नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको जीवन : ग्रहदशा दुःख पाउने नै छ

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको जीवन : ग्रहदशा दुःख पाउने नै छ

नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेलाई राजनीतिमा लागेर गल्ती गरिस् भन्नेहरूको कमी थिएन । त्यसो भन्नेलाई नेमकिपा अध्यक्ष बिजुक्छे भन्थे, ‘राजनीतिमा लाग्नु कर्तव्य हो ।’ सुन्नेले उनको कूटनीतिक उत्तर बुझ्न कठिन थियो । विद्यार्थी जीवनमा राजनीतिशास्त्रको प्राध्यापक बन्ने उनको सपना पूरा हुन सकेन । घुस खान नपर्ने पेसा रोज्ने उनी अन्ततः राजनीतिमा रमाइरहेका छन् । उनको एउटै चाहना छ, नेमकिपासम्बद्धलाई राजनीतिक रूपमा सचेत गर्ने । सरकारमा कहिल्यै सहभागी नहुने नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
विशेषतः दालभात नै खाने गर्छु । स्वास्थ्यका निम्ति तीतो, पीरो मन पर्दैन । खानकै लागि रेष्टुरेन्ट जाने बानी छैन । भारतमा रहँदा खाना पकाउन अल्छी लाग्दा रेष्टुरेन्ट जान्थें । तीतो, पीरोबाहेकका खानेकुरा माग्थें । पकाउने रुचि छ । १० वर्षसम्म भारतमा रहँदा आफैंले पकाएको थिएँ ।

मेरो पोसाक
भूमिगतकालमा सेतो कमिज र कालो पाइन्ट लगाउँथें । हिजोआज कोट पाइन्ट लगाउँछु । १० वर्षअघिका कोट लगाउँदै आएको छु । पोसाकमा साह्रै कम खर्च गर्छु । धेरैजसो कपडा किनेर सिलाउँछु । कपडा सुहाउने भए पुग्छ । भादगाउँले टोपी लगाउँछु ।

मेरो फिटनेस
पहिले शारीरिक अभ्यास गर्थें । हिजोआज छुटेको छ । ‘मर्निङवाक’ निस्कन छाडेको पनि तीन÷चार महिना भइसक्यो । घुँडामा समस्या देखिएपछि थेरापी गर्दै आएको छु ।

मेरो अध्ययन
हिजोआज साहित्य पढ्दै छु । हृदयचन्द्रसिंह प्रधान र बालकृष्ण सम पढ्न जाँगर चल्छ । लेख्ने काम ठप्पप्रायः छ । किताबमा खर्च घट्दै गएको छ । घरको पुस्तकालयमा झन्डै दुई किताब होलान् ।

मेरो घुमफिर
यदाकदा घुमफिरमा निस्कन्छु । नेपालका ४० बढी जिल्ला टेकेको छु । पाँच÷सात देश पुगेको छु । घुमेकामध्ये उत्तर कोरिया असाध्यै मन पर्यो । एकपटक क्युबा र भियतनाम पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

मेरो फुर्सद
कहिलेकाहीं दिक्क लाग्दा आराम गरेको समयलाई फुर्सद भन्दा हुन्छ । फुर्सदको समय साहित्यिक पुस्तक पढेर सदुपयोग गर्छु । घरपरिवारलाई समय दिन नसक्नु मेरो कमजोरी हो । केही समयअघि सपरिवार चिनियाँ क्रान्तिसम्बन्धी फिल्म हेर्न वाराही मुभिज पुगेका थियौं ।

मेरो खेलकुद
त्यतिबेला क्याम्पस लेभलसम्म फुटबल, भलिबल र टेबलटेनिससमेत खेल्थें । फुटबलको क्याप्टेन थिएँ भने भलिबलमा रेज खेलाउँथे । त्यतिबेलाको एनआरटी क्लब मन पथ्र्यो । सोही क्लबको ‘सी’ ग्रेडमा खेल्थें । क्रिकेट हेर्न दिक्क लाग्छ ।

मेरो मोबाइल
मोबाइल प्रयोगमा ल्याएको छैन ।

मेरो टेलिभिजन
टेलिभिजनमा समाचार बढी हेर्छु । प्रायः बिहान बेलुका टीभी हेर्ने साइत जुर्छ । घरमा एलजीको टीभी छ, ‘साइज’ थाहा छैन ।

मेरो चलचित्र
पछिल्लो समय चिनियाँ क्रान्तिसम्बन्धी फिल्म हेरेको थिएँ । विद्यार्थीकालमा हलसम्म पुगेर फिल्म हेर्थें । गुरु दत्तको अभिनय अहिले पनि सम्झिरहेछु ।

मेरो रोग
रक्तचापले समातेपछि औषधि सेवन गरिरहेको छु । घुँडाको समस्या छ । सालिन्दा ‘होलबडी चेकअप’ गर्न कन्जुस गर्दिनँ ।

मेरो भाषणशैली
भाषण गर्दा उग्र कुरा गर्न र झुटो बोल्न मन पर्दैन । विषयवस्तुलाई व्यवस्थित तरिकाले राख्ने कोसिस गर्छु । भाषणशैली प्रोफेसरको जस्तो जानकारीमूलक हुनुपर्छ । मैले मेरो आफ्नो मुख त देख्दिनँ भाषणशैली कसरी थाहा पाउनु ? त्यो त सुन्नेलाई मात्रै थाहा होला । भाषण गर्दा विषयवस्तुको गहिराइसम्म पुग्ने कोसिस गर्छु । बोक्रेताल मन पर्दैन । भाषण गर्नुअघि कहिलेकाहीं तयारी गर्छु ।

मेरो मापसे
नेवार समुदायको भएकाले पहिले गरे पनि हिजोआज मापसे गरेको छैन । घरेलुबाहेक विदेश जाँदा शोभा बढाइदिनकै लागि भए पनि धेरै कम पिउँथें । पिउँदा दुई पेगसम्म पिएको सम्झना छ ।

मेरो संगीत
सन् १९७० देखि ८० सम्म भारतमा रहँदा गीत/संगीत सुनेको हुँ । भारतमा रहँदा उषा मंगेशकरले गाएको नेपाली गीत बंगालीलाई सुनाउँदा ऊ त बंगाली हुन् कसरी नेपाली गाइन् भन्दा हामी दुवै हाँसेका थियौं । अम्बर गुरुङ, नारायणगोपालका आवाज श्रवणीय लाग्छ ।

मेरो भूल
भनिन्छ– राजनीतिमा लाग्नु नै भूल हो । तर, मलाई त्यस्तो लाग्दैन । राजनीतिमा लाग्नु तिम्रो भूल हो भन्नेलाई त्यो मेरो कर्तव्य हो भनेर जवाफ दिने गरेको छु । म राजनीतिशास्त्रको प्राध्यापक बन्ने ध्याउन्नमा थिएँ । क्याम्पसका साथीहरू पक्राउ पर्दा छुटाउन दौडधुप गर्नुपथ्र्यो । बिस्तारै राजनीतिमै रमाउन थालेछु ।

मलाई घुस खान नपर्ने पेसा मन पथ्र्यो । राजनीतिशास्त्रको प्राध्यापक बन्ने सपना पूरा नभए पनि लेखक बने घुस खान पर्दैन भनेर ‘भियतनाय परिचय’ नामक किताब लेखें । प्रतिबन्ध लगाइयो । त्यसपछि चीन पुग्दाको अनुभूति सँगालेर ‘चीन यात्रा’ प्रकाशित गरें । त्यो पनि प्रतिबन्धित भयो । तर पनि विचलित भइनँ ।

विद्यालय पढ्दा सिद्धपोखरीमा पौडी खेल्न जान्थ्यौं । बिहानको कक्षा थियो । टिफिन टाइममा पौडी खेल्न गए पनि फर्कंदा कक्षा छुटिसकेको हुन्थ्यो । एक दिन पौडी खेलिरहेको गुरुले हेरिरहेका रहेछन् । पोखरीबीचमा पुगेपछि सहपाठी साथीहरूले डुंगा पल्टाइदिए । मलाई पौडिन राम्ररी आउँदनथ्यो । दक्षिणतिर क्रस गर्न खोजेको भए म डुब्थें होला तर संयोगले उत्तरतिर हाम्फालेर ज्यान जोगाएको गुरुले देखेछन् । विद्यालय पुगेपछि एक चड्कन लगाउँदै गुरुले भने, ‘मैले किन चड्कन लगाएँ थाहा भयो ?’ मैले थाहा भएन भनें । गुरुले फेरि भने, ‘पोखरीमा डुबेर तिम्रो ज्यान गएको भए को जिम्मेवार हुन्थ्यो ।’

मेरो घर
म बस्दै आएको घर १२ वर्षअघि बनाएको हो । घर बनाउँदा ५० प्रतिशत पुख्र्यौली र ५० प्रतिशत श्रीमतीको लगानी परेको छ ।

मेरो राशी
मेरो राशी सिंह हो । ग्रहदशा दुःख पाउने छ । ग्रह र नक्षत्रको फलप्रति विश्वास छैन ।

मेरो सौन्दर्यचेत
कहिलेकाहीं कपालमा तोरीतेल लगाउँछु । जाडो मौसममा अनुहार सुख्खा हुने भएकाले क्रिम प्रयोग गर्छु ।

मेरो प्रेम
आफन्तकहाँ भक्तपुर आउँदा उनलाई देखादेख भयो । कुराकानी भयो । उनले हुन्छ भनिन् । त्यसपछि उनी घर फर्किन् । पछि मागीबिहे गर्यौं । ‘क्याम्पस लेभल’ मा प्रेम त गरियो नि । तर, बिहे गर्ने उद्देश्यले होइन । कम्युनिस्ट आन्दोलनमा लागेपछि दुःख पाइन्छ । आफूले त पाइएला तर परिवारलाई दुःख दिनुहुँदैन भन्ने थाहा थियो ।

मेरो सपना
सपना नदेख्ने को होलान् र । मैले पनि सपना देखेको छु । नेपाली समाजलाई समाजवादी समाजमा रूपान्तरण गर्ने सपना छ । त्यतिमात्रै होइन, मुलुकलाई साम्यवादी समाजमा रूपान्तरण गर्न कति जाती हुन्थ्यो ।
नेपकिपासम्बद्धलाई राजनीतिक रूपमा सचेत गराउँदै जनताको सेवा गर्नेबाहेक पदीय लोभ छैन । भक्तपुरबारे किताब नै प्रकाशित गरेका छौं । पुस्तकमा भक्तपुरको कलासंस्कृति जगेर्ना गर्दै आधुनिक जीवनशैलीको परिकल्पना गरिएको छ ।

मेरो मृत्यु
मृत्यु अन्तिम सत्य हो । भौतिक वस्तुमा सबैको अन्त्य हुन्छ । मृत्यसँग डर लाग्दैन । लाग्ने हो भने त राजनीतिमा लाग्दै लाग्दिनथें ।

सन् १९७९ को कुरा हो । किसान सम्मेलन सकिएको थियो । सम्मेलनमा दुइटा विचार राखेको थिएँ । पहिलो आन्दोलनका विभिन्न रूप प्रयोग गर्ने र अर्को सशस्त्र आन्दोलन, अपहरण आदि/आदि ।

भारतको गोरखपुरमा सुतिरहेको थिएँ । अचानक ठूलो आवाज सुनें । कोठाभरि धूवाँ नै धूवाँ थियो । सास फेर्न गाह्रो भयो । नजिकको मेडिकलमा सामान्य उपचार गरियो । त्यहाँबाट सरकारी अस्पताल ‘रेफर’ गरे । घटनाको वास्तविकता सोधियो । गोरखपुर पुगेको १५ दिनजति भएको थियो कसलाई शंका गर्ने । घटनाको छानबिन भए पनि वास्तविकता पत्ता लागेन । आफूले थालेको काम सकिएको अवस्थामा मृत्यु होस् भन्ने चाहना छ ।

यी जीवन कथा पनि पढ्नुहोस्

प्लास्टिक सर्जन शंकरमान राईको जीवन : मेरो मृत्यु भएको वर्षौंपछि मात्रै अरूलाई थाहा पाऊन्

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको जीवन : मलाई सिध्याउन सातपटक बम प्रहार

पूर्वउपसभामुख पूर्णा सुवेदीको जीवन : प्रधानमन्त्रीको भूमिका पाए निर्वाह गर्न तयार

एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालको जीवन : अवकाशपछि सामाजिक काममा लाग्ने रहर

सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें

अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं

लीलामणि पोखरेलको जीवन :  ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल