शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली टिचिङमा : मुटुमा राखिएको क्याथेटर निकालियो

बुधबार, २५ भदौ २०७६, १० : ३३
बुधबार, २५ भदौ २०७६

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर स्वास्थ्य परीक्षण गराएका छन् ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले मुटको जाँच गराएका हुन् ।

ओली सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका थिए । प्रधानमन्त्री सामान्य फलोअपका लागि अस्पताल पुगेको वालुवाटार स्रोतले बतायो ।

अस्पताल स्रोतका अनुसार बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा यसअघि सिङगापुरमा राखिएको क्याथेटर निकालिएको हो । 

चिकित्सकहरुका अनुसार ‘प्लाज्मा फेरोसिस गर्दा प्रधानमन्त्रीको मुटुमा राखिएको क्याथेटर निकालिएपनि थप उपचार गर्नु नपरेको बताएका छन् । उनीहरुले क्याथेटर निकाल्न करिब १०–१५ मिनेट लागेको र त्यसपछि प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएका छन् ।

उनी जाँचपछि बालुवाटार फर्किसकेका छन् ।

सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार गराएपछि चिकित्सकले ओलीलाई आराम गर्न सुझाएका थिए ।

चिकित्सकको सल्लाह अनुसार नै ओलीले वालुवाटारबाटै भेटघाट गरिरहेका छन् ।

उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप