एउटी निर्दयी सौतेनी आमा जसले ६ बर्षे छोराको यसरी हत्या गरिन् (भिडियो रिर्पोट सहित)

एउटी निर्दयी सौतेनी आमा जसले ६ बर्षे छोराको यसरी हत्या गरिन् (भिडियो रिर्पोट सहित)

शम्भु दंगाल/अमरेन्द्र यादव

बैशाख ४, जनकपुरधाम – जनकपुरको मुजेलिया गाँउ दुई दिनदेखि शोकमग्न छ । ३ दिन देखि हराएका साढे ६ बर्षका बालक कृष्ण राउतको शब घरकै सेफ्टिट्याँङ्कीमा फेला परेपछि परिवार र छिमेकी शोकमग्न बनेका हुन् ।

शनिबार दिँउसो कृष्णको शब प्रहरीले घरको आँगनको छेउमा रहेको सेफ्टिट्याङ्कीबाट निकालेदेखि कृष्णका हजुरबुवा हजुरआमा सहित आफन्तले मन थाम्न सकेका छैनन् ।


बुहारीले ६ महिनाको शिशु छोडेर अर्को बिहे गरेपछि कृष्णलाई पालनपोषण गरेर हुर्काएकी हजुरआमा सुमित्रा राउतको आँखा ओभानो हुन सकेको छैन् । नातीलाई सम्झेर उनी अर्धमुर्छित भइरहन्छिन् । हत्यारा बुहारीलाई फाँसी देउ भन्दै उनी आँशुको भेल बगाइरहेकी छिन् ।

हजुरआमा मात्र हैन कृष्णकी फुपु कौसिलाले पनि मन थाम्न सकेकी छैनन्, उनी कृष्णको फोटो हेर्दै डाँको छोडेर रोइरहेकी छिन् ।


कृष्णका हजुरबुबा देबनारायण राउत नातीलाई परिवारकै सदस्यले हत्या गरेपछि रुँदै टोलाँइहरेका छन् ।

“नाती गाँउका अरु केटाहरु भन्दा धेरै चलाख थियो, कसैले मोबाइल नंबर भनेपछि तुरुन्तै याद गथ्र्यो” हजुरबुवा देबनारायण यादवले भक्काँनिदै आँसु पुछे । उनले यस्तो होला भनेर आफूले कहिल्यै नसोचेको बताए । उनले भने–“यस्तो हुन्छ भन्ने अनुमान गर्न सकेको भए अन्तै लगेर राख्थेँ ।”


परिवारका सदस्य मात्र हैन नजिकै रहेको ह्याप्पील्याण्ड बोर्डिङ स्कूल पनि शोकमग्न भएको छ । उनी सो स्कूलमा नर्सरीमा अध्ययन गर्थे ।

३ दिन देखि नाति घरबाट एकाएक हराएपछि हजुर आमा सुमित्रा राउतले प्रहरीमा उजुरी दिएकी थिइन । उजुरी पर्नेबित्तिकै प्रहरीले अनुसन्धान तीब्र पार्यो । प्रारम्भिक अनुसन्धानमै प्रहरीले उनको हत्या भएको आंशका गर्यो । शनिबार दिँउसो सेफ्टिट्याङ्की खोलेर हेर्दा प्रहरीले कृष्णको शब भेट्टायो ।


हजुरबुवा देवनारायणका अनुसार घरमा कोही नभएको बेला बिहान दश–एघार बजेको समयमा कृष्णको हत्या भएको थियो ।

यसरी भयो कृष्णको हत्या

चैत ३० गते हजुरआमा सुमित्रा खेतमा गहुँ काट्न गएकी थिइन । हजुवुवा देवनारायण घर बनाउने काममा गएका थिए । कृष्णका बुवा श्रीप्रसाद राउत जनकपुर शहरमा अटो रिक्सा चलाँउदै थिए ।


त्यसदिन कृष्ण सैतेनी आमा रिनादेवी यादव, २ बर्ष र ६ महिनाका भाइबहिनीसँगै थिए ।

त्यसै दिन सौतेनी आमा रिनादेवीले कृष्णको हत्या गरिन । प्रहरीलाई उनले दिएको प्रारम्भिक बयान अनुसार भाइबहिनीलाई रुवाएपछि घाँटी थिचेर मारेको बयान दिएकी छिन् ।

तर प्रहरीले उनको बयानलाई विश्वास गरेको छैन् । कृष्णको हत्या उनी एक्लैले गर्न नसकेको बरु त्यसमा उनका बुबा श्रीप्रसादको समेत संलग्लना भएको आंशका गरेको छ । आइतबार प्रहरीले हत्या गर्न प्रयोग भएका फलामका सामग्रीहरु पनि बरामद गरेको छ ।

रिनादेवी सहित श्रीप्रसाद राउतलाई समेत प्रहरीले हत्याको कारणबारे अनुसन्धान थालेको छ । हत्याको कारण सम्पतीको बिषयलाई लिएर भएको हुनसक्ने धनुषाका प्रहरी प्रमुख लालमणी आर्चायले रातोपाटीलाई जानकारी दिए ।


श्रीप्रसादले गरेका थिए ५ बिहे

जनकपुरमा अटोरिक्सा ब्यवसायी संघको कार्यसमितिमा समेत रहेका ४० बर्षका श्रीप्रसाद राउतले पाँच बिहे गरेको स्थानीयले बताए । उनलाई अहिलेसम्म ४ श्रीमतीले छोडेको र रिनादेवि कान्छी श्रीमतीको रुपमा स्थानीयको भनाई छ । प्रहरीले पनि उनको विगतको श्रीमती फेर्ने शैलीका कारण कृष्णको हत्यामा उनको पनि संलग्नता हुनेबारे आशंका गरेको छ ।

श्रीप्रसादका बुवा देवनारायण तथा छिमेकीका अनुसार श्रीप्रसादको पहिलो बिहे उनको कमाई नभएका कारण भाँडिएको थियो । उनी बेरोजगार थिए घरमा छोरीको पालनपोषण राम्रो नहुने बुझेर माइतीले नै उनको दोश्रो बिहे गराईदिएका थिए ।


जेठी श्रीमतीले छोडेपछि उनले दोश्री श्रीमती बिहे गरे । तर बच्चा जन्माउन नसक्ने भन्दै केही समयपछि घरबाट निकालेका थिए ।

कृष्ण तेश्रो श्रीमतीबाट जन्मिएका थिए । तर उनी जन्मिएको छ महिनापछि नै उनकी आमा घर छोडेर हिँडेकी थिइन् । उनले यसरी घर छोड्नुको कारण उनलाई पारिवारिक तनाब दिएको हुनसक्ने प्रहरीको अनुमान छ । श्रीमती बिहे गर्ने र केही समयपछि तनाब दिएर घरबाट निकाल्ने श्रीप्रसादको शैली देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख आर्चायले बताए ।

हजुरआमा कडा भएकोले सौतेनी आमाले छुन सकेकी थिइनन्

६ महिनाको हुँदा आमाको साथ गुमाएका कृष्णलाई हजुरआमा सुमित्राले निकै दुःख गरेर हुर्काएकी थिइन् । उनकी फुपु कौसिलाले पनि निकै माया गर्थिन । श्रीप्रसादले कृष्णकी आमाले घर छोडेपछि अर्को बिहे गरेका थिए । घरमा सौतेनी आमा भित्रिएपनि कृष्णलाई हजुरआमाले आमाको अभाव महसुस गराएकी थिइनन् ।


उनी कडा स्वभावकी भएकीले कान्छी बुहारीकी रुपमा आएकी रिनादेवीले सौतेनी छोरा कृष्णलाई केही गर्न सक्दिनथिन् । छिमेकीका अनुसार उनले कृष्णलाई पनि माया देखाँउथिन् कहिल्यै पिटेको गाली गरेको थाहा नभउको बताए ।
घरभित्रैकै परिवारमा एउटा बालकको निर्ममतापूर्वक यसरी हत्या भएपछि जनकपुर मुजेलियाका स्थानीय आश्र्चय र शोकाकूल अवस्थमा छन् ।

हेर्नुहोस भिडियो :

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल