सिभिल बैंकले वोनस सेयर लाभांश वितरण गर्ने

सिभिल बैंकले वोनस सेयर लाभांश वितरण गर्ने

काठमाडौं, जेठ ५–सिभिल बैंक लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट शेयरधनीलाई २.८८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.१५१६ प्रतिशत नगद लाभांश बितरण गर्ने निर्णय पारित गरेको छ ।
युनिक फाईनान्स र हामा मर्चेन्ट फाईनान्सलाई सिभिल बैंकले प्राप्ति गर्ने भएको छ । यसका लागि सिभिल बैंकको प्रतिशेयर मुल्य एक सय बराबर युनिक फाईनान्सको ९० रुपैयाँ र हामा मर्चेन्ट फाईनान्सको ८९ रुपैयाँ कायम हुने गरी सिभिल बैंकले १ कित्ता शेयर बराबर युनिक फाईनान्सका शेयरधनीलाई ०.९० कित्ता र हामा मर्चेन्ट फाईनान्सका शेयरधनीहरुलाई ०.८९ कित्ता शेयर प्रदान गर्ने निणर्य गरेको छ ।

बोनश शेयर जारी तथा युनिक फाईनान्स र हामा मर्चेन्ट फाईनान्सलाई प्राप्ति गरे पछि चुक्ता पूँजीको ३० प्रतिशतलाइ संसोधन गरी ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय भएको छ । साथै हकप्रद शेयर निष्काशन तथा वाँडफाँड गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले संस्थापक लगानीकर्ताको समुहको तर्पmबाट संचालक समितिमा सृजना शाक्य तामाङ्गलाई बाँकी अवधिको लागी गरेको नियूक्तिलाई अनुमोदन गरेको छ ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ३३ अर्व ८१ करोड निक्षेप संकलन गरी ३१ अर्व २ करोड कर्जा प्रवाह गरेको यस बैंकले मुलुकभर ५१ शाखा तथा ९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक सेवा दिंदै आएको छ । बैंकले ३४ स्थानहरुमा एटिएम जडान गरिसकेको छ । सभाले पारित गरेको बोनस शेयर प्राप्ति र हकप्रद शेयर पछि बैंकको चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले तोकेको समयमा पूरा हुने जनाइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल