पूर्वउपसभामुख पूर्णा सुवेदीको जीवन : प्रधानमन्त्रीको भूमिका पाए निर्वाह गर्न तयार

पूर्वउपसभामुख पूर्णा सुवेदीको जीवन : प्रधानमन्त्रीको भूमिका पाए निर्वाह गर्न तयार

‘विष नभएको सर्प र इख नभएको मानिस काम लाग्दैन,’ पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले भनिन्, ‘क्रान्तिकारी महत्वाकांक्षा राख्नुपर्छ । मुलुकको आवश्यकताले प्रधानमन्त्री, राष्ट्रपतिको भूमिका निर्वाह गर्न परे काम गर्न सकिँदैन कि भन्ने लाग्दैन । यसो भन्दैमा पदको महत्वाकांक्षीचाहिँ होइन ।’
पहिलो संविधानसभा निर्वाचनमा बाँके–६ बाट निर्वाचित सुवेदीले सभासद्मात्रै होइन, नमागी उपसभामुखको भूमिका पाएको सुनाइन् । हिमाल, पहाड, तराईमा विस्तारित मुलुक प्राकृतिक स्रोत÷साधनसम्पन्न छ । त्यसमध्ये हाइड्रो र पर्यटन प्रवद्र्धन गर्न सके नेपाली विश्वकै सुखी खुसी हुन्छन् भन्ने पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
दालभात, तरकारी र रोटी असाध्यै मन पर्छ । मन नपर्ने खाना हुँदैन भन्ने मेरो मान्यता छ । कामविशेषले रेष्टुरेन्ट पुग्दा भेज मःमः रोजाइमा पर्छ । पकाएरै हुर्केकी हुँ । मीठो, नमीठो जे÷जस्तो भए पनि सानैदेखि पकाउँदै आएकी छु ।

मेरो पोसाक
सजिलोका लागि कुर्तासुरुवाल नै लगाउने गरेकी छु । विद्यालय पढ्दासमेत त्यही लगाएँ । हिजोआज सारी र धोती पनि लगाउँछु । भूमिगतकालमा लुङ्गी र भेस्ट लगाएकी थिएँ । पछिल्लो समय वर्ष दिनमा एउटा पनि कपडा किनेकी छैन । दिदीबहिनी, शुभचिन्तक, छोरीबुहारीले उपहार दिन्छन् ।
आफैंले कपडा किन्दा प्याजी, हरियो र रातो रङ छान्ने गर्छु । प्रायः किनेरै कपडा सिलाउने गरेकी छु । सिलाउने ठाउँविशेष छैन । शरीरलाई सुहाउने भए हुन्छ, ब्रान्डमा ध्यान दिन्न ।

मेरो फिटनेस
बिहान चाँडै उठ्छु । घरभित्रकै काममा टहलिन्छु । दिउँसो अलि बढी हिँड्ने गरेकी छु । कतै जाँदा दुईवटा गाडी चढ्नुपर्ने अवस्था आए अलिकति हिँडेर एउटै प्रयोग गर्ने गर्छु । डाइटिङ र योगा नगरे पनि कहिलेकाहीं मर्निङवाक निस्कने गर्छु ।

मेरो अध्ययन
नेत्र पन्थीद्वारा लिखित ‘डिभोर्स’ पढिसकें । पार्टीका दस्तावेज पढ्नैपर्यो । पाए, भेटेसम्म साहित्यिक किताब पढ्न जाँगर चल्छ । राजनीतिक विश्लेषकले लेखेका किताब पढ्न छुटाउँदिनँ । घनश्याम शर्मा पौडेलका अधिकांश किताब पढेकी छु ।

काम पनि छैन, फुर्सद पनि नहुनेजस्तो भएर बाँचेकी छु । जीवन भनेको संघर्ष हो, त्यसैले थकाइ लाग्यो, आज आराम गरौं भन्ने लाग्दैन । फुर्सद भइहालेमा लेखपढ गरेर समय सदुपयोग गर्ने गर्छु ।

तपाईंले लेख्नुपर्छ भनेर सुझाउनेहरू छन् । भन्नेले तपाईंको जीवनी लेख्नुस् भनिरहेकै छन् । दुई वर्षजति भयो लेख्छु भनेको लेख्नै सकिरहेको छैन । पहिलेका सुरक्षाकर्मीले लगे पनि, त्यसपछि संकलित किताब त्यति धेरै छैन । भएका छोराको सम्झनामा स्थापित प्रतिष्ठानमा राख्ने सोच बनाएकी छु ।

मेरो घुमफिर
दसवर्षे जनयुद्धमा धेरै ठाउँ पुगेकी थिएँ । मुलुकका थोरै जिल्लामात्रै टेक्न बाँकी होलान् । चीन, भियतनाम, थाइल्यान्ड, जर्मनी, भारत पुगेकी छु । एकपटक रारा पुग्न मन लागेको छ ।

मेरो फुर्सद
काम पनि छैन, फुर्सद पनि नहुनेजस्तो भएर बाँचेकी छु । जीवन भनेको संघर्ष हो, त्यसैले थकाइ लाग्यो, आज आराम गरौं भन्ने लाग्दैन । फुर्सद भइहालेमा लेखपढ गरेर समय सदुपयोग गर्ने गर्छु ।

मेरो खेल
विद्यालय पढ्दा कबड्डी खेल्थें । फुटबल र क्रिकेट हेर्न मन लाग्छ । टिमभन्दा पनि मेस्सीचाहिँ मन पर्छ । नेपाली क्रिकेट खेलाडी सबैले राम्रो गर्दै लगेका छन् । त्यसमध्ये पारस, ज्ञानेन्द्रको खेल लोभलाग्दो छ । क्रिकेटकी नेरी थापाको भविष्य सुन्दर देख्छु ।
अल्ट्रा धावक मीरा राईले मुलुककै इज्जत बढाएकी छन् । एकताका अयोग्य लडाकु भनिएकी अल्ट्रा धावक राईप्रति त्यत्तिकै सम्मान छ ।

मेरो मोबाइल
सामसुङ र जिओनी गरी दुई मोबाइल सेट बोक्दै आएकी छु । सामसुङलाई चार र जिओनी २३ हजार पाँच सयमा किनेकी हुँ । अनलाइन म्यागेजिनका समाचार मोबाइलमै पढ्ने गरेकी छु ।

मेरो टीभी
बेलुका टीभी हेर्ने साइत जुर्छ । हिजोआज त हेरेकै छैन । नातिहरू कार्टुन हेरेर रमाउने भएकाले उनीहरूलाई फकाएर कहिलेकाहीं टीभीमा आँखा लगाउँछु ।

मेरो चलचित्र
पछिल्लो समय हलसम्म पुगेर चलचित्र ‘बलिदान’ हेरेकी थिएँ । हेरेकामध्ये ‘अन्धा कानुन’, ‘बलिदान’ र ‘जीवनरेखा’ मन पर्यो । करिष्मा मानन्धर, रेखा थापा र कृष्ण श्रेष्ठको नृत्य मन पर्छ ।

मेरो रोग
दाँतले समय/समयमा दुःख दिन्छ, त्योबाहेक दीर्घरोग छैन । सकारात्मक सोचले मानिसलाई स्वस्थ राख्न सकिन्छ । मानिस चिन्तामुक्त हुनुपर्यो । धेर÷थोर शारीरिक श्रम गर्नुपर्छ । खानपानमा ध्यान दिनुपर्छ । सकेसम्म घरकै खाना खाने गरे स्वस्थ रहन सकिन्छ ।

मेरो भाषणशैली
आफ्नो भाषणशैली छि भन्नेखालको छैन जस्तो लाग्छ । शान्तिप्रक्रियामा आएपछि पार्टीले महिला वक्ता रूपमा मलाई विभिन्न ठाउँमा पठाएको थियो । परिस्थिति हेरेर बौद्धिक र आक्रामक दुवै प्रकृतिका भाषण गर्न आउँछ ।

मानिस अग्रगामी चेतनासहित अघि बढ्दै जान्छ । भौतिक परिवेशले चेतनालाई निर्धारण गर्दोरहेछ । एक/दुई वर्षअघि गरेका काम सोच्दा यसो गर्दा पो राम्रो हुन्थ्यो कि भन्ने लाग्छ ।

मेरो संगीत
गीत/संगीत सुन्छु । नारायण गोपाल, शिशिर योगी, तारादेवी र अञ्जु पन्तको गायन क्षमता प्रशंसायोग्य छ । हिजोआज पनि खुसीराम पाख्रिनका अधिकांश गीत गुनगुनाउने गर्छु । उहाँकै गीत गाएर महिलालाई संगठित गर्दै हिँडेकी हुँ । मणि थापा र चुनु गुरुङका गीत उत्तिकै मन पर्छन् । रामेश र रायनको ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ शीर्षाकृत गीतिकविता असाध्यै मन पर्छन् ।

मेरो भूल
मानिस अग्रगामी चेतनासहित अघि बढ्दै जान्छ । भौतिक परिवेशले चेतनालाई निर्धारण गर्दोरहेछ । एक/दुई वर्षअघि गरेका काम सोच्दा यसो गर्दा पो राम्रो हुन्थ्यो कि भन्ने लाग्छ ।

त्यतिबेला किन यस्तो सोचिएन होला भनेर गम्भीर बनाउँछ । तर, पार्टी जीवनमा आलोचना खेप्नेगरी भूल गरिनँ । व्यक्तिगत जीवनमा पनि हानि/नोक्सानी हुनेगरी भूल गरेकी छैन ।
केटाकेटी हुँदा ‘टिफिन टाइम’ मा ठूलाको पछि लागेर काँक्रा चोर्न गएकी थिएँ ।

मेरो घर
बाँकेको कोहलपुरमा रहेको घर पुख्र्यौली सम्पत्तिले बनाएको हो । चितवनको चार बिघा जग्गा बेचेर घर बनाएका हौं । सामान्य एकतले घरमा चार कोठा छन् ।

मेरो राशी
मेरो राशी कन्या हो । ग्रहदशा हेराएको छैन । ग्रहशान्ति गराउने बानी छैन । मेरो बुवाले धर्मशास्त्र, वेदशास्त्र र गणितशास्त्र पढ्नुभएको थियो । म पण्डितकी छोरी हुँ । यता, द्वन्द्वात्मक भौतिकवाद र माक्र्सवादतिर लागें । बुवाले गर्नु भए पनि राजनीतिमा लागेपछि मैले ग्रहशान्ति गर्ने कुरै भएन ।

मेरो सौन्दर्यचेत
नुहाएपछि कपालमा अमलाको तेल लगाउने गरेकी छु । अनुहारमा भ्यासलिन लगाउँछु । शारीरिक श्रम गर्ने भएकाले साउना बाथ, स्टीम र बडी मसाज गरिरहन पर्दैन ।

मेरो प्रेम
१४/१५ वर्षमा मागीबिहे भएको हो । बिहे गरेपछि आपसमा प्रेम गरागर गर्यौं । हिजोआज पहिले प्रेम गरेर त्यसलाई बिहेमा परिणत गरिन्छन् । मेरो हकमा बुवाआमाले बिहे गराइदिनुभयो अनि प्रेम गर्यौं ।

मेरो सपना
सामाजिक रूपमा भेदभावहीन, आर्थिक समानता, सामाजिक न्यायमा समानतासहितको मुलुकको परिकल्पना गरेकी छु । प्राकृतिक स्रोत/साधनसम्मन्न मुलुक भए पनि सही व्यवस्थापन नहुँदा हिमाल, पहाडदेखि तराईसम्म विस्तारित मुलुकवासीले दुःख पाएका छन् । हाइड्रो र पर्यटनलाई मात्रै प्रवद्र्धन गर्न सके नेपाली विश्वमै खुसी र सुखी हुन सक्छन् ।

विष नभएको सर्प र इख नभएको मानिस काम लाग्दैन । क्रान्तिकारी महत्वाकांक्षा राख्नुपर्छ । मैले पार्टीमा कहिल्यै पद मागिनँ । तपाईं उम्मेदवारी दिन जानुस् भनेपछि मैले उपसभामुखमा उम्मेदवारी दिनुपर्ने रहेछ भनेर थाहा पाएकी हुँ । सांसद हुँदा पनि त्यस्तै भयो । त्यसैले क्रान्तिकारी महत्वाकांक्षा राख्ने र गर्न सकिन्छ भन्ने आत्मविश्वास छ । देशको आवश्यकताले मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिको भूमिका निर्वाह गर्न परे काम गर्न सकिँदैन कि भन्ने लाग्दैन । तर, पदको महत्वाकांक्षीचाहिँ होइन ।

कुरा गर्ने नै हो भने जिल्लाका कुनै घर अँध्यारो नहोस्, सजिला बाटाघाटा हिँड्न पाइयोस्, खोलानालामा पुलपुलेसा हुन्, प्रत्येक घरका मानिसले रोजगारी पाऊन् । कुनै पनि पेसा, व्यवसाय निर्धक्क गर्न सकिनेखालको जिल्लाको कल्पना गरेकी छु ।

मेरो मृत्यु
मृत्यु विज्ञानको नियम हो । जन्मेपछि मर्नैपर्छ । भोलिका पुस्ताले अनुशरण गर्नेखालको काम गरेर मर्न पाए हुन्थ्यो भन्ने लोभ छ । मृत्युलाई सहजपूर्वक लिनुपर्छ ।

मैले तिलगंगा आँखा अस्पताल गएर आँखादान गरेकी छु । मैले दान गरेको आँखाले अर्कोले ज्योति पाउनेछ । मलाई शरीरदान गर्ने इच्छा छ । मैले गरेको शरीरदानले विज्ञानका विद्यार्थीले स्वस्थ शरीरमा शल्यक्रियासम्बन्धी अभ्यास गर्न पाउँछन् ।

मृत्यु सहज होस् । पार्टीले झन्डा ओढाइदेला । पार्टीको झन्डा ओढाउने भइरहन्छु ।

यी जीवन कथा पनि पढ्नुहोस्

एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालको जीवन : अवकाशपछि सामाजिक काममा लाग्ने रहर

सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें

अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं

लीलामणि पोखरेलको जीवन :  ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल