करिष्मा कपुरको दोस्रो विवाहमा बुवा रणधीरले पहिलो पटक मुख खोले

करिष्मा कपुरको दोस्रो विवाहमा बुवा रणधीरले पहिलो पटक मुख खोले

एजेन्सी

बैशाख ८ – करिष्मा कपुरले चाँडै नै आफ्ना प्रेमीसँग विवाह गर्ने खबर पटक–पटक भारतीय संचारमाध्यममा छाउने गरेका छन् । केहि दिन अघि यसबारे करिष्माका बुवा रणधीरले मुख खोलेका छन् ।

रणधीरका अनुसार यदि करिष्माले दोस्रो विवाह गर्ने सोचमा सहमती दिने  बताएका छन् । उनले भने, ‘मलाई लाग्दैन कि करिष्माले चाँडै नै विवाह गर्नेछिन् । तर यदि करिष्माले दोस्रो विवाह गर्ने सोच बनाएकी छिन् भने हाम्रो शुभकामना सधैं उनको साथमा छ ।’

रणधीर थप्छन्, ‘मलाई लाग्छ कि लोलो निकै राम्रो तरिकाले सेटल भइसकेकी छिन् र उनी अहिले खुसी छिन् । मैले कहिले पनि उनको विवाहबारे कुरा गरेको छैन तर यदि उनले विवाह गर्ने सोच बनाएकी छिन् भने उनलाई सधैं परिवारको समर्थन मिल्नेछ । मलाई लाग्दैन कि उनी विवाह गर्न चाहन्छिन्, उनी एक आमाको रुपमा नै खुसी छिन् जस्तो मलाई लाग्छ । करिष्मा विवाहको लागि सधैं स्वतन्त्र छिन् तर अहिले म भन्न चाहन्छु कि घरमा अहिले यस्तो केही तयारी छैन ।’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल