ओप्पोले नयाँ सेल्फी एक्स्पर्ट एफथ्री ल्याउँदै

ओप्पोले नयाँ सेल्फी एक्स्पर्ट एफथ्री ल्याउँदै

काठमाडौं, बैशाख ८– मोबाइल कम्पनी ओम्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री सार्वजनिक गर्ने तयारी गरेको छ ।

नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामुहिक) सेल्फीसमेत निकै सहज तरिकाले लिन सक्नेछन् ।

नेपाल लगायत भारत, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा अप्रिल १ देखि एफथ्री प्लसको फस्र्ट सेल सेवा शुरुवात गरिएको थियो ।

सार्वजनिक गर्ने तयारीमा रहेको एफथ्रीमा पनि एफथ्री प्लसमा जस्तै डुअल फ्रण्ट क्यामेरालाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।

डुअल सेल्फी क्यामेरा मध्य एक ब्यक्तिगत सेल्फीका लागि र अर्कोमा ग्रुप सेल्फीका लागि डिजाइन गरिएको वाइड एङ्गल क्यामेरा उपलब्ध छ । साधारण सेल्फी क्यामेराका तुलनामा एफथ्रीमा यसमा दोब्बर फराकिलो फिल्ड अफ भ्यू उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

एफथ्रीमा प्रयोगकर्तालाई फोन चलाउँदा गुणस्तरीय तथा उत्कृष्ट अनुभवका माध्यमबाट सन्तुष्टि प्रदान गर्ने सोचका साथ उच्च प्रदर्शनी (हाइ पर्फरमेन्स) हार्डवेयर र अनुकूलित (अप्टिमाइज्ड) सफ्टवेयर पनि उपलब्ध हुने जनाइएको छ ।

सन् २०१३मा एनवान मोडलसँगै ओप्पोले अग्रगामी कदम चाल्दै विश्वकै पहिलो रोटेटिङ (घुमाउन मिल्ने) क्यामेरा सार्वजनिक गरेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल