चुनाववारे नयाँ शक्तिको आयो नयाँ निर्णय

चुनाववारे नयाँ शक्तिको आयो नयाँ निर्णय

बैशाख ८, काठमाडौं – नयाँ शक्तिले स्थानीय तहको चुनावका लागि पार्टीको प्रतिवद्धतापत्र एक साताभित्र सार्वजनिक गर्ने भएको छ ।

सो पार्टीको काठमाडौंमा चलेको केन्द्रीय कार्यकारीणी समितिको वैठकले यस्तो निर्णय गरको हो । वैठकले पार्टीको सम्पूर्ण शक्ति दलीय चुनाव चिन्हका लागि संघर्ष र निर्वाचनमा सहभागी हुन तयारीमा लगाउने निर्णय गरेको छ ।

त्यसबाहेक नयाँ शक्तिले नयाँ शक्तिको विचार, सिद्धान्त, ५’स’को अवधारणामा सहमत हुने शक्तिहरूसँग कार्यगत एकता, निर्वाचनका लागि तालमेल तथा ध्रुवीकरणकालागि खुल्ला रहने निर्णय पनि गरेको छ ।

तीन दिनसम्म चलेको वैठक आज सकिएको हो ।

त्यसैबीच नयाँ शक्तिको एक सातादेखि चलेको शान्तिवाटिकाको अनशन आज सकिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल