डाक्टर कुट्नेलाई जेल हाल्न चिकित्सक संघको माग

डाक्टर कुट्नेलाई जेल हाल्न चिकित्सक संघको माग

काठमाडौँ, वैशाख ८ – कान्ति बाल अस्पतालमा चिकित्सकमाथि विरामीका आफन्तले हातपात गरेको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पतालको अब्जरबेशन वार्डमा विरामीको उपचारमा संलग्न आवासिय चिकित्सक मुकुन्दकुमार देवमाथि कुटपीट भएको थियो ।

‘स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा उपचारकै क्रममा चिकित्सकहरुमाथी यस प्रकारको दुव्यवहार प्रदर्शन गर्नुले चिकित्सकहरुको मनोबलमा नकारात्मक प्रभाव पार्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा समेत नकारात्मक असर पर्न गएको छ,’ संघले विज्ञप्तिमा भनेको छ, ‘त्यसैले दोषीलाई अभिलम्ब कारवाहीको प्रक्रिया अगाडी बढाई यस्ता गलत नियत बोकेका जो कोही व्यक्तिलाई कानूनी दायरामा ल्याउन नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।’

संघले अपराधिक मानसिकतता बोकेका व्यक्ति समूह वा जो कोहीलाई तुरुन्त जमानत बिना कारावासको प्रावधान मार्फत कानूनी दायरामा ल्याउन माग गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल