कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

नायिका रेखा थापा माओवादी केन्द्र छाडेर राप्रपा नेपाल प्रवेश गरेकी छन् । मन्त्री बन्ने सपनासहित गायिका कोमल वलीले नायिका थापाभन्दा पहिले राप्रपा नेपालकै सदस्यता लिएकी छन् । एकताका एमालेनिकट अनेरास्ववियुको सक्रिय विद्यार्थी नेता कवि सरस्वती प्रतीक्षासमेत कुनै दलविशेषको सदस्य लिने विचारमा छिन् । त्यतिबेला अनेरास्ववियु जिल्ला कमिटी सदस्यसम्म भएर काम गरे पनि उनीसँग कुनै दलको सदस्यता छैन ।
साहित्यमा लागेपछि ओझेलमा परे पनि उनी राजनीतिसँग अछुतो रहन सकिनन् भन्ने बुझ्न सकिन्छ । पोखरामा बसेर साहित्यिक कर्ममा रमाइरहेकी उनले साहित्यका अलावा आलेखसमेत लेख्ने गर्छिन् । मोफसलमै बसेर पनि काठमाडौंका साहित्यकारमात्रै होइन लेखकको लेखनक्षमतालाई धक्का दिँदै आएकी कवि सरस्वती प्रतीक्षासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
घरमै पकाएको दाल, भात र तरकारी मन पर्छ । गोलभेडाको अचार नभई हुँदैन । सानैदेखि दूध, दहीभन्दा माछा, मासु खाने बानी लाग्यो । अहिले पनि मासु प्रायः टुट्दैन । सुकाएका कर्कलो, मुलाको तरकारी भने कहिल्यै मीठो लागेन ।
सातामा एक/दुईपटक रेष्टुरेन्ट पुग्छु । कहिले साथीभाइसँग त कहिले परिवारसहित । चिकेन सिजलर वा स्पागेटी रोजाइमा पर्छन् । मन पर्ने स्न्यान्क्स बफ र हाँसको छोयला हो । पकाउन असाध्यै रुचि छ । जत्तिकै व्यस्त रहे पनि घरमा हुँदा दैनिक खाना पकाउँछु । संगीत सुन्दै खाना पकाउनुको मज्जा शब्दमा व्यक्त गर्न सक्दिनँ । तरकारी काट्दा, ओइरिँदा, भात छट्किँदाको आवाज, मसलाको रंग, सुगन्धमा पकाउँदाको एक÷एक पल आनन्द लिन्छु ।

मेरो पोसाक
मेरा पोसाक एकैखालका हुँदैनन् । कहिले के, कहिले के लगाउँछु । त्यसैले एकैखालको पोसाकमा विरलै देखिन्छु । प्रायः स्थान र कार्यक्रमको प्रकृति हेरेर कपडा लगाउँछु । साडी प्रिय पोसाक हो । लगाउने ढंग खासै नभए पनि विशेष कार्यक्रममा साडी नै लगाउँछु । प्रायः लङ स्कर्ट पनि लगाइरहेकी हुन्छु ।

नीलो र हरियो प्रिय रंग हुन् । त्यही भएर मेरा लुगाहरू प्रायः नीलो र हरियो रंगका छन् । यति नै भन्ने नभए पनि लुगा किनिरहने बानी छ । महिनामा एक÷दुईवटा लुगा त किनेकै हुन्छु । विशेष समारोहमा लगाउने लुगा बुटिकमा सिलाउँछु । क्याजुअलचाहिँ मल वा सामान्य फेन्सी पसलमा किन्ने गर्छु ।

ब्रान्ड कन्सस छैन । जुन ‘कन्फरटेबल’ लाग्छ, त्यही किन्छु । सस्तोमा पाँच सयको टी–सर्टदेखि पन्ध्र÷बीस हजार रुपैयाँसम्मको लुगा किनेकी छु । टोपी वा ह्याट रोजाइमा कहिल्यै परेन । टोपी लगाउँदा दुईवटा टाउको बोकेर हिँडेजस्तो लाग्छ । चिसोमा बाहेक टोपी कहिल्यै लगाउँदिनँ ।

मेरो फिटनेस

फिटनेससन्दर्भमा म आफूलाई एकदमै अल्छी पाउँछु । घरमै टे«्डमिल छ तर नदौडेको महिनांै भइसक्यो । योगा, मर्निङवाक मेरा वशका कुरा हुन्जस्तो लाग्दैन । तैपनि तौल नबढोस् भनेर खानपानमा ध्यान दिएकी छु । ‘फिजिकल फिटनेस’ का लागि मैले गर्न सक्ने भनेको खाना नियन्त्रणमात्रै हो । घरमा सधैं ग्रीन टि पिउँछु । खानामा चिल्लो कमभन्दा कम होस् भनेर सधैं सचेत छु । गुलिया मिठाइ प्रायः कहिल्यै खान्न ।

मेरो अध्यनन

किताबविनाको जीवन कल्पना गर्नै सक्दिनँ । किताबसँगको साथ सबैभन्दा प्रिय लाग्छ । एकसाथ दुई/तीन किताब पढ्ने बानी छ । अहिले बैरागी काइँलाद्वारा सम्पादित ‘पावाइबा मुन्धुम’, जे कृष्णमूर्तिको ‘द बुक अफ लाइफ’ र उमा सुवेदीको ‘इति’ एकसाथ पढिरहेछु । जतिबेला जुन मुडमा हुन्छु, त्यतिबेला त्यहीअनुसारको किताब पढ्ने बानी छ ।

पारिजात, बीपी, मिलन कुन्देरा, ग्रेबियल मार्खेज, झुम्पा लाहिरी आदि मन पर्छन् । हिजोआज उपन्यास पुनर्लेखनमा व्यस्त छु । ठ्याक्कै भन्न नसके पनि मसँग केही हजार किताब छन् । किताब प्रायः किनिरहेकी हुन्छु । कुनै महिना एकैपटक १०/१५ हजारको पनि किन्छु भने कुनै महिना एउटै किन्दिनँ । औसतमा महिनामा तीनदेखि पाँच हजारको किताब किन्छु होला ।

मेरो घुमफिर
घुमफिरमा रुचि छ तर रुचिका निम्ति समय व्यवस्थापन गर्न सकिरहेकी छैन । पहिले पढाइकै तनाव हुन्थ्यो । पढाइ सकिएलगत्तै छोरा जन्म्यो । छोरा अलि ठूलो भएपछि जाउँला भन्दाभन्दै घुम्नकै लागि लामो यात्रामा निस्कने साइत जुरेन । नजिक–नजिक छोटा यात्रामा कैयन्पटक घुम्न निस्केकी छु ।
अलि पर भनेको भारतसम्म पुगेकी छु । गएका ठाउँमध्ये सिक्किम गज्जब लाग्यो । अन्नपूर्ण बेसक्याम र माथिल्लो मुस्ताङ पनि जान मन लागेको छ । अलि फरक संस्कृति भएको देश घुम्ने विचार छ । अन्त नगए पनि अफ्रिकन देश पक्कै घुम्नेछु ।

मेरो फुर्सद
समय सधैं कम भएजस्तो लाग्छ । कहिलेकाहीं त ४८ घन्टाको दिन भइदिए पनि हुन्थ्यो लाग्छ । फुर्सद हुँदा दिमाग र मनलाई खाली राखेर शून्य भई बस्न मन लाग्छ । चुपचाप आफैंसँग मात्र संवाद गरिबस्न मन लाग्छ । यसबाहेक मेरो अधिकांश फुर्सदको समय छोराकै लागि हुन्छ । गत वर्षदेखि उसको बाबासँग छुट्टिएर बसेको हुनाले पनि छोरालाई कहीं कतै केही कुराको अभाव वा ‘मिस’ नहोस् भन्ने लाग्छ । उसको आमा, बुवा, साथी, हजुरबुवा, हजुरआमा सबै भूमिकाका लागि आफूलाई तयार गर्दै प्रायः छोरासँगै रमाउँछु ।

मेरो मोबाइल
धेरै वर्ष आइफोन चलाएँ । आइफोन चलाएपछि अन्य मोबाइल खेलौनाजस्तो लाग्ने । आइफोनमोह सकिएपछि सामसुङ रोजाइमा पर्यो । हिजोआज सामसुङको एस सेभेन एज चलाउँछु । ठ्याक्कै यति नै हो भन्ने त बिर्सें तर अहिले प्रयोग गर्दै गरेको मोबाइल ७० हजारभन्दा अलिकति बढीमा किनेकी हुँ ।
मोबाइलमा फोन र म्यासेजबाहेक मैले चलाउने भनेको फेसबुक र गुगलमात्रै हो । अन्य एप्लिकेसन खासै प्रयोग गर्दिनँ । मोबाइलमा गेम खेल्ने बानी छैन । ट्याबमा चार्ज सकिँदा छोराले खेल्न रुचाउँछ भनेर दुई/चार गेम डाउलोड गरेकी छु ।

एकदमै गर्मी हुँदा बियर पिउन मन पर्छ । म सोसियल ड्रिंकर हुँ । मिल्ने साथी हुँदा सातामा दुईपटकसम्म पिएकी छु । होइन भने महिनौं नपिईकन बस्छु । बाहिर ‘ग्यादरिङ’ वा पार्टीमा कहिलेकाहीं पिएको मन पर्छ ।

मेरो टेलिभिजन
पहिले–पहिले टीभी निकै हेर्थें । इन्टरनेटको लत लागेपछि टीभी एकादेशको कथाजस्तो भइसक्यो । कहिलेकाहीं राति निद्रा लागेन भने मध्यराततिर टीभी हेर्ने गर्छु । हेर्दाखेरि डिस्कभरी, हिस्ट्री वा ट्राभलसम्बन्धी च्यानल हेर्छु । बैठक कोठामा ४२ इन्चको सामसुङको एलसीडी र बेडरुममा सोनीको ३८ इन्चको एलईडी टीभी छ । हिजोआज टीभीभन्दा फिल्मको डीभीडी हेर्न प्रयोग हुन्छ ।

मेरो चलचित्र
पछिल्लोपटक हेरेको चलचित्र ‘डियर जिन्दगी’ हो । साथीसँग हलमै हेरेकी थिएँ । बल्ल सात वर्षको भए पनि छोरालाई फिल्म हेर्न रुचि छ । त्यही भएर कहिले छोरासँग त कहिले साथीहरूसँग हलमा पुगिरहेकी हुन्छु । महिनामा दुईपटकजस्तो हलमै पुगेर फिल्म हेर्ने बानी लागेको छ । पोखरामा सिनेप्लेक्स सुरु भएदेखि हलमा फिल्म हेर्ने ‘रेसियो’ बढेको हो । अपवादबाहेक टीभीमा आउने फिल्म कहिल्यै हेर्दिनँ । तर, घरमा डीभीडीमा हेर्छु । विशेषगरी अंग्रेजी मुभी डीभीडीमा हेर्ने गर्छु ।

सबैभन्दा बढी मन परेका चलचित्र जु डोउ, हाची, द बुक थिप, यात्रा, नुमाफुङ आदि हुन् । टर्म ह्यान्क्स, जुलियट बिनोचे, रिचार्ड गेरे, आमिर खान, स्मिता पटेल, गौरी मल्ल आदि कलाकार मन पर्छन् ।

मेरो रोग

कहिलेकाहीं ‘प्रेसर लो’ हुनेबाहेक अन्य रोग छैन । गत वर्ष होल बडी चेक अप गराएकी थिएँ । कुनै रोग देखिएन । सबै सामान्य । अहिलेसम्म दीर्घरोगले समातेको छैन । चिसोले चाहिँ छिटो भेट्छ । चिसो लागेजस्तो भयो भने मात्रै पनि रुघाखोकी सुरु भइहाल्छ । त्योबाहेक अन्य कुनै समस्या छैन । यसर्थ आफूलाई स्वस्थ छु भन्ने लाग्छ ।

गल्ती यस्तो गरुँ, जुन गल्ती सम्झेर मुस्कुराइरहन सकुँ भन्ने लाग्छ । तीन कक्षामा पढ्दा एउटा त्यस्तै गल्ती गरेकी थिएँ । खासमा त्यतिबेला चोरी गरेकी थिएँ ।

मेरो मापसे

गत वर्ष वैशाख १४ र यसै वर्ष असार २९ गते पिउँदा लागेको महसुस भएको थियो । पिएरभन्दा पनि ‘मिक्स’ भएर त्यस्तो भयो । बान्ता गरेपछि ठीक भयो । ह्वीस्की, रम मेरो वशको कुरा होइन । खै, किनकिन हार्ड ड्रिङ्क्सको गन्ध नै मन पर्दैन । रेड वाइन मेरो प्रिय ड्रिङ्क्स हो ।

एकदमै गर्मी हुँदा बियर पिउन मन पर्छ । म सोसियल ड्रिंकर हुँ । मिल्ने साथी हुँदा सातामा दुईपटकसम्म पिएकी छु । होइन भने महिनौं नपिईकन बस्छु । बाहिर ‘ग्यादरिङ’ वा पार्टीमा कहिलेकाहीं पिएको मन पर्छ । घरमा पिएको मन पर्दैन । त्यसैले घरमा बार छैन । अपवादका दुई घटनाबाहेक लाग्ने गरेर नपिउने हुनाले ह्याङ मेटाउन आजसम्म त्यस्तो केही गर्नुपरेको छैन ।

मेरो संगीत
संगीतको पारखी हुँ । प्रिय एकान्तमा गीत सुन्दा मदिराजस्तै संगीत रमरम लाग्छ । अप्रिय एकान्तमा गीत सुन्दा गाँठो परेको मुटुलाई कसैले आवाजको स्पर्शले फुकाइरहेझैं भान हुन्छ । पुराना नेपाली आधुनिक गीत र स्लो हिन्दीगीत तथा गजल मन पर्छन् । सुफी संगीतमा पनि उत्तिकै आनन्द लिने गर्छु ।

‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ भन्ने गीत गुनगुनाउन मन लाग्छ । गाउन आउँदैन तर गुनगुनाउन रहर लाग्छ । यो दुनियाँमा मजत्तिको खराब गायिका त कोही छैन होलान् । कुनै गीत गाउँदा त्यसको शब्ददेखि लयसमेत बिगारेर गाइदिन्छु । अनि त साथीहरू गीत होइन, ब्याड भर्सनको रिमिक्स गाउँछे भनेर उडाउँछन् ।

‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ’, ‘तेरेविना ना जिवा महाराज, गमका खजना तेरा भी है’, ‘मेरा भी है’, ‘मे बि आइ एडिक्टेड’ आदि मन पर्छ ।

मेरो भूल

गल्ती यस्तो गरुँ, जुन गल्ती सम्झेर मुस्कुराइरहन सकुँ भन्ने लाग्छ । तीन कक्षामा पढ्दा एउटा त्यस्तै गल्ती गरेकी थिएँ । खासमा त्यतिबेला चोरी गरेकी थिएँ । कन्तुरको पैसा चोरेर कक्षाका सबै साथीलाई एउटा–एउटा पेन्सिल र नरिवलको टुक्रा बाँडेकी थिए । पछि बाबाले थाहा पाएपछि गालीमात्रै गर्नु भएन पिट्नु पनि भयो ।

प्रायश्चित गर्नैपर्नेगरी जिन्दगीमा त्यस्तो भूल गरेकी छैन । मेरानिम्ति जे कुरा सही, अर्कोका निम्ति त्यही कुरा गलत हुन सक्छ । यसर्थ, गल्तीको व्याख्या गर्दा पनि सापेक्षिक भएर गरिनुपर्छ भन्ने लाग्छ । गीत पनि छ, गल्ती हजार हुन्छन्, यहाँ होश हराएको बेला । म त गल्ती पनि होशमै गर्न रुचाउने मान्छे परें । जसले होशमा जानीजानी गल्ती गर्छ र गल्तीमा आनन्द लिन्छ भने उसलाई अब के भन्नु !

प्रेममा अहिले पनि छु तर गज्जबको आत्मिक प्रेममा । न लिनु केही, न दिनु । बस प्रेम गर्नु र गरिरहनु । प्रेममा प्रेमबाहेक अरू केही नमिसिएपछि, त्यसले दिने सुख र शान्ति अनुपम हुँदोरहेछ । एक–अर्कामा विलय भइसकेपछि प्रेमले कुनै नाता वा नाम पनि त माग्दैन । कतै हुन्छ भने म त्यही डिभाइन प्रेममा छु ।

मेरो राशी
मेरो राशी धनु हो । जन्मेको तीन महिनामै मेरो दाँत आएको रहेछ । ममी, ड्याडीले आत्तिँदै केही बित्यास पो पर्ने हो कि ज्योतिषीलाई देखाउँदै हिँड्नुभएछ । सबै ज्योतिषीले छोरी लच्छिनकी जन्मेकी छे, अब तपाईंहरूको फलिफाप सुरु हुन्छ भनेपछि ढुक्क हुनुभएको रे । म हातका रेखामा खासै विश्वास गर्दिनँ । आफ्नो इच्छाशक्तिमा भने गज्जबको विश्वास छ ।

मेरो सौन्दर्यचेत
कहिलेकाहीं कपालमा ओयल मसाज गर्नेबाहेक अन्य खासै हेरचाह गर्दिनँ । केही महिना अगाडि कलर गरेकी थिएँ । अनुहारमा महिनामा एकपटकजस्तो फेसियलचाहिँ गर्ने गर्छु । त्यसको पनि रुटिनचाहिँ छैन । बढी नै चिसो लाग्ने हुनाले कहिलेकाहीं स्टीम बाथ लिन्छु । अनुहारमा नाजको सन स्क्रिन र रेभलनको कम्प्याक्ट लगाउँछु । मलाई पफर््युम प्रिय लाग्छ । कसैलाई उपहार दिन पर्यो भने पनि मेरो पहिलो रोजाइ पर्फ्युम नै हुन्छ । पफर््युमका लागि मैले सधैं रोज्ने जेमिना ब्रान्ड हो ।

मेरो प्रेम
स्कुल पढ्दा आउने प्रेमपत्र समूहमा रमाइलो मानीमानी पढिने सामग्रीमै सीमित रहे । रियलमै मेरो पहिलो प्रेम बस्यो तर एकतर्फी । सुरुमा लाग्थ्यो– प्रेम एपकटक मात्र हुन्छ, त्यही भएर होला चौध वर्षसम्म एउटै मान्छेलाई प्रेम गरिरहें । केही वर्ष दोहोरो प्रेममा बदलिए पनि छुट्यो । छुट्न जरुरी थियो । नत्र मलाई धेरै कुरा थाहै नहुने रहेछ । अहिले सोच्दा लाग्छ– प्रेमभन्दा पनि प्रेमको अवधारणालाई धेरै वर्ष प्रेम गरेछु । यदाकदा ऊसँग भेट हुन्छ । सम्झना पनि आउँछ तर ‘थ्रिलिङ्वाला फिलिङ्ग्स’ चाहिँ आउँदैन ।

प्रेममा अहिले पनि छु तर गज्जबको आत्मिक प्रेममा । न लिनु केही, न दिनु । बस प्रेम गर्नु र गरिरहनु । प्रेममा प्रेमबाहेक अरू केही नमिसिएपछि, त्यसले दिने सुख र शान्ति अनुपम हुँदोरहेछ । एक–अर्कामा विलय भइसकेपछि प्रेमले कुनै नाता वा नाम पनि त माग्दैन । कतै हुन्छ भने म त्यही डिभाइन प्रेममा छु ।

मेरो सपना
म सपनाजीवी मान्छे हुँ । मेरो अनुभवले भन्छ– कति सपना अस्थायी अनि कति स्थायी हुँदारहेछन् । समयसँगै सपना र सपनाका रङ पनि फेरिँदारहेछन् । सपनाको स्वाद र गन्ध पनि फेरिँदारहेछन् । मेरो स्थायी सपना शब्दहरूसँग जोडिएको सपना नै हो । कम्तीमा पाँच र बढीमा सातवटा किताब लेख्ने सपना छ । यही सपनाका खातिर आजसम्म यत्रो यात्रा गरियो र बेसक्याम्पसम्म आइयो । खुद्रा काम धेरै गरियो, अब ठोस काम गर्नु छ । अबको यात्रा भने पूर्ण आरोहणको यात्रा हो भन्ने लाग्छ ।

यी जीवन कथा पनि पढ्नुहोस्

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

family planning
Golden Oak

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल