सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें

सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें

सांसद अनिता देवकोटाले प्रधानमन्त्री बनेर मुलुकको बागडोर सम्हाल्ने सपना देखेकी छन् । भन्छिन, ‘नेतैनेता रहेको मुलुकमा राजनेता अभाव छ । विद्युत् प्राधिकरणमा कुलमान घिसिङ आएपछि काठमाडौं उपत्यका उज्यालो भएको छ । घिसिङजस्तै प्रतिबद्ध १० जना नेता भए मुलुक बनाउन समय लाग्दैन ।’ मुलक स्रोत/साधनले सम्पन्न भए पनि सही व्यवस्थापन गर्न नसक्दा मुलुकको समुचित विकास गर्न नसकिएको गुनासो गर्ने सांसद अनिता देवकोटासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
दालभात तरकारीमै स्वाद बसेको छ । कामविशेषले रेष्टुरेन्ट पुग्दा मःमः खान मन पर्छ । सधैंजसो पकाउँछु । मैले पकाएको खाएकाले मीठो भन्दिन्छन् । मलाई पनि मीठै पकाउँछुजस्तो लाग्छ ।

मेरो पोसाक
विशेषतः साडी लगाउने गरेकी छु । कुर्तासुरुवाल पनि लगाउँछु । मध्यमवर्गीय महिलाले कपडामा खर्चन सक्नेभन्दा मेरो हैसियत छैन । सबै रङका कपडा प्रिय लाग्छ । होचो कदको भएकीले प्रायः कपडा सिलाएरै लगाउने गरेकी छु । दाङको घोराहीमै धेरैजसो कपडा सिलाउने गर्छु । कोट सिलाउन परे श्रेष्ठ टेलरिङ पुग्छु ।

मेरो फिटनेस
कहिलेकाहीं मर्निङवाक निस्कनेबाहेक फिटनेससम्बन्धी केही गरेकी छैन । मनलाग्दा पेटभरि खाने नलाग्दामात्रै ‘डाइटिङ’ भन्ने गर्छु ।

मेरो अध्यनन
हिजोआज समितिको प्रतिवेदन पढ्ने, लेख्नेबाहेक अन्य अध्ययन गरेकी छैन । पढ्दा साहित्यिक किताब रोजाइमा पर्छन् । बीपी कोइराला असाध्यै मन पर्छ । श्रीमान् प्राध्यापक हुनुहुन्छ, तसर्थ किताब किन्न लोभ गर्दैनौ । पछिल्लो समय विकसित प्रविधि प्रयोग गरेर आफूलाई चाहिएको विषयवस्तु अध्ययन गर्ने गरे पनि किताब संकलन गर्ने सोख छ ।

मेरो घुमफिर
घुमफिर गर्न रुचाउँछु । अहिलेसम्म ५५÷५६ जिल्ला पुगेकी छु । आठ÷देश टेकेकी छु । घुमेकामध्ये इलाम असाध्यै मन पर्यो । एकपटक अमेरिका जान पाए हुन्थ्यो भन्ने लागेको छ ।

मेरो फुर्सद
फुर्सद धेर/थोर हुन्छ । सांसद भएकीले जिल्ला पुग्दा विभिन्न ठाउँ पुग्छु । कार्यकर्ता भेटघाट छँदै छ । आइपरेको समस्याको समाधान खोज्ने प्रयास गर्छु । घरमा रहँदा घरायसी व्यवहार मिलाउँछु । हिजोआज काठमाडौंमा छु । फुर्सद भइहालेमा दाङ पुगिहाल्छु । राजनीतिमा लागेको, त्यहीमाथि महिला भएकीले घरपरिवारलाई समय दिन सकेकी छैन । मेरी छोरी भर्खरै आमा बनेकी छन्, उनी सुत्केरी हुँदासमेत घर लगेर हेरचाह गर्न सकिनँ ।

मेरो खेलकुद
मलाई ब्याडमिन्टन मन पर्छ । हिजोआज पनि कहिलेकाहीं खेल्छु । फुटबल र क्रिकेट हेरेर रमाउँछु ।

मेरो मोबाइल
जिओ नामक मोबाइल बोक्दै आएकी छु । २२ हजार रुपैयाँमा किनेकी हुँ । हरोयो, बिग्य्रो भनेमात्रै मोबाइल फेर्न गर्छु । मोबाइलबाटै फेसबुक, ट्वीटर प्रयोग गर्छु भने अनलाइन म्यागेजिनका समाचार पनि हेर्छु । कहिलेकाहीं क्यान्डिक्रस खेलेर रमाउने गर्छु ।

मेरो टेलिभिजन
टीभीमा समाचार हेर्छु । नेपाली, हिन्दी टेलिशृंखलातिर पनि आँखा लगाउँछु । प्रायः साँझमा टीभी हेर्न साइत जुर्छ । घरमा भएको एलजी टीभी ५२ इन्चको छ ।

मेरो चलचित्र
पछिल्लो समय चलचित्र ‘छक्कापन्जा’ युट्युबमा हेरेकी थिएँ । नेपाली चलचित्र ‘दक्षिणा’, ‘छक्कापन्जा’ र हिन्दीमा ‘बागवान’ मन पर्यो । अमिताभ बच्चन र राजेश हमाल, हेमा मालिनी र मनीषा कोइरालाको अभिनय मन पर्छ ।

मेरो रोग
म स्वस्थ छु । दीर्घरोगले समातेको छैन । पहिले बिरामी परेपछिमात्रै गरिन्थ्यो, हिजोआज समय÷समयमा चेकजाँच गराउँदै आएकी छु । वर्ष दिनमा एकपटक ‘होलबडी चेकअप’ गराउने बानी नै परिसक्यो । ‘ब्लडपेसर लो’ छ ।
म बिरामी छुइनँ भन्ने सोच्छु । त्यही भएर पनि म स्वस्थ रहेकी हुँ । धूमपान, मद्यपानदेखि टाढै छु । यसले पनि स्वस्थ रहन सहयोग पुर्याउँछ ।

मेरो भाषणशैली
आफूले गरेको भाषणशैलीदेखि सन्तुष्ट छु । भाषण गर्दा थेगो प्रयोग गरेको सम्झना छैन । परिस्थिति हेरेर आक्रामक र बौद्धिक भाषण गर्नुपर्ने हुन्छ । म दुवै प्रकृतिको भाषण गर्न जान्दछु । भाषण गरेकै आधारमा विवादमा तानिनु अस्वाभाविक होइन । पहिले गरे पनि हिजोआज भाषण गर्दा तयारी गर्न छाडेकी छु ।

मेरो संगीत
गीत/संगीत सुन्छु । सबै गायक/गायिकाप्रति उत्तिकै सम्मान छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लिखित ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ गीतिकविता गुनगुनाइरहन्छु ।

मेरो भूल
मानिस भएपछि जान/अन्जानमा भूल गरिँदोरहेछ । मैले पनि गरेकी छु । बहुविवाह ‘केस’ मा महिलाको पक्षमा उभिएर मैले गरेको अनुरोधले सिडिओ सकारात्मक देखिए । सो ‘केस’ मा मैले दुवैसँग सोधपुछ नगरी महिलाको पक्षमा रहेर कुरा गरें । सिडिओले पनि पीडक भनिएकाको कुरा सुन्नै चाहेन । पछि मैले अनुभूत गरें– ती महिला सही थिइन् वा गलत मैले सोध्दा पनि सोधिनँ । महिलाको पक्षमा न्याय दिनुपर्छ भन्नेमात्रै सोचिरहें । त्यो ‘केस’ मा मैले गलत गरें कि भन्ने लाग्छ । अहिलेचाहिँ दुवै पक्षको कुरा सुन्ने गरेकी छु ।
संवत् २०४२ तिर सत्याग्रहमा वारेन्ट काटिएको थियो, त्योचाहिँ भूल नगरी पाएको सजाय थियो । भूल गरेको थाहा पाउनसाथ आत्मालोचना गरिहाल्छु ।

मेरो घर
ललितपुरको नख्खुमा तीन वर्षपहिले तीन कोठाको एकतले घर बनाएका थियौं । दाङको अलिकति जग्गा बेचेर घर बनाएका हौं । सामान्यखालको घरको भान्छाघर सकेसम्म आग्नेयतिर नबाउनू भनकोबाहेक वास्तुशास्त्र हेराइएन । घर बनाउँदा ३० लाख खर्च भयो ।

मेरो राशी
म कन्या राशीकी हुँ । ग्रहदशा हेराउने गरेकी छैन । म संस्कृति विश्वविद्यालयमा पनि पढें । पूजा गर्नु, भगवान् मान्नु भनेको मनको साथी हो । मनको शान्ति हो । भगवान् साथी हुन् । कहिलेकाहीं गल्ती गरिहालेमा मैले गल्ती गरें है भनेर खुलेरै क्षमा माग्न सकिन्छ । भगवान् निःस्वार्थी हुन्छन् । ग्रहदशा हेराउन, ग्रहशान्ति गराउने बानी नभए पनि मन्दिर पुगेर भगवान् मलाई सही बाटो हिँड्न प्रेरित गर्नू है भनेर हात जोड्नेसम्म गरेकी छु ।
हातमा सुनको सानो औंठी लगाएकी छु । ग्रह, नक्षत्रको प्रलप्रति विश्वास लाग्छ ।

मेरो सौन्दर्यचेत
कपालमा कहिलेकाहीं रातो मेहेन्दी लगाउँछु । शुक्रवार÷शुक्रवार तोरीतेल लगाएर शनिवार नुहाउने गर्छु । व्युटीपार्लर उद्घाटन गर्दा एक/दुईपटक फेसियल गरेकी थिएँ । अनुहारमा ओले क्रिम लगाउँछु । आँखीभौंको थ्रेडिङ गर्छु ।

मेरो प्रेम
कांग्रेस सभापति शेरबहादुर देउवा नेविसंघ अध्यक्ष हुँदा मेरो श्रीमान् निर्मल देवकोटा केन्द्रीय सदस्य र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि अध्यक्ष हुँदा श्रीमान् नेविसंघ उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि उहाँ प्राध्यापनतिर लाग्नुभयो । ०४२ मा मेरो नाममा वारेन्ट काटिएकाले बाजागाजा नबजाई गुपचुममै हाम्रो मागीबिहे भयो ।

बिहेअघि कसैलाई प्रेम गरिनँ । सायद मन परेको भेटिनँ कि ? तर, लभलेटरचाहिँ धेरै आए । आएका लेटर मैले कहिल्यै खोलिनँ । बुवा क्याम्पसमा पढाउनुहुन्थ्यो । साइँलो बुवा शम्भु पोखरेल माविमा पढाउनुहुन्थ्यो । मेरो नाममा आएको ‘लभलेटर’ नखोली साइँलो बुवालाई दिन्थें । ‘लभलेटर’ पढेर उहाँले प्रेषकलाई सम्झाउनुहुन्थ्यो ।

मेरो सपना
मुलुक स्रोत/साधनसम्पन्न छ । तर, व्यवस्थापन गर्न सकिएको छैन । नेतैनेताको मुलुक भए पनि राजनेता अभाव छ । उपलब्ध स्रोत÷साधन सही सदुपयोग गर्ने हो भने मुलुकमा कायापलट हुन्छ ।

विद्युत् प्राधिकरणमा कुलमान घिसिङ आएपछि मुलुक उज्यालो भएको छ । घिसिङजस्ता १० जना प्रतिबद्ध नेता भए मुलुक बनाउन समय लाग्दैन । त्यसका लागि दृढइच्छाशक्ति भएको नेता आवश्यक छ । एक हिसाबमा राजनीतिक निकास भए पनि आर्थिक विकास हुन सकेन । खान नपाएर विदेश जानु भनेको विडम्बना हो । मुलुकमा उपलब्ध स्रोत/साधनको सही सदुपयोग गरेर समृद्ध नेपाल बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ ।

राजनीतिकर्मी भएकाले एकपटक मुलुकको बागडोर सम्हाल्न पाए हुन्थ्यो भन्ने लाग्छ । प्रधानमन्त्री बनेर समृद्ध मुलुक बनाउने सपना देखेकी छु । दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउने सोच छ । दक्षिण एसियाकै सबैभन्दा ठूलो उपत्यका दाङ हो ।

मेरो मृत्यु
मृत्यु शाश्वत हो । जीवन क्षणभंगुर छ भन्ने ज्ञात हुँदाहुँदै पनि मृत्युसँग डर लाग्छ । दुःख नपाई मर्न पाइयोस् भन्ने इच्छा भइहाल्छ ।

यी जीवन कथा पनि पढ्नुहोस्

अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं

लीलामणि पोखरेलको जीवन :  ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल