गौरीशंकरको फेदीमा टेलिकम : बेदिङ्गमा विटिएसवाट जिएसएम सेवा सुरु

गौरीशंकरको फेदीमा टेलिकम : बेदिङ्गमा विटिएसवाट जिएसएम सेवा सुरु

काठमाडौं, जेठ ५–नेपाल टेलिकमले सगरमाथा आरोहीको गाँउ भनेर चिनिने दोलखाको बेदिङ्गमा विटिएस स्थापना गरि जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ । बेदिङ्ग दोलखाको सबैभन्दा विकट मानिएको गौरीशंकर गाँउपालिका अन्तर्गत पर्छ ।
यो स्थान बहुचर्चित च्छोरोल्पा हिमताल निकट गौरीशंकर हिमालको फेदीमा छ । शेर्पाहरुको बस्ती रहेको यो स्थान पर्यटकीय आकर्षणको केन्द्र भएपनि उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।
यो सेवाबाट गौरीशंकर, नागुन तथा खेल्चाका करिव ८४ घरधुरीका करिव पाँच सय बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटक लाभान्वित हुने नेपाल टेलिमकी प्रवक्ता प्रतिभा बैद्यले वताइन् ।
यस क्षेत्रका उपभोक्ताले पनि जिएसएम मोवाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्ने उनले वताइन । बेदिङ्गको च्छोरोल्पा हिमताल सदरमुकाम चरिकोटबाट लगभग ६५ किलोमिटर सडक मार्ग र दुई दिनको पैदल मार्गको दुरीमा छ ।
सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएका छन् । स्थानीय वासिन्दाले अव त्यस क्षेत्रमा पनि पर्यटन विकासका लागि सहयोग पुग्ने बताएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।
प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल