खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको जीवन : मलाई सिध्याउन सातपटक बम प्रहार

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको जीवन : मलाई सिध्याउन सातपटक बम प्रहार

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकार हेरफेर हुनुअघि जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको भूमिकामा थिए । सरकार हेरफेरसँग मन्त्री शाहीले खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
‘पानी बेचेरै नेपाललाई धनी बनाउने सकिन्छ,’ मन्त्री शाहीले भने, ‘प्राकृतिक रूपमा सम्पन्न भए पनि नेताको मानसिक कमजोरीले मुलुकलाई उकालो लगाउन सकेनौ ।’ मुलुकलाई अर्गानिकमय बनाउन सकिने उनको ठम्याइ छ । धनी र शिक्षित नेपालीको नेता बन्न रहर गर्ने खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
चाउमिन, थुक्पा र मःमः असाध्यै मन पर्छ । चामलको भातमा रुचि कम छ । त्यतिबेला गए पनि मन्त्री भइसकेपछि खानैका लागि रेष्टुरेन्ट गएको छैन । रेष्टुरेन्ट पुग्दा चिकेन रोस्ट रोजाइमा पर्छ । आवश्यकता पर्दाबाहेक पकाएको छैन ।

मेरो पोसाक
पहिले/पहिले जिन्स पाइन्ट र स्पोर्टस् सुजमा रमाउँथें । सांसद भएपछि सुटपाइन्ट र मन्त्रीको भूमिकामा रहँदा दौरासुरुवाल लगाउने गरेको छु । अन्तर्राष्ट्रिय रूपमा पनि सुटपाइन्ट नै सुहाउँदिलो देखिँदोरहेछ । दौरासुरुवालको सुर्को बाँध्ने समस्या छ । हिजोआज पनि दौरासुरुवाल र सुटपाइन्ट मिलाएर लगाउँदै आएको छु ।

लगाइरहेको यो पाइन्ट १२/१५ वर्ष भइसक्यो । कहिलेकाहीं ३०/४० हजार कपडामा खर्च होला । कहिले हुँदैहुँदैन पनि । तर, दौरासुरुवालमात्रै लगाउने हो भने सस्तो पर्दोरहेछ । पहिले/पहिले रातो मन पथ्र्यो, हिजोआज कालो, सेतो, ग्रे र सर्ट लाइट मन पर्छ । अधिकांश कपडा रेडिमेड हुन्छन् । गाउँतिर रहँदा हिमालको घाम आँखामा पर्नबाट जोगाउन क्याप/ह्याट लगाउँथें । काठमाडौंचाहिँ छैन ।

मेरो फिटनेस
विद्यालय पढ्दादेखि नै जिम्न्यास्टिक, बक्सिङ, भलिबल, ब्याडमिन्टन, तेक्वान्दो खेल्थें । सांसद भएपछि पनि जिम जान्थें । हिजोआज पनि उठ्नसाथ १०/१५/१०/१५ पटक सिटअप र पुसअप गर्छु ।

मेरो अध्यनन
सीमाविद् बुद्धिनारायण श्रेष्ठ जंगे र बुधे पुस्तक पढिरहेको छु । सँगसँगै पशुपति क्षेत्र नामक किताब पनि पढ्दै छु । विकाससम्बन्धी किताब पढ्न जाँगर चल्छ । लेखकमा अभि सुवेदी, सेक्सपियर, म्याक्सिम गोर्की मन पर्छन् ।
आफ्नैबारेमा केही लेख्नुपर्छ भन्ने लागेको छ । तर, लेख्ने साइत जुरेको छैन । घरको पुस्तकालयमा १५ सयजति किताब होलान् । सालिन्दा १०÷१५ हजार रुपैयाँ किताबमा खर्चिन्छु ।

मेरो घुमफिर
घुमफिरमा साह्रै रुचि भएको मानिस हुँ । ज्ञान प्राप्त गर्ने सबैभन्दा ठूलो माध्यम भनेको घुमफिर नै हो । सयवटा किताब पढ्नु र कुनै ठाउँ घुम्नु बराबर हो ।

सुन्ने र देख्ने कुरा फरक हुन् । बोलिभिया घुम्ने मौका पाएँ । त्यहाँको बाटोघाटो देखेपछि हिल्सा/सिमकोट सडक अवधारणा ल्याएँ । त्यतिबेला सबैले मलाई पागल भने । अहिले हिल्सा÷सिमकोट सडकमा सवारीसाधन गुडिरहेका छन् । मैले बोलिभियोको सडकबारे पढेर थाहा पाउनुभन्दा देखेर जान्नुमा त्यति अन्तर देखें ।

सबैका लागि घुमफिर महत्वपूर्ण विषय हो । ७५ जिल्ला टेकेको छु । ६६ जिल्ला राम्रोसँग घुमेको छु । सबै महादेश पनि टेकेको छु । घुमेकामध्ये चीन असाध्यै मन पर्यो । एकपटक नर्वे जान पाए हुन्थ्यो लागेको छ ।

मेरो फुर्सद
फुर्सद छैन । संसार चलाउनेले पनि फुर्सद निकालिरहेका हुन्छन्, हामीले अलि सयम व्यवस्थापन गर्न नसकेको हो कि जस्तो लाग्छ । कहिलेकाहीं सधैंको दौडधुप, भागदौडबाट दुई/चार दिन कतै गएर बिताउन पाए हुन्थ्योजस्तो लाग्छ ।


हामी अर्काको भरमा कुद्नुपर्छ । बिहानै मन्त्रिपरिषद् बैठक भन्छन् । एकछिनपछि होइन भनिदिन्छन् । सांसदको भूमिकामा मात्रै रहँदा शनिवारचाहिँ घरमै बसेर बिदा मनाउँथें । फुर्सद भइहालेमा समाचार हेर्ने, इन्टरनेटमा रमाउने गर्छु । घरपरिवारको गुनासो छ, ‘मन्त्री त सबै भएका होलान्, कहिल्यै घरपरिवारलाई समय दिएको होइन ।’

पाँच/छ वर्षपहिले घरपरिवारसहित रेष्टुरेन्ट गएर खाना खाएका थियौं । हिजोआज त उठ्नासाथ श्रीमती एकातिर, छोराछोरी अर्कोतिर लागिसकेका हुन्छन् । जीवन त एक्लाएक्लै पो भइसकेको छ ।

मेरो खेलकुद
म भलिबलको राष्ट्रिय खेलाडी हुँ । तर पनि मार्सल आर्ट मन पर्छ । त्योभन्दा बढी जिम्न्यास्टिक मन पर्छ । जिम्न्यास्टिकमा स्वर्णपदक हात पारेको छु । क्रिकेटचाहिँ बुझ्दै बुझ्दिनँ । नेपालीमा मनाङ÷मस्र्याङ्दी र विदेशीमा ब्रिटिस टिम मन पर्छ ।

मेरो मोबाइल
सामसुङको मोबाइल सेट बोक्दै आएको छु । ८५ हजार रुपैयाँ परेको थियो । राम्रो वस्तु आएपछि हेर्नमात्रै भए पनि बजार पुगेकै हुन्छु । दुई÷तीन वर्षदेखि एउटै मोबाइल सेट बोक्दै आएको छु । फेसबुक, गुगल अर्थलगायत मोबाइल एप्लिकेसन चलाउने गर्छु ।

मेरो टेलिभिजन
विशेषगरेर वल्र्ड एयरलाइन्सबारे अपडेट हुन्छु । त्यसपछि ‘इन्साइड अप्रिका’ जस्ता टक शो हेर्न रहर लाग्छ । नेसनल जोग्राफी, एनिमल प्लान्टसमेत रोजाइमा पर्छन् । मौका मिल्दा भारतीय नायक हेर्छु । उसले २४ घन्टामा गर्ने गतिविधि तथाकथित भए पनि हेर्छु ।
टीभी हेर्ने साइत बेलुका जुर्छ । घरमा ३२ इन्चको सामसुङ टीभी छ ।

मेरो चलचित्र
विद्यालय पढ्दा हलसम्म पुगेर फिल्म हेरिन्थ्यो । अहिले त छैन । हेरेकामध्ये आमा, छक्कापन्जा र सिन्किङ अफ टाइटानिक फिल्म मन पर्यो । अभिनेता अमिताभ बच्चन मन पर्छ । नेपाली कलाकार सबै उस्तै लाग्छन् ।

मेरो रोग
सन्चोसुविस्तै छ । कहिलेकाहीं दाँत दुख्छ । आँखा हिउँले खाएको हो । सालिन्दा एकपटक होलबडी चेकअप गराउँछु । पहिले÷पहिले शारीरिक अभ्यास गर्थें । धूमपान गर्दिनँ । साह्रै करकापमा परेको बेलाबाहेक मद्यपान समेत गर्दिनँ । बाँकी ‘गड गिफ्टेड’ होला ।

मेरो भाषणशैली
म अलि छिटो बोल्छु । मेरो भाषणशैली तपाईंहरूले मूल्यांकन गर्ने हो तर नढाँटी भन्ने हो भने मैले आजसम्म जति भाषण गरेको छु/गरें कहिल्यै झुटा कुरा बोलिनँ । बरु गाली खान तयार हुन्छु ।
पछिल्लो उदाहरण पेस गर्छु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिकरण विवाद कुनै पनि हालतमा टुंग्याउँछु भनेको थिएँ । टुंग्याएरै छाडें । धेरै बाधाव्यवधान आए पनि हिम्मत हारिनँ ।
मेरो भाषणशैली साह्रै तल्लोस्तरको जस्तो लाग्दैन । मेरो भाषण वास्तविकतामा आधारित हुन्छ । बह्मले जे भन्छ, त्यही भाषण गर्छु ।

मेरो मापसे
घरमा एक्लै बसेर पिउने आदत छैन । सोसियल ड्रिंक गर्छु । किनेरै पिउनुपर्छ भने ब्ल्याकलेबल रोजाइमा पर्छ । करकापमा परियो भने तीन नत्र एक/दुई पेगमै सीमित हुन्छ ।

मेरो संगीत
गीत/संगीत मन पर्छ । सुन्छु । झलकमान गन्धर्वका गीत असाध्यै मन पथ्र्यो । डेनी, तारादेवी, अरूणा लामाका गीत मन पर्छन् । मलाई नसोध कहाँ दुख्छ घाउ गुनगुनाउने गर्छु ।

मेरो भूल
मानिस भएपछि भूल नहुने कुरै हुँदैन । सकेसम्म म रिसाउँदिनँ । तर, कहिलेकाहीं कार्यालयको रिस घरमा पोख्ने गर्छु । त्यो मेरो भूल हो ।
विद्यालय पढ्दा कक्षाका साथीलाई पिट्दा शारीरिक श्रम गर्नुपरेको सजाय अहिले पनि बिर्सेको छैन । भूल नगरी मैले धेरै सजाय पाएको छु । भूल नगरी पाएको सजायले त्यति छुँदैन ।

मेरो घर
काठमाडौंमा आफ्नै घरमा बस्दै आएको छु । घर २०५४ मा बनाएको हुँ । श्रीमान्, श्रीमतीको कमाइ र केही पुख्र्यौली सम्पत्तिले घर बनाएको हो । पुरानोखालको दुईतले घर बनाउन झन्डै २५ लाख लाग्यो । घडेरी साढे तीन लाखमा किनेको हुँ ।

मेरो राशी
मेरो राशी तुला हो । ग्रहदशा राम्रै होला । कर्णालीबाट अरू भए पनि कांग्रेसबाट पहिलोपटक फुल मन्त्री भएको छु । माओवादीबाट मलाई सातपटक बम प्रहार भयो । चोटपटक नलागी बाँचें । कांग्रेस केन्द्रीय सदस्य तीनपटक भइसकें । त्यो पनि निर्वाचित । पार्टी जिल्ला सभापति भएँ । जिविस सभापतिको भूमिका निर्वाह गरिसकेको छु ।
अहिलेसम्म ग्रहशान्ति गराएको छैन । परिवारबाट कहिलेकाहीं हुन्छ । कहिलेकाहीं यस्तो लाग्छ– मैले भगवान्को त गरिनँ, मानिसको चाकडी किन गर्नु ?

मेरो सौन्दर्यचेत
कहिलेकाहीं तोरीतेल लगाउँछु । हुम्ला गएर फर्केपछि फेसियल गर्छु । गाउँ जाँदा सनक्रिम लगाउँछु । भेटेसम्म पफ्र्युम प्रयोग गर्छु । तीन वर्षअघि साउना बाथ लिएको थिएँ । सात महिनाअघि मसाज गरेको थिएँ ।

मेरो प्रेम
मागीबिहे गरेको हुँ । २३ वर्षमै बिहे भयो ।

मेरो सपना
प्राकृतिक रूपमा सम्पन्न मुलुकमा बस्ने हामी मानसिक रूपमा कमजोर छौं । मुलुक नै आर्गानिक बनाउन सकिन्छ । अरबले तेल बेचेर धनी भयो भने हामी पानी बेचेर धनी बन्न सक्छौं ।
सबैलाई शिक्षित बनाउने धोको छ । त्यो पनि व्यावहारिक शिक्षा । भ्रष्टाचारमुक्त मुलुक बनाउन पाए कति जाती हुन्थ्यो भन्ने लागेको छ । काम गर्दै जाँदा कहाँ पुगिन्छ, थाहा छैन तर कार्यान्वयन गर्ने निकायमा पुगुँ भन्ने रहर त भइहाल्दोरहेछ । असल, कुशल र सफल नेता बन्ने लोभ छँदै छ ।

हुम्ला भूगोलका हिसाबले दोस्रो ठूलो जिल्ला हो । त्यहाँ पानीको अथाह स्रोत छ । हामी अशिक्षित र गरिबी देखाएर नेता बन्न चाहन्छौं । म धनी र शिक्षित हुम्लावासीको नेता बन्न चाहन्छु ।

हुम्लालाई ‘टुरिजम हब’ सकिन्छ । अपवादबाहेक हामी एकपटक अमेरिका पुग्न पाए हुन्थ्यो भनेर परिकल्पना गर्छौं । हुम्लालाई पनि त्यस्तै उदाहरणीय बनाउन मन छ । ताकि नेपालीले नै एकपटक हुम्ला जान पाए हुन्थ्यो भनेर लोभिऊन् । जागिरमा जाँदा हुम्ला सरुवा हुन पाए पो भन्ने होस् ।

मेरो मृत्यु
मृत्यु शाश्वत सत्य हो । मर्नुअघि राम्रो काम गर्ने प्रयत्न गर्नुपर्छ । जन्मेपछि मर्नैपर्छ भनेर थाहा भएकाले मृत्युसँग डराइहाल्नुपर्ने कारण छैन । मृत्युको नजिक पुगेको थुप्रै घटना छन् ।

पहिलो घटना
त्यतिबेला जिविसमै सुतिरहेको थिएँ । मलाई सिध्याउन म सुतेको कोठाछेउमा पाँच केजीको प्रेसर कुकर बम राखिएको रहेछ । राति पौने ११ बजेतिर व्युँझिएँ । छटपटीछटपटी भयो । त्यहाँबाट जिविस हलकै अर्को कोठामा गएर सुतें । त्यसको १५ मिनेटपछि ठूलो आवाजसहित प्रेसरकुकर बम विस्फोट भयो ।

दोस्रो घटना
माओवादी शान्तिप्रक्रियामा आइसकेपछिको कुरा हो । गाउँ घुम्न निक्लेको थिएँ । एउटा घर बास बसियो । घर ठूलो थियो । झ्यालपट्टि सुतेको थिएँ । भदौको महिना थियो । दिउँसो स्याउ खाएकाले साथी पदम लामाको पेट फुलिएछ । मलाई खाट (पलङ) मा सुत्ने व्यवस्था मिलाइएको थियो । बिरामी भएकाले भुँइमा सुत्न हुँदैन भनेर लामालाई पलङमा सुताएर म भुँइमा सुतें ।
झ्यालमा मलाई घोप्न विष घोलेर बोतल राखिएका रहेछ । म पलङमा सुतेको भए घोप्थे ।

तेस्रो घटना
एक कार्यक्रमलाई लिएर माओवादी र एमाले एकातिर कांग्रेस अर्कोतिर भयो । कुटाकुट भयो । मेरै घरमा पार्टी कार्यालय थियो । नौ बजेसम्म आक्रमण गर्यो भने गर्यो÷गर्यो, नत्र गर्दैन भन्ने सोच्यौं ।
हात चलाएर गफ गर्ने बानी थियो । गफ गर्नेक्रममा अलिकति टाउको निहुराएर होइन त काका भन्नु र मलाई लक्षित गरेर आगोमा पोलेको ढुंगा प्रहार गर्नु एकैपटक भयो । मिलिसेकेन्डले बाँचें । त्यसपछि आक्रमणकरीले जीवन कति बाठो/चलाख भनेर प्रतिक्रिया दिएका थिए रे ।

चौथो घटना
हुम्लाको च्यादुक भन्ने गाउँमा पुगेका थियौं । साथमा साथीभाइमात्रै छन् । तर, मेरो खानामा विष हालिसकिएको रहेछ । मेरा लागि पस्किएको भात थाल पल्टेर पोखियो । पोखिएको भात कुकुरले खानसाथ मर्यो । चौथो घटनामा पनि बाँच्न सफल भएँ ।

पाँचौं घटना
घोडामा चढेको थिएँ । मेरो पछि रहेका साथी पदम लामाले चिच्याउँदै भने, ‘माथिबाट ढोला (ढुंगा) आयो ।’ त्यही समय नाकमा झिँगा कि के पसेर हाच्छ्युँ गर्दा ढुंगाले लाग्नबाट बचें । मृत्युको मुखनेर पुगेको अन्य थुप्रै घटना छन् ।
देशका लागि राम्रो काम गर्दागर्दै मर्न पाइयोस् भन्ने लाग्छ ।

यी जीवन कथा पनि पढ्नुहोस्

पूर्वउपसभामुख पूर्णा सुवेदीको जीवन : प्रधानमन्त्रीको भूमिका पाए निर्वाह गर्न तयार

एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालको जीवन : अवकाशपछि सामाजिक काममा लाग्ने रहर

सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें

अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं

लीलामणि पोखरेलको जीवन :  ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल