नेप्से अध्यक्षमा न्यौपाने

नेप्से अध्यक्षमा न्यौपाने

काठमाडौं, जेठ ५–नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त भएका छन् । हिजो बसेको मन्त्रीपरिषद् वैठकले उनलाई नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो ।
अध्यष न्यौपानेले आइतवार देखि कार्यभार सम्हाल्ने जनाइएको छ । उनले अमेरिकावाट एमवीए गरेका छन् । अर्थशास्त्रका विज्ञका रुपमा उनको परिचय छ । यस अघिका अध्यक्ष रामजी रेग्मीलाई सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरिसकेको छ । उनी राष्ट्र बैंकको सञ्चालक भएपछि नेप्सेको अध्यक्ष पद रिक्त थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल