‘सही निर्माण’ ले यसरी बनौँ धनी

-  |   दीपेन्द्र राई

‘सही निर्माण’ ले यसरी बनौँ धनी

‘हचुवाका भरमा भौतिक संरचना बनाउनु आउने पुस्तामाथि गरिने अपराध हो । कुनै पनि पुस्ताले आफूअघिका पुस्ताले गरेको गल्ती सच्याउन पैसा खर्च गर्नपर्यो भने उसले आफ्नो स्तरमा के खर्च गर्ने,’ होटल हिमालय कुपन्डोलमा भेटिएका विकासविद् होमराज आचार्यले सुनाए, ‘भूतकालका गल्ती सच्याउनमै उसले सारा खर्च गर्नुपर्छ । हामीले भूतकालका गल्ती इन्भिजन गर्नुपर्यो । त्यतिबेलाका पुस्ताले अहिले बनेको भौतिक संरचनामाथि गल्ती ठानेर पैसा खर्च होइन, गौरव गरोस् ।’

आउने पुस्ताले गौरव गर्ने भौतिक संसरचना बनाउने हो भने बिल्डिङ व्याक राइट (सही निर्माण) अवधारणा आत्मसात् गर्नुपर्छ । विकासविद् आचार्यले सही निर्माणका ‘राइट इथिकल्ली’, ‘राइट इन्भायरोमेन्टल्ली’, ‘राइट टेक्निकल्ली’ र राइट कल्चरल्ली विधि अघि सारेका छन् । मुलुकका अधिकांश भौतिक संरचना निर्माण गर्दा ‘सही निर्माण’ का चार विधि आत्मसात् गरिएका छैनन् । यसबारे नेपालमा छलफल/बहस नै भएको थिएन । यो महत्वपूर्ण छ भनेर हामीले कसैलाई सिकाएनौ । पछिल्लो समय विकासविद् आचार्यले ‘सही निर्माण’ का चार विधिबारे छलफल/बहस तीव्र बनाएका छन् । उनले सुझाए, ‘यो विषय पाठ्यक्रममै समेट्नुपर्छ ।’


भौतिक संरचना बनाउँदा भ्रष्टाचारमात्रै होइन कुनै पनि प्रकृतिका श्रमशोषण हुनुहुँदैन । ‘राइट इथिकल्ली’ अर्थात् नैतिकता आत्मसात् गर्ने हो भने मजदुरका आँसुका कथा र कुनै पनि किसिमका हिंसा प्रतिबिम्वित हुनुहुँदैन ।

व्यक्तिगत घर बनाउँदा भ्रष्टाचार नहोला, उसले आफ्नो स्रोत प्रयोग गरेर नजानिदोपाराले केही विधि लागू गर्ला । त्यहाँ कमिसन खेल हुँदैन । उसले प्राविधिक रूपमा सम्झौता गर्न सक्छ । सांस्कृतिक रूपमा सही निर्माण नगर्न सक्छ । कसैले भनिदेलान्– सिमेन्ट र कंक्रिटको पक्की घर बनाएपछि बलियो हुन्छ ।

भौतिक संरचना निर्माण गर्दा सकेसम्म कार्वन उत्सर्जन कम हुने तरिका अपनाउनुपर्छ । स्थानीयस्तरमा पाइने साधनलाई निश्चित तरिकाले मिलाएर संरचना बनाउँदा त्यसको ‘बर्निङ क्यापासिटी’ राम्रो हुन्छ । अपवादबाहेक नेपालमा ३६५ दिन नै घाम लाग्छ । दक्षिण फर्केको घर बनाए सोलार प्यानल राख्न सजिलो हुन्छ । ‘राइट इन्भायरोमेन्टल्ली’ अर्थात् वातावरणीय विधि नजानेर उत्तर फर्केको घर बनाए उसले त्यो सुविधा उपभोग गर्न पाउँदैन ।

भौतिक संरचना नभत्कनुमात्रै ठूलो कुरा होइन, ढुक्कले बस्न सक्नेखालका हुनुपर्छ । संरचना बनाउँदा ठेकेदारले दायाँबायाँ गर्ने नै भए । उसलाई कानुनमा बाँधेर उत्तरदायी बनाउन सकिन्छ ।


जोकोहीले भौतिक संरचना बनाउँदा प्राविधिक रूपमा बलियो हुनुुपर्छ । गोरखा भूकम्पजस्तै शक्तिशाली भूकम्प जाँदा भत्कने हुनुहुँदैन । बनाइएका संरचना सयौं वर्ष टिक्ने हुनुपर्यो । ‘राइट टेक्निकल्ली’ अर्थात् प्राविधिक विधि नजान्दा वा प्राविधिक पक्षमा सम्झौता गर्दा त्यसले दुर्घटना निम्त्याउँछ । भौतिक संरचना नभत्कनुमात्रै ठूलो कुरा होइन, ढुक्कले बस्न सक्नेखालका हुनुपर्छ । संरचना बनाउँदा ठेकेदारले दायाँबायाँ गर्ने नै भए । उसलाई कानुनमा बाँधेर उत्तरदायी बनाउन सकिन्छ ।

सही निर्माणका लागि ‘राइट कल्चरल्ली’ अर्थात् सांस्कृतिक पक्ष त्यत्तिकै महत्वपूर्ण मानिन्छ । भौतिक संरचना निर्माण तथा पुनःनिर्माण गर्दा संस्कृति जगेर्ना हुनुपर्छ । गोरखा भूकम्पपछि पुरातात्विक महत्वका धेरै सम्पदा भत्केका छन् । तिनको पुनःनिर्माण गर्दा सांस्कृतिक पक्षसमेत झल्कनुपर्छ । नयाँ संरचना अत्याधुनिक बनाइए पनि त्यहाँ नेपाली संस्कृति झल्काइए पलासको फूलमा सुगन्ध भेटिएजस्तै हुन्छ । तसर्थ, सांस्कृतिक रूपमा पनि संरचना ठिकठाक हुनुपर्छ ।

उल्लिखित चार विधि आत्मसात् गरेर संरचना बनाउँदा गौरव गर्न पाइनुका साथै खुसीसाथ बस्न पाइन्छ । ‘हामीले ठुल्ठूला उद्योग, कलकारखा खोल्न सक्दैनौ,’ साहित्यकार आचार्यले भने, ‘हामीले लगानी गर्ने भनेको पर्यटनमा हो । पर्यटन प्रवद्र्धन गर्न त्यहीस्तरको सोच चाहिन्छ । चीन, भारतबाट आउने पर्यटको आवश्यकता पूर्ति गर्न सकियो भने प्रशस्त आर्थिक लाभ गर्न सकिन्छ ।’

‘कहिले खानेपानी, कहिले विद्युत्, कहिले सडक विस्तारका नाममा सडक खन्दै/भत्काउँदै बनाएको हामीले देखेका छौं । सही निर्माण विधि अपनाइएको भए एउटै ठाउँमा तीनपटक खन्न/पुर्न पर्दैनथ्यो । तीनपटकको खर्च एकैपटक गरे दुईपटकको खर्च जोगिन्छ ।’


भूकम्पप्रतिरोधी संरचना बनाउनुपर्छ भन्ने ज्ञान भए पनि सबैको क्षमता छैन । त्यसो भएपछि बलियोका नाममा कंक्रिट, रड र बालुवा मिसाएर संरचना बनाउँदा सुन्दर मुलुकलाई कुरूप बनाइँदै छ । उनले सुझाए, ‘त्यसो गर्नै हुँदैन । त्यस्तो संरचना हेर्न कोही पनि आउँदैनन् । संस्कृति तथा पहिचान रहेन भने ठुल्ठूला संरचनामात्रै बनाएर के गर्ने ? बलियो र बस्नका लागि मात्रै संरचना बनाउने होइन । त्यसो भयो भने इतिहास हराउन सक्छ । सम्बन्धित देशको असली धन भनेको सभ्यता हो । मिहिनेत गरेपछि पैसा हात लाग्छ ।’ हाम्रा बाउबाजेले राम्रो काम गरिदिएका रहेछन् भनेर हामीले त्यतातिर खर्च गर्न परेको छैन भनेर हामीपछि आउने पुस्ताले गौरव गर्न पाऊन् ।

सही निर्माणले सम्बन्धित देश र देशवासीलाई धनी बनाउँछ भन्दा धेरैलाई विश्वास नलाग्ला । नलाग्नु स्वाभाविकै हो । सही निर्माणले धनी कसरी बन्न सकिन्छ ? ‘हामीले बनाएका संरचनामा ढुक्कसाथ सयौं वर्ष बस्न पाइन्छ । भत्काउँदै बनाइराख्न परेन,’ आचार्यको तर्क छ, ‘कहिले खानेपानी, कहिले विद्युत्, कहिले सडक विस्तारका नाममा सडक खन्दै/भत्काउँदै बनाएको हामीले देखेका छौं । सही निर्माण विधि अपनाइएको भए एउटै ठाउँमा तीनपटक खन्न/पुर्न पर्दैनथ्यो । तीनपटकको खर्च एकैपटक गरे दुईपटकको खर्च जोगिन्छ । बचेको खर्च राम्रो स्वास्थ्य, शिक्षा अथवा युवालाई रोजगारी दिने संरचना बनाउनमा खर्चन सकिन्थ्यो । यसरी हामी धनी बन्थ्यौं ।’

हामी जति÷जति आधुनिक युगमा आइरहेका छौं, उति/उति छिटो, र बाहिरबाट राम्रो देखाउने नाममा भौतिक संरचना कमजोर बनाइएको छ । १८ वर्ष अमेरिका बसेर नेपाल फर्केका विकासविद् होमराज आचार्य त्यस्तो काम देखेर चिन्तित छन् । त्यही भएर उनले सही निर्माणका चार विधि अघिसारेका छन् । त्यसलाई कार्यान्वयन गराउने दौडधुपमा लागेका छन् ।


त्यही विधि कार्यान्वयन गर्न उनले लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति विश्वविद्यालय, अन्तर्राष्ट्रिय शान्ति संग्रहालय र जीवित संग्रहालय बनाउने अवधारण अघि बढाएका छन् । त्यतिले मात्रै के पुग्थ्यो । नपुग्ने भएकाले सरकारसँग छलफलमा व्यस्त छन् । योजना आयोगलगायत सम्बन्धित निकायसम्बद्धसँग मात्रै होइन, विज्ञसँग छलफल बाक्लो बनाएका छन् । आफूले थालेको अभियान आफ्नै पुस्ताबाट कार्यान्वयन गर्न/गराउन युवावर्गलाई संलग्न गराएर छलफल/बहस चलाएका छन् । पुरातात्विक सम्पदाको पुनःनिर्माण हुँदै गर्दा, उनले पुरातत्व विभागमै पुगेर तपाईंहरूले ‘सही निर्माण’ का चार विधिमा ध्यान दिनुपर्छ भन्न भ्याएकै छन् । उनको माग छ, ‘सही निर्माणका चार विधिबारे सरकारले राष्ट्रिय नीति बनाउनुपर्छ । स्कुलदेखि क्याम्पस तहसम्मका पाठ्यक्रममा यो विधि समावेश गरिनुपर्छ ।’

वैज्ञानिक मान्यतालाई धर्मको कोट लगाइदियौं । त्यसो गर्नसाथ विज्ञानले मान्यता पाउँदैन । अनुसन्धान हुँदैन । ल्याब टेस्ट हुँदैन । भगवान्ले भनेको भनेपछि सकियो । भगवान्लाई कसले ल्याब टेस्ट गर्ने ?

‘इन्जिनियरले प्राविधिक विषयमा मात्रै ध्यान दिनुभएन,’ उनको मान्यता छ, ‘सही निर्माणका चारखम्बे विधिमा ध्यान दिनुपर्यो । संरचना निर्माण गर्दा कमिसनमा र्याल चुहाउनु भएन । कमिसनमा मरिहत्ते गरे चारखम्बे विधि हराउँछ ।’ इन्जिनियरले प्राविधिक रूपमा संरचना दिगो हुनपर्छ भनेर भेउ पाएका छन् । उनीहरूबीच वातावरणीय मुद्दामा छलफल हुन थालेको छ तर ‘कल्चरल’ र ‘इथिकल स्ट्यान्डर्ड’ मा बहस नै भएको छैन ।

अब बन्ने÷बनाइने संरचना स–साना भए पनि हरेकप्रकारले स्तरीय हुन् । त्यसमा सबैले आनन्द लिन सकून् । नीति निर्माण तहमा बसेकालाई यो सवक सिकाउन आवश्यक छ । त्यो सिकाउने/बुझाउने भनेको जनता नै हुन् ।

पश्चिमा मुलुकतिर संरचना बनाउँदा ‘सही निर्माण’ का चार विधि अख्तियार हुन थालेको छ । उनीहरूलाई सानैदेखि कल्चरल, इथिकल मोरल लेसन सिकाइन्छ । नेपालीले विदेशीसँग तुलना गर्न जरुरी छैन । किनभने हामी सक्षम छौं तर सक्षमतालाई चिन्न सकेका छैनौं । बरु उनीहरूले राम्रो गरेछन्, त्योभन्दा राम्रो हामीले गर्नेछौं भनेर तुलना गर्नुपर्छ ।

भनिन्छ– ज्ञानमा पनि पुरातत्व हुन्छ । विदेशीले धर्मलाई वैज्ञानिक तरिकाले अथ्र्याउँदै लगे, हामीले वैज्ञानिक मान्यतालाई धर्मको कोट लगाइदियौं । त्यसो गर्नसाथ विज्ञानले मान्यता पाउँदैन । अनुसन्धान हुँदैन । ल्याब टेस्ट हुँदैन । भगवान्ले भनेको भनेपछि सकियो । भगवान्लाई कसले ल्याब टेस्ट गर्ने ? त्यसको औषधि छैन । तर, पश्चिमा मुलुकले त्यसो गरेर हुँदैन भनेजस्तो हामी पनि त्यो बाटो लाग्नुपर्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल