राजविराजलाई उपमहानगरपालिका बनाउन माग

राजविराजलाई उपमहानगरपालिका बनाउन माग

काठमाडौँ, जेठ ५ – राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गरिएको छ ।

पूर्वसिँचाइमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता उमेश यादव, जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्था तथा सामाजिक अभियानकर्मीले संयुक्त रुपमा सो माग गरेका हुन् ।

नेपालमै पहिलो पटक व्यवस्थित बस्ती निर्माण एवम् सहरीकरण गर्ने लक्ष्यका साथ बसाइएको उक्त नगरपालिका पूर्वाधारको हिसाबले सक्षम रहेकाले त्यसलाई उपमहानगरपालिका बनाउनु जायज रहेको संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत ध्यानाकर्षण गराइसकेको भन्दै उनीहरुले प्रधानमन्त्रीसमेत सकारात्मक रहनुभएको उल्लेख गरिएको छ । माओवादी केन्द्रको संसदीय दलले समेत राजविराजलाई उपमहानगरपालिका बनाउनुपर्ने निर्णय गरिसकेको छ । सो कार्यमा सहयोग गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल