदानस्थलमा दुई÷दुई मतदान केन्द्र कायम गरिएको छ ।

११ वडा रहेको बेसीशहर नगरपालिकामा २१ मतदानस्थल र २९ मतदान केन्द्र रहेको छ । दशवटा वडा रहेको मध्यनेपाल नगपालिकामा १८ वटा मतदानस्थल र २३ मतदान केन्द्र रहेको छ । राइनास नगरपालिकामा १२ वटा मतदानस्थल र १८ वटा मतदान केन्द्र रहेको छ ।

तिमिल्सिनाका अनुसार ११ वटा वडा रहेको सुन्दरबजार नगरपालिकामा १६ वटा मतदानस्थल र २३ वटा मतदान केन्द्रद्र तोकिएको छ । ९ वटा वडा रहेको क्ल्होँसोथर गाउँपालिकामा १० वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र तोकिएको छ । छ वटा वडा रहेको दुधपोखरी गाउँपालिकामा १० वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र रहेको छ ।

यसैगरी नौ वडा रहेको दोर्दी गाउँपालिकामा १६ मतदानस्थल र १८ मतदान केन्द्र रहेको छ भने नौ वटा वडा रहेको मस्र्याङ्दी गाउँपालिकामा २० वटा मतदानस्थल र २२ वटा मतदान केन्द्रद्र तोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा गठित मतदानस्थल सिफारिस समितिले मतदानस्थल र केन्द्रद्र निर्धारण गरी आयोगमा पठाएको थियो । समितिका सदस्यमा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा जिल्लामा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका प्रतिनिधि हुनुहुन्थ्यो भने सदस्य–सचिवमा निर्वाचन कार्यालयका प्रमुख रहने व्यवस्था छ ।

वि.सं. २०७० मा भएको संविधानसभाको निर्वाचनको बेला जिल्लामा एक सय २४ मतदानस्थल कायम गरिएको थियो । लमजुङमा चारवटा नगरपालिका र चारवटा गाउँपालिका गरि आठवटा स्थानीय तह रहेका छन । जिल्लामा एकलाख पाँचहजार नौसय ९२ मतदाता रहेका छन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल