बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्स र इङ्ल्यान्डको सानदार जित

बुधबार, २५ भदौ २०७६, ०८ : ३०
बुधबार, २५ भदौ २०७६

विश्वकप विजेता फ्रान्स र इङ्ल्यान्डले युरो कप छनोटमा सानदार जित निकालेका छन् । मंगलबार राति भएको समूह ‘एच’ फ्रान्सले एन्डोरालाई ३–० गोल अले हराएयो । समूह ‘ए’ को खेलमा इङ्ल्यान्डले कोसोभोलाई ५–३ गोलले हरायो ।

 फ्रान्सले सहज जित निकालेपनि यस खेलमा खेलमा एन्टोइन ग्रिजम्यानले पुनः पेनाल्टी मिस गरेका थिए । उनले यसअघिको खेलमा पनि पेनाल्टी मिस गरेका थिए । १८औं मिनेटमा किंग्सले कोमनले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । क्लेमेन्ट लेङ्लेटले ५२औ मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

 विसम बेय येडरले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै फ्रान्सलाई सहज जित दिलाएका थिए । जितसँगै ६ खेलबाट १५ अंक बनाएको फ्रान्स गोल अन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको टर्कीको समान १५ अंक छ । अंक विहिन एन्डोरा तालिकाको पुछारमा छ । समूह ‘ए’ कै अन्य खेलमा टर्कीले मोल्डोभालाई ४–० गोल र अल्बानियाले आइसल्यान्डलाई ४–२ गोलले हरायो । समूहमा आइसल्यान्ड १२ अंकसहित तेस्रो, नौ अंक बनाएको अल्बानिया चौथो र तीन अंक बनाएको मोल्डोभा तालिकाको पाँचौं स्थानमा छ ।

यसैगरी समूह ‘ए’ मा रहेको युरो छनोटमा इङ्ल्यान्डको जितमा रहिम स्टर्लिङले आठौं, ह्यारी केनले १९औं मिनेटमा एक एक गोल गरे । जासोन सोन्चोले ४४औं र ४५औं मिनेटमा दुई गोल गरे । अर्को गोल ३८औं मिनेटमा कोसोभोका मेर्जिम भोजभोडाबाट आत्मघाती गोल सहयोग मिलेको थियो । कोसोभोका लागि खेलको पहिलो मिनेटमै भालोन बेरिसाले गोल गरेका थिए । दोस्रो गोल भोरोन वेरिसाले ४९औं र भेडाट मुरीक्वीले ५५औं मिनेटमा गरे ।

समूह ‘ए’ कै अर्को खेलमा चेक रिपब्लिकले मोन्टेनेग्रोलाई ३–० गोलले हरायो । यस समूहमा चार खेलबाट १२ अंक बनाएको इङ्ल्यान्ड शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेकको चेक रिपब्लिबको पाँच खेलबाट नौ अंक छ । आठ अंक बनाएको कोसोभो तेस्रो स्थानमा छ । मोन्टेनेग्रो र बुल्गेरियाको समान दुई दुई अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप