शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लवका छोरा प्रकाश चन्द पक्राउ

बुधबार, २५ भदौ २०७६, १० : २३
बुधबार, २५ भदौ २०७६

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

चितवन मेडिकल कलेज परिसरबाटै उनलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन मेडिकल कलेजमा जारी आन्दोलनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । 

चन्दसँग अन्य १५ जना विद्यार्थीहरु पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

केही दिनदेखि चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनरत रहेका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार आन्दोलनका क्रममा कलेजमा अवरोध गर्नका साथै उग्ररुपमा प्रस्तुत भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप