अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला उत्साह जनक

अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला उत्साह जनक

काठमाडौं, बैशाख ८ – व्यवसायीहरुले नेपाली गलैंचाको निर्यात् व्यापार उत्साहजनक रहेको बताएका छन ।

काठमाडौंको भृकुटी मण्डपमा जारी ‘१३ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा नविनतम प्रविधि प्रर्दशनी’ मा सहभागी भएका गलैंचा व्यवसायीहरुले नेपाली गलैंचाबाट बार्षिक ६ अरव भन्दा बढि आर्थिक कारोबार हुने गरेको पनि स्पष्ट पारेका छन ।

व्यवसायी शोभा गुरुङले नेपालको गलैंचा निर्यात्को मुख्य बजार अमेरिका भएको पनि जानकारी दिए । अमेरिकाले गलैंचा लगायतका नेपालका केही सागग्रीहरुमा भन्सार छुटको व्यवस्था गरेपछि व्यवसायीहरु झनै उत्साही भएका छन । व्यवसायी गुरुङले आफूले मात्रै वार्षिक २५÷२६ हजार स्क्वाएर मिटर गलैंचा अमेरिकामा मात्रै निर्यात गर्ने गरेको तथ्यांक उल्लेख गरे । नेपाली गलैंचाको मुख्य बजार अमेरिका हो भने यसको निर्यात युरोपमा पनि उत्साहवद्र्धक रहेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

मेलामा गलैंचालगायतका नेपाली घरेलु बस्तुहरुको उत्पादनलाई प्राथमिकता दिइएको छ । नेपाली बस्तुहरुको अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यकारी निर्देशक चुडामणि भट्टराईले जानकारी दिए । मेलामा गुणस्तरीय बस्तुहरुको उत्पादनबारे जानकारी लिने उद्देश्यका साथ अन्तराष्ट्रिय स्टलको समेत व्यवस्था गरिएको आयोजकको दावी छ ।

गुणस्तरीय बस्तु उत्पादन गर्ने अनुभव लिन समेत भारत, चीन लगायतका देशका घरेलु उद्यमीहरुको पनि स्टल राखिएको पनि उनले बताए । मेलामा २५ वटा अन्तराष्ट्रिय घरेलु उद्यमीहरुको स्टल राखिएको छ ।

महासंघले मेलामा २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र ६ करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा पनि गरेको छ ।

विहिबारबाट सुरु भएको मेला ५ दिनसम्म चल्नेछ । नेपालको घरेलु तथा साना उद्योगको उत्पादन विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेलामा २ सय १६ वटा स्टल राखिएका छन । मेलामा उद्योग संचालनका लागि आवश्यक पर्ने प्रविधिको पनि स्टल राखिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल