अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

‘एमाले अध्यक्ष बन्ने लक्ष्य लिएकी छु,’ अनेरास्ववियु अध्यक्ष नवीना लामाले थपिन्, ‘प्रधानमन्त्री बन्ने सपना पनि देखेकी छु ।’ सपना ठूलै देख्नु भनिन्छ । विद्यार्थी राजनीतिमा रमाइरहेकी उनले एमाले अध्यक्ष र प्रधानमन्त्री बन्ने सपना देख्नु अस्वाभाविक होइन । विद्या भण्डारी राष्ट्रपति रहे पनि मुलुकले अहिलेसम्म महिला प्रधानमन्त्री पाएको छैन । समाजशास्त्रमा स्नातकोत्तर गर्दै रहेकी विद्यार्थी नेता लामाले प्रधानमन्त्री बनिन् भने समृद्ध नेपाल र सुखी नेपाली बनाइछाड्ने परिकल्पना गरेकी छन् । तेक्वान्दो ब्ल्याक बेल्टसमेत रहेकी अनेरास्ववियु अध्यक्ष नवीना लामासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना

नेपाली खाना दालभात तरकारी नै प्रिय लाग्छ । मकैभटमास पनि त्यत्तिकै मन पर्छ । सांगठनिक काममा दौडिरहनुपर्ने भएकाले खानका लागि रेष्टुरेन्ट बाक्लै जान्छु । रुचि भए पनि पकाउने फुर्सद हुँदैन ।

मेरो पोसाक

लगाउँदा सुहाउने र ‘स्मार्ट’ देखिने पोसाक रोजाइमा पर्छन् । पोसाकमा हुने खर्चको हिसाबकिताब राख्ने गरेकी छैन । गुलाफी र ‘पिंक कलर’ का पोसाक छान्ने गर्छु । ‘रेडिमेड’ पोसाक धेरै प्रयोग गर्दै आएकी छु । गर्मीमा क्याप लगाउँछु ।

मेरो फिटनेस
फुर्सद हुँदा क्लब जान्थें, पछिल्लो समय त्यो पनि छुटेको छ । समयमा खानसम्म फुर्सद नभएकाले ‘डाइटिङ’ गर्नै पर्दैन । दिनचर्या अस्तव्यस्त भएकाले योगा गर्न, मर्निङवाक निस्कन सम्भव छैन ।

मेरो अध्यनन
पाठ्यक्रमअन्तर्गत समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत छु । पाठ्यक्रमबाहिर रामप्रसाद राईको जीवनी अध्ययन गरिरहेकी छु । ‘बायोग्राफी’ पढ्न जाँगर चल्छ । उपन्यास पनि पढ्छु । प्रदीप नेपाल र कृष्ण धरावासीको लेखनकला मन पर्छ । बेफुर्सद बाँचेकीले लेख्न भ्याउँदिन । मन परेका पुस्तक किने पनि पढ्नसमेत साइत जुराउनुपर्छ । मसँग एक र्याक पुस्तक छन् ।

मेरो घुमफिर
घुमफिरमा रुचि छ । कर्णाली अञ्चलमा पर्ने सबै जिल्ला, हिमालपारिका जिल्ला मनाङ, मुस्ताङ र खोटाङबाहेक सबै जिल्ला पुगेकी छु । विदेशमा चीन, दक्षिण कोरिया र भारतसम्म टेकेकी छु । घुमेकामध्ये चीन मन पर्यो । पर्यटकीय हिसाबले उत्तर कोरिया पनि राम्रो लाग्यो । राराताल पुग्न असाध्यै मन छ ।

मेरो फुर्सद
फुर्सद छँदै छैन । अस्तव्यस्त छु । निजी जीवन नै छैन । कहिलेकाहीं सारा काम छाडेर आराम गरौं लाग्छ । तर, अहिलेसम्म आराम गरेकी छैन । फुर्सद भइहालेमा प्राकृतिक सुन्दरतासँग रमाउने प्रयास गर्छु ।

मेरो खेलकुद
खेलमध्ये तेक्वान्दोलाई माया गर्छु । म तेक्वान्दोको ब्ल्याक बेल्ट पनि हुँ । लङटेनिस पनि मन पर्छ ।


मेरो मोबाइल

आइफोन सेभेनसहित मसँग दुई मोबाइल सेट छन् । आइफोन सेभेनलाई पहिले एक लाख रुपैयाँ बढी पथ्र्यो । अहिले कति पर्छ थाहा भएन । कामै नलाग्ने भएपछि मात्रै मोबाइल फेर्न गरेकी छु । मोबाइल एप्लिकेसनमध्ये फेसबुक, ट्वीटर, ह्वाटस्याप, इमेल/इन्टरनेट चलाउँछु ।

मेरो टेलिभिजन
साँझ बिहान टीभी हेर्दा समाचार र टक शो बढी हेर्छु । घरमा सोनी टीभी छ । साइज ठ्याक्कै थाहा नभए पनि तर ठूलै छ ।

मेरो चलचित्र
पछिल्लो समय हलमै पुगेर चलचित्र ‘द विनर’ हेरेकी थिएँ । ‘द विनर’ मा बहिनी यशु लामाले पनि अभिनय गरेकी छन् । हेरेकामध्ये ‘उमा’, ‘कहो ना प्यार हे’ र ‘लुट’ राम्रै लागेको थियो । रेखा थापाको अभिनयको ‘फ्यान’ हुँ । जीवन लुइँटेलको अभिनय पनि लोभलाग्दो छ ।

मेरो रोग
ग्यास्ट्रिकबाहेक ज्यानलाई सन्चै छ । अहिलेसम्म औषधि सेवन गर्नुपरेको छैन । जीवनमा जम्मा एकपटक ‘होलबडी चेकअप’ गराएकी छु । काममा सक्रिय छु । आइपरेको कर्तव्य पूरा गर्दै आएकी छु । हरेक कुरालाई सकारात्मक सोच्ने भएकाले पनि होला दीर्घरोगले छोएको छैन ।

मेरो भाषणशैली
आफूले गरेको भाषणप्रति त्यति सन्तुष्ट छैन । जति तयारी गर्नुपथ्र्यो त्यो नगरेर पनि हो । भाषण गर्दा थाहै नपाउनेगरी ‘त्यसैले’ र ‘त्यसकारण’ भन्ने थेगो प्रयोग गर्दोरहेछु । आफैंले मूल्यांकन गर्दा आफूले गरेको भाषण आक्रामक हो भन्न अप्ठ्यारो लाग्दैन । त्यसो भन्दा बौद्धिक भाषण गर्न नआउने भन्नेचाहिँ होइन । तयारी नगरे पनि भाषण गरेकै आधारमा विवादमा तानिएकी छैन ।

मेरो मापसे
पहिले वाइन पिउँथें तर छाडिसकें । जुनसुकै ब्रान्डको भए पनि एकदेखि दुई ग्लाससम वाइन पिउँथें ।

मेरो संगीत
मन परे पनि गीत/संगीत सुन्न पाएकै होइन । राजु लामा, कोमल वली र सुनिता दुलाल मन पर्छन् । गाउन नआए पनि कहिलेकाहीं गुनगुनाउने गर्छु ।

मेरो भूल
मानिस भएपछि भूल नगर्ने कुरै हुँदैन । गल्ती गरेपछि तुरुन्तै आत्मालोचना गर्ने बानी छ । सजाय पाउने र पश्चाताप लाग्नेगरी भूल गरेकी छैन । कुनै पनि संघ÷संगठनका महासचिव वा सचिवले बैठकपछि सर्कुलर गर्ने प्रावधान छ । तर, हामीले सांगठनिक पद्धति मिचेर उपाध्यक्षहरूले सर्कुलर गरेका थियौं । सर्कुलर जारी गरेपछि कार्यालयमा झडप भएको थियो । दुवै पक्षले गरेको गल्ती सच्याएपछि मिल्नुको विकल्प थिएन ।

मेरो घर
म बस्दै आएको घर बुवाले २२÷२३ वर्षअघि बनाउनुभएको हो । घर परम्परागत तरिकाले बनाइएको हो ।

मेरो राशी
मेरो राशी वृश्चिक हो । कहिलेकाहीं नराम्रो सपना देख्छु । सपना नराम्रो देख्दा बौद्ध गएर बत्ती बाल्छु । पशुपतिनाथको दर्शन गर्छु । आजसम्म ग्रहदशा हेराउने र ग्रहशान्ति गराएकी छैन । आमाले सालिन्दा कात्तिकमा घरमा लुङ्दर फेर्नुहुन्छ । त्यही समय लामाको आशीर्वाद लिने गरेकी छु ।

मेरो सौन्दर्यचेत
कहिलेकाहीं कलर र हाइलाइट गर्नुबाहेक कपालमा केही लगाउँदिनँ । फुर्सद भइहालेमा पार्लरसम्म पुग्छु । फेसियल गरे पनि ‘फेस’ मा ‘इन्प्रुभ’ भएन । अहिले छाडिसकें । अनुहारको क्लिनिकको क्रिम लगाउँदै आएकी छु । कहिलेकाहीं सेन्ट प्रयोग गर्ने बानी छ । जिउ दुख्दा बडी मसाज, जाडोमा स्टीम र साउना बाथ लिने गरेकी छु ।

मेरो प्रेम
मेरो प्रेमबारे पत्रपत्रिकामा प्रकाशित भइसकेको छ । म कसैलाई ‘लभ’ गर्छु । हामी दुवै कलेज पढ्छौं । विद्यार्थी राजनीतिमा पनि छौं ।

मेरो सपना
समृद्ध नेपाल र सुखी नेपाली बनाउने सपना देखेकी छु । त्यस्तो नेपाल बनाउन प्रयत्न गर्ने छु । सपना ठूलै देख्नु भन्छ । मैले पनि एमाले अध्यक्ष र प्रधानमन्त्री बन्ने उद्देश्य लिएकी छु । मेरो जन्मस्थल काभ्रे हो । काभ्रेमा ८० प्रतिशत तामाङ बसोबास गर्छन् । तामाङको उद्गमस्थल नै काभ्रे हो । ८० प्रतिशत तामाङलाई शिक्षित, सुखी, समृद्ध बनाउने सोचेकी छु । भाषा, संस्कार, संस्कृति र भेषभूषामा समेत सशक्त बनाउनु छ ।

मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । ध्रुवसत्य हो । मृत्यु प्राकृतिक नियम हो । मृत्यु मान्छेपिच्छे फरक/फरक हुन्छ । राष्ट्रप्रेमी, जनताप्रेमी कहिल्यै मर्दैनन् । मेरो मृत्यु पनि त्यस्तै होस् अर्थात् मरेर पनि बाँच्ने मृत्युको पक्षपाती हुँ म ।

यी जीवन कथा पनि पढ्नुहोस्

प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं

लीलामणि पोखरेलको जीवन :  ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल