बादलको तर्क: जनतासँग एकाकार भए मात्रै जित हुन्छ

बादलको तर्क: जनतासँग एकाकार भए मात्रै जित हुन्छ

काठमाडौं, बैशाख ८– सत्तारुढ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले गणतन्त्रलाई संस्थागत गर्न पनि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुपर्ने दावी गरेका छन् ।

नेता बादलले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धि आफ्नै पार्टी नेतृत्वमा भएको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्न पनि तीन वटै तहको निर्वाचनमा पार्टी विजयी हुनैपर्ने तर्क गरे ।

उनले घरघरमा गएर निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतासँग एकाकार भएर मात्रै निर्वाचनमा विजयी हुन सकिनेतर्फ पनि पार्टी कार्यकर्तालाई सचेत गराए ।

नेता थापाले सिंहदरबारको अधिकार गाउँ गाउँमा पु¥याउन पनि आफ्नो पार्टी नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन लागि परेको बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल