नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

लामो समय कांग्रेसमा काम गरेका महेश कर्मोचा नयाँ शक्ति पार्टीमा जोडिएका छन् । नयाँ शक्ति सहसंयोजक कर्मोचालाई प्रधानमन्त्री, राष्ट्रपति बन्ने लोभ छैन । ‘नेपाललाई संसारको नमुना देश बनाउने सपना छ,’ नयाँ शक्ति पार्टी कार्यालय बबरमहलको आफ्नै कार्यकक्षमा उनले दाबी गरे, ‘मुलुकको विकासका लागि ‘एट हेम’ योजना मसँग छ । ‘ए’ फर एग्रिकल्चर, ‘टी’ फर टुरिजम, ‘एच’ फर हर्बल, ‘इ’ फर एनर्जी र ‘एम’ फर मिनिरल । यति व्यवस्थापन गरेपछि मुलुकको विकास नहुने कुरै छैन ।’

नयाँ राजनीतिक ‘कोर्स’ सुरु भएपछि उनको व्यस्तता यति बढेको छ कि मर्ने फुर्सदसमेत छैन रे उनलाई । आफूले तयार पारेको योजना र कार्यक्रम कार्यान्वयन गर्न सांसदसम्म हुनुपर्ने ठम्याउने नयाँ शक्ति सहसंयोजक ७१ वर्षीय महेश कर्मोचासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

–मुलुकलाई संसारको नमुना बनाउने सपना
– नयाँ राजनीतिक ‘कोर्स’ सुरु भएपछि व्यस्त
–कब्जा गरेको जग्गा माओवादीले फिर्ता नगरेको
–‘एट हेम’ लागू नगरे मुुलुकको विकास असम्भव


मेरो खाना
गाउँको मानिस भएर होला ढिँडो, सिस्नु, च्याख्लाको भात, दूघ र मोही मन पर्छ । बंगुरको मासु, आँगा धान (रातो चामल) को भात त्यत्तिकै मन पर्छ । केटाकेटी हुँदा ढिँडो र च्याख्लाको भात नपाके हुन्थ्योजस्तो लाग्थ्यो । हिजोआज त्यही मन पर्छ । कहिलेकाहीँ रेष्टुरेन्ट जान्छु । पहिले मासुचिउरा र मःमः खाइन्थ्यो । पछिल्लो समय स्वास्थ्यलाई ध्यानमा राख्दै स्न्याक्स खाने गरेको छु । प्रायः आफैँले पकाएर खान्छु । पहिले पकाउन त्यति आउँदैनथ्यो, उच्च रक्तचाप र मधुमेहले समातेपछि आफूलाई खान मिल्ने दालभात आफैँले पकाएर खाने गर्छु ।

मेरो पोसाक
कालो, नीलो, रातो र सेतो रङको लुगा लगाउने गरेको छु । दस वर्षअघि सिलाएको कोट लगाइरहेकै छु । दुईवटा घरमा छन् । एकैपटक दुई÷तीनजोर कपडा सिलाउने गरेकाले वार्षिक रूपमा यति नै खर्च हुन्छ भन्ने छैन । त्यसले तीन÷चार वर्षलाई धान्छ । पहिले तयारी पोसाक लगाउँथेँ, हिजोआज सिलाएर लगाउने बानी छ । कपडा श्रेष्ठ र अनुपम टेलर्समा सिलाउने गर्छु । ‘ब्रान्ड’भन्दा ‘कलर’मा ध्यान दिन्छु । कोरिया र जापानले भनेजस्तो कपडा पठाउन छाडेपछि भारतीय कपडा रोजाइमा परेको छ । दौरासुरुवाल लगाउँदा टोपी लगाउँछु ।

मेरो फिटनेस
फिटनेसमा अल्छी छु । पहिले÷पहिले गाउँघर पुग्दा मज्जाले हिँडिन्थ्यो । पछिल्लो समय गाउँगाउँसम्म पुगेपछि सवारीसाधनमै हिँड्न थालियो । नयाँ शक्ति पार्टीले योगाको माध्यमबाट संगठन विस्तार गर्ने नीति बनाए पनि मैलेचाहिँ योगा गरेको छैन । मर्निङवाक, डाइटिङ दुवै छैन । मेरो निजी सवारीसाधन नभएकाले समय भएमा गन्तव्यसम्म हिँडेरै पुग्ने गर्छु । घरमा ट्रेडमिल राखेको छैन ।

मेरो अध्ययन
नयाँ शक्ति पार्टी संयोजक डा. बावुराम भट्टराईमाथि लेखिएको ‘अविराम बावुराम’ पढ्दै छु । आफ्ना अगाडि भएका किताब पढ्ने गर्छु । कतिपय अवस्थामा अलिअलि पढेपछि यसको निष्कर्ष यस्तो होला भनेर बीचमै पढ्न छाडिदिन्छु । पहिले÷पहिले जासुसी किताब असाध्यै पढ्थेँ । एकताका धेरै किताब जम्मा पारेको थिएँ, पढ्न लैजानेले फिर्ता नगरेपछि दुई÷चारवटामा झरेको छ । किताब किनेको बिल हेर्दा लाख रुपैयाँ नाघे पनि मसँग पाँच सयको पनि किताब देख्दिनँ ।

मेरो घुमफिर
रुचि भए पनि घुमफिरका लागि दुई समस्या छन् । पहिलो पैसा र दोस्रो समय व्यवस्थापन । नेपालका ३५ जिल्ला टेकेको छु । विदेशमा अमेरिका, जापान, जर्मनी, फ्रान्स, पोल्यान्ड, हल्यान्ड सिंगापुर, मलेसिया, ब्रुनाई र हङकङ घुमेको छु । घुमेकामध्ये अमेरिका मन पर्यो भने फेरि एकपटक अमेरिका नै घुम्ने रहर छ ।
त्यसपछि पोर्चुगल पुग्न मन छ । पोर्चुगलका मारियो सोरेस प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्म भए । सोरेस बीपी कोइरालाका साथी थिए । त्यस्तै फ्रास्वाँ मित्रा पनि कोइरालाका साथी हुन् । त्यहाँ पुगेर सोरेसको ‘कन्स्ट्रक्टिभ आइडिया’ बारे जान्ने रहर छ ।
मेरो फुर्सद
फुर्सद छँदै छैन । मर्ने पनि फुर्सद छैन । राजनीतिक भागदौडबाट कहिलेकाहीँ बिदा बस्न पाए हुन्थ्यो भन्ने लाग्दैन । मेरा लागि बिदा रोग हो । साथीभाइले बोलाउँछन्, जानैपर्यो । २०÷२५ वर्षदेखि संकलन गरेको पत्रपत्रिकामा मेरा आलेख प्रकाशित छन्, त्यो छानेर किताब प्रकाशित गर्ने भनेको भ्याएकै छैन । ती पत्रपत्रिका मुसाले खाएर हैरान पारेका छन् ।
नयाँ राजनीतिक ‘कोर्स’ सुरु भएपछि व्यस्तता झन् बढेको हो । ६०÷६५ वर्ष कांग्रेसमा काम गरेँ । नयाँ शक्तिमा जोडिएपछि पार्टीलाई कसरी अगाडि बढाउने भन्ने चिन्तन र सांगठनिक स्वरूपका लागि दौडधुप गर्नुपर्ने भएकाले व्यस्तता बढेको हो ।
पहिले-पहिले फिल्म हेर्न हलसम्म एक्लै पुग्थेँ । किनकि धेरै समय म परिवारभन्दा टाढा रहेँ । साढे १४ वर्षमै ब्रिटिस आर्मीमा भर्ती भएँ । फर्केपछि कांग्रेसमा आबद्ध भएँ । पार्टीमा लागेपछि राजनीतिमै व्यस्त, परिवारले घरमै बसेर घरव्यवहार धान्नुपथ्र्यो । दोस्रो श्रीमती पनि विशुद्ध गृहिणीको भूमिकामा छिन् । उनले कहिलेकाहीँ आफ्नो इच्छा÷रहर प्रकट गरे पनि पूरा गर्न सकेको छैन । गधाकिसिमको काम गराइले उनको चित्त बुझाउन सकेको छैन ।

मेरो खेलकुद
फुटबल असाध्यै मन पर्छ । केही नबुझ्ने भएकाले क्रिकेट मन पर्दैन । काठमाडौंको न्युरोडमा स्पोर्ट टाइगर क्लब थियो, २०२५÷०२६ तिर त्यो क्लबबाट खेल्थेँ । तात्कालिक नेपाल नेसनल (हाल ः शंकरदेव) क्याम्पसबाट पनि खेलेँ । पल्टनमा पनि बटालियन टिमबाट खेल्थेँ । एकताका भलिबल र जुडो पनि नखेलेको होइन ।
पहिले नेपाली फुटबल क्लबमा आरसीटी मन पथ्र्यो । हिजोआज त्यति ‘अपडेट’ छुइनँ । विदेशीमा चेल्सी मन पर्छ ।

मेरो मोबाइल
साढे नौ हजार रुपैयाँ पर्ने जियोनी ‘ब्रान्ड’को मोबाइल सेट बोक्दै आएको छु । काम गरुन्जेल मोबाइल फेर्न कुरो आउँदैन । कसैलाई कल गर्ने र आएको कल उठाउनेबाहेक ‘एप्लिकेसन’ चलाउने गर्दिनँ ।

मेरो टेलिभिजन
घरमा टीभी छैन । तर, टीभी हेर्न पाउँदा प्रायः फुटबल हेर्छु । जासुसी फिल्म पनि हेर्छु । समाचार, टक शो पनि नहेर्ने त होइन तर च्यानल खोजीखोजी हेर्दिनँ । पाउँदा टीभी साँझ हेर्छु ।

मेरो चलचित्र
३० वर्षभन्दा बढी भयो फिल्म नहेरेको । राजकुमार र सन्नी देवलहरूका पुराना फिल्म मन पथ्र्यो । उनीद्वारा अभिनीत फिल्म शिक्षाप्रद हुन्थे । भारतीय जासुसी फिल्म ‘फर्ज’ असाध्यै मन परेको थियो ।

मेरो रोग
रक्तचापले समातेको ११÷१२ भयो । मधुमेहले समातेको सात वर्ष भयो । पछिल्लो समय कोलस्ट्रोलले पनि समातेको छ । तर, म स्वस्थ छु भनेर सोच्छु । बीचमा दुईपटक मधुमेहले च्याप्यो ।
पोल्यान्डमा विश्व भूतपूर्व सैनिकको कार्यक्रम थियो । त्यहाँ भेटिएका तीन रसियनलाई म प्रजातान्त्रिक र तिमीहरू कम्युनिस्ट हौ, हाम्रो कुरा मिल्दैन भनिदिएँ । उनीहरू कसरी भने ? तिमीहरूका राष्ट्रपति पुटिन छन् । उनी कम्युनिस्ट हुन् भनेँ । ऊ राष्ट्रपति भएर के भयो ? हामी पनि प्रजातान्त्रिक हौँ भनेँ । मैले प्रमाण पेस गर भनेँ । उनीहरूले आऊ यहाँ बसौँ भने । बस्दै जाँदा उनीहरूले वाइन खान थाले । मलाई पनि खान अनुरोध गरे । मलाई मधुमेह छ भन्दा उनीहरूले हाम्रोमा मधुमेह लागेकाले वाइन पिउँछन् भने । होला भनेर मैले नेपालीपाराले पिएँ । धेरै पिएपछि मधुमेहले च्याप्यो । मुख नबार्दा दोस्रोपटक पनि मधुमेहले च्यापेको थियो । अहिले ठिकठाक छ ।
अहिलेसम्म एकपटक होलबडी ‘चेकअप’ गराएको छु । खानपानमा ध्यान नदिँदा रोगले समातेको हो ।

मेरो भाषणशैली
म भाषण गर्न नजान्ने मानिस हुँ । भाषण गर्दा सामान्य रूपमा बोलेकोजस्तै गर्छु । अरूले आफूले भन्ने खोजेको कुरा व्याख्या गर्छन् तर म सूत्रात्मक रूपमा गर्ने गर्छु । भन्छन् नि– ‘टु दी प्वाइन्ट ।’ चाइने भन्ने थेगो गरेको अरूले सुनाउँछन् ।
भाषण गर्नअघि तयारी गर्ने बानी छैन । विषयवस्तुबारे जानकारी भए पुग्छ । म राननीतिक कार्यकर्ता हुँ । कार्यकर्तालाई भाषण गर्न त्यति बोलाउँदैनन् । बोलाइहाले पनि जहीँतहीँ जान्न । त्यसैले भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । विदेशतिर सभा, सेमिनारमा जाँदा विषयवस्तुमा केन्द्रित भएर आफ्नो कुरा राख्ने गर्छु ।
मेरो संगीत
विशेषगरेर लोकगीत सुन्छु । झ्याउरेगीत गाउँछु । जनशक्तिमा जोडिएपछि पार्टीसँग सम्बन्धित रहेर एउटा गीत लेखेको छु । कुमार बस्नेतले गाएका गीत मन पर्छन् । नयाँपुस्तामा अञ्जु पन्त, रामकृष्ण ढकालको आवाज मन पर्छ भने पुराना पुस्तामा नारायणगोपाल ।
मेरो भूल
जीवनमा धेरै भूल गरेको छु । यस्तो भूल नगरेको भए हुन्थ्यो, मैले सुधार्नपर्छ भन्ने लागे बिस्तारै बिर्संदै जाने बानी बस्यो । करोड रुपैयाँसम्मको जमानी बसेर भूल गरेको छु । शुभचिन्तकले यस्तो काममा लागेपछि उकालो लाग्न गाह्रो हुन्छ भने पनि अप्ठ्यारोमा पारिहाल्छन् ।
भूल नगरी पनि सजाय पाएको छु । मेरो घर (ओखलढुंगा) छेउमा फुटबल मैदान बनाउन चाहेको थिएँ । त्यहाँ मेरो १० र भतिजोको सात रोपनी जग्गा थियो । स्तरीय फुटबल मैदान बनाउन १४ रोपनी जग्गा चाहिन्छ । फराकिलो पार्न १८÷२० रोपनी चाहिन्छ । त्यसमा पाँच रोपनी थपेर फुटबल मैदान बनाउन चाहेको थिएँ । ०४८ मा हिँडेको भतिजो अहिलेसम्म फर्केको छैन । ऊ फर्केर आए सात रोपनी जग्गाको मूल्य दिउँला अर्थात् फुटबल मैदान उसैको नाममा बनाउँला सोचेको थिएँ ।
१३ दिनेभित्रैका अर्का भतिजोले हुँदैन भने । उसले काकाले हामीलाई मर्यो भनेर सर्जिमिन गराएर हाम्रो जग्गा खान खोज्यो भनेर हल्ला चलाएछन् । कहिलेकाहीँ नखाएको विष लाग्छ भनेको यही रहेछ ।

मेरो घर
मेरो घर ओखलढुंगाको खिजीमा पर्छ । तर, अहिले मेरो घर छैन । जग्गाचाहिँ छ । ओखलढुंगा सशस्त्र क्रान्तिताका ०३१ मा पञ्चायती व्यवस्थाले सर्वस्व हरण गर्यो । ०६० मा तात्कालिक माओवादीले घर÷जग्गा कब्जा गरे । छोरोको समेत घर-जग्गा कब्जा गरिदिए । ०५७ मा दाजु पक्राउमात्रै परेनन् उनकोसमेत घर÷जग्गा कब्जा गरे । ०४८ मा हिँडेका भतिजोको पनि घर-जग्गा कब्जा गरिदिए ।

०५४ सम्म ओखलढुंगा जिल्ला विकास समिति सभापति रहेकाले मेरो घर÷जग्गा कब्जा गरिएको थियो । हाम्रै पार्टीमा रहेका पनि जनयुद्धमा हिँडे । उनीहरूसँग कुराकानी हुँदा कसैले ५० हजार मागे, कसैले एक लाख त अर्कोले डेढ लाख मागे । माग्नेलाई पैसा दिँदा हामीले बन्दुक बोकाएको तर महेश कर्मोचाले साहु बनायो भनेर माओवादीले अप्टिक लगाए । पैसा लिनेले कसैले पसल त कसैले बाख्रापालन गरेर राम्रो व्यवसाय गरे ।

खिजी–७ मा युनिफाइड फोर्स बसेको थियो । माओवादीले हामीलाई मार्न कर्मोचाले सेना लिएर आयो भनेर आक्षेप लगायो । अर्को, सूर्योदय साप्ताहिकले ओखलढुंगाको संगठन सम्राट भनेर लेखिदियो । उल्लिखित विषयलाई आधार मानेर माओवादीले मलगायत आफन्तको घर÷जग्गा कब्जा गर्यो । अहिलेसम्म फिर्ता गरेको छैन । माग्दा पनि दिएको होइन ।
म ०२४-२५ देखि काठमाडौंमा भाडामा बसेको छु ।

मेरो राशी
मेरो राशी सिंह हो । ज्योतिषविज्ञानप्रति विश्वास छ । ग्रहशान्ति गराउने गर्छु । शनिको औँठी लगाएको छु । ज्योतिषीले सिफारिस गरेको चीज महँगो पर्छ । लगाउनै सकिँदैन ।

मेरो सौन्दर्यचेत
कपालमा अरू नलगाए पनि मेहेन्दी लगाउने गरेको छु । फेसियल गर्ने, क्रिम लगाउने बानी छैन । म प्राकृतिक सौन्दर्यमा रमाउने मानिस हुँ । शरीर पफ्र्युमसम्म छर्किन्न ।
मेरो प्रेम
मानवजीवनमा प्रेम नपर्ने कुरै हुँदैन । प्रेमलाई विवाहमा रूपान्तरण गर्न सकिएन । अन्ततः मागीबिहे गरेँ । छुटेका प्रेमिकाको सम्झना त आइहाल्छ नि ।


मेरो सपना

नेपाललाई संसारको नमुना देश बनाउने सपना छ । पदीय रूपमा आफूलाई यस्तै बनाउँछु भनेर कहिल्यै सोचिनँ । तर, योजना र कार्यक्रम बनाएरमात्रै भएन । त्यसलाई कार्यान्वयन गर्न÷गराउन सांसदसम्म हुनुपर्ने रहेछ । म सांसदसम्म भएँ भने मेरो योजना र कार्यक्रम कार्यान्वयन गर्न लागिपर्ने थिएँ । त्यो अरूले गर्न सक्दैनन् । मुलुकको विकास गर्न मसँग ‘एट हेम’ भन्ने सूत्र छ । ‘ए’ फर एग्रिकल्चर, ‘टी’ फर टुरिजम, ‘एच’ फर हर्बल, ‘इ’ फर एनर्जी र ‘एम’ फर मिनिरल व्यवस्थापन गरेपछि मुलुकको विकास नहुने कुरै छैन ।
मानिसको मृत्यु स्वाभाविक होस् भन्ने जोकोही चाहन्छन् । मेरो मृत्युको कल्पना गरेकै छैन । म अहिले मर्दिनँ, मर्नैहुँदैन भन्ने लाग्छ । मर्दा अन्जानमै मरिन्छ । त्यो सबैलाई थाहा छ । तर, चिनाअनुसार मेरो मृत्यु दुर्घटनाबाट हुनेछ । भन्नाले भीरपहराबाट लडेर, खोलाकिनारमा हुने भन्ने रहेको चिनामा लेखिएको ज्योतिषीले भनेका छन् ।

यी जीवन कथा पनि पढ्नुहोस्

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

family planning
Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल