तीन वर्षीया बालिका विदेहाको एकल चित्रकला प्रदर्शनी हुँदै

असोज १४

तीन वर्षीया बालिका विदेहाको एकल चित्रकला प्रदर्शनी हुँदै

काठमाडौं  – नेपाल कला परिषदमा तीन वर्षीय बालिका विदेहा रञ्जनको एकल चित्रकला प्रर्दशनी हुने भएको छ । विदेहाको तेस्रो जन्मदिनको अवसर पारेर ‘सिर्जनाको बिहानी’ असोज १६ गते आईतबार प्रर्दशनी हुन लागेको हो ।bidhea

प्रर्दशनीको उद्घाटन उनकै ७० वर्षीय हजुरआमा प्रीती दाहालले गर्नुहुनेछ । ‘स्पाइनी ब्याबलर’को आयोजनामा हुने उक्त प्रर्दशनीमा विदेहाको ८० ओटा कलाकृती राखिनेछ । विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म हुने प्रर्दशनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

नेपाली कला प्रर्दशनीको इतिहासमै सबैभन्दा साने उमेरकी बालिकाले कोरिएको चित्रकला प्रर्दशनी गर्न लागिएको यो पहिलो हो । उक्त कार्यक्रममा विदेहाको २२ ओटा अंग्रेजी तथा नेपाली गीतको भिडियो सार्वजनिक हुने उनको बुबा पल्लव रञ्जनले बताए ।

२ वर्षको उमेरमै चित्र कोर्न सुरु गरेकि विदेहाको आधा कलाकृतीहरु सिसाकलमको माध्यम प्रयोग गरि कागज÷मार्करले बोर्डमा कोरिएका छन् भने श्याम–श्वेत सिर्जना बाहेक चुम्बकिय बोर्डमा बनाइएका कृति तथा पेस्टलमा माध्यमबाट बनाइएका चित्रकला पनि प्रर्दशनीमा राखिनेछ ।

चित्रकलामा शेषनारायणको मन्दिर, टौदह, सिद्धीपोखरी, नागदह, जनकपुरमा देखिएको माछा, पात, भित्तामा देखिएको माकुरो, झुसेलकिरा, हिरण्य वर्ण, कछुवा, घरमा पालेको खरायो उनको कलामा समेटिएको छ ।

त्यस्तै बालबालिकाको संसारमा आउने भूत(प्रेत, कार्टुनमा देखेको मासा र भालू, ब्वाँसो पनि उनको कलामा कोरिएका छन् । उनको सिर्जनामा उडिरहेको पुतली, लुगा सुकाउँदै गरेको मानिस, भक्तपुर सहर, आकाशमाथि उडेको बादल, धान रोपाँइ, हाँस, कुखुरा, मःमः, मादल र बाँसुरी परेका छन् ।

‘हुने विरुवाको चिल्लो पात’ भनेझैं सानै उमेरदेखि प्रतिभाको धनी विदेहाको दिनचर्या चित्रकला मै व्यतित हुने गरेकोे छ । आफ्ना अभिभावकसँग कतै घुम्न गयो भने त्यस ठाँउमा देखेको वस्तुस्थितीलाई दुरुस्तै चित्रमा उर्ताने उनको स्वभाव हो ।

कुनै दिन आफूहरु नउठ्दै एकाबिहानै उठेर उनी चित्र कोर्न थालिसकेको हुने उनको अभिभावकहरु बताउँछन् । उनले आफूले देखेको र घुमेको ठाँउको चित्र एक दुईदिन तथा ५÷६महिना पछि पनि कोर्न गरेकी छिन् । दुई वर्ष अघि कोरेको चित्र कुन ठाँउको हो भनेर उनले सम्झन सक्ने क्षमता समेत उनीमा रहेको छ । सानै उमेरमा यस्तो चमत्कार देखेर अभिभावक साथै उनलाई चिन्ने साथीभाई, आफन्त, छरछिमेक समेत चकित परेका छन् ।

सरल, नम्र स्वाभावकी विदेहाको प्रर्दशनीले बालमनमष्तिक भित्रको झलक मात्र नदिई शिशु विकास, कौशलता परिर्वतन, बौद्विकता, सिर्जनशिलता, शारीरिक समन्वन र रचनात्कम क्षमता अभिवृद्धि सम्बन्धी दर्शकहरुमा चेतनाको विकास गर्ने उनकी आमा भगवती सापकोटा बताउँछिन् ।

विदेहा ‘माया माई लभ’, ‘सन अन द माउन्टेन’ श्रीस्वस्थानीको कथालाई अंग्रेजीमा अनुवाद गर्ने पल्लव रञ्जनकी छोरी हुन् । प्रदर्शनीमा कलाप्रति मोह राख्ने स्रोता, विभिन्न विद्यालयका विद्यार्थी, कलाकार, कवि, लेखक र विभिन्न संघ संस्थाका व्यक्तिहरुको सहभागि रहनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल