प्रचण्डले भने– मैले ठूलो जिम्मेवारी पूरा गरेँ

‘दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न चुनौती’

प्रचण्डले भने– मैले ठूलो जिम्मेवारी पूरा गरेँ

चितवन, जेठ ५– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर आफूले ठूलो जिम्मेवारी पुरा गरेको दावी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनुलाई नै आफू र आफनो पार्टीको जितको रुपमा लिएको प्रतिक्रिया दिए । उनले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरेर आफूले ठूलो सफलता हात पारेको उल्लेख गरे ।

शुक्रबार चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रिय कार्यालय भवनको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा काँग्रेस, एमालेले जितेपनि आफूले जितेजस्तै लागेको पनि बताए । निर्वाचनमा जसले जितेपनि अन्ततः देशकै जित भएको दावी गर्दै प्रधानमन्त्री प्रचण्डले सबैलाई गर्व गर्न पनि आह्वान गरे ।

प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचनको तयारीमा सरकार जुटिसकेको पनि स्पष्ट पारे । उनले दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नु चुनौति रहेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले सरकारको ठूलो मेहनतपछि पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचनमा मधेश केन्द्रित सबै राजनीतिक दलहरुले भाग लिन विश्वास समेत व्यक्त गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल