शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कंगना रनौतले अक्षय कुमारको बारेमा किन गरिन् यस्तो खुलासा ?

बुधबार, २५ भदौ २०७६, ११ : १२
बुधबार, २५ भदौ २०७६

भारतीय फिल्म क्षेत्रकी चिरपरिचित अभिनेत्री कंगना रनौतलाई फिल्ममा अभिनय काम गर्ने अभिनेत्रीको रुपमा मात्रै होइन सामाजिक परिवर्तनका विविध विषयमा उनले व्यक्त गर्ने अभिव्यक्तिका कारण पनि चर्चामा आउने गर्छिन् । 

यसैबीच, कंगनाले कावेरी कलिङ अभियानको एक कार्यक्रममा अक्षय कुमारको बारेमा विस्तारमा कुराकानी गरेकी छिन् । उनलाई ८० प्रतिशत पुरुष महिलाको विषयलाई कसरी हेर्छन् भन्ने प्रश्नको जवाफमा भनेकी छिन्, ‘अशिक्षित पुरुषहरु फिल्मलाई ‘कामुकता’ को रुपमा हेर्छन् । त्यसैले महिला सशक्तीकरणसम्बन्धित फिल्मलाई विविध समस्या झेल्नुपर्छ ।’

भर्खरै अक्षय कुमार यसै सन्दर्भमा आलोचित बनेका थिए । उनको फिल्ममा भूमिका एकदमै कम र फिल्म महिलासँग सम्बन्धित थियो तर फिल्मको पोस्टरमा अक्षयको अनुहार एकदमै ठूलो र अरु महिला कलाकारको तस्बिर एकदमै स–साना थिए । 

तर, कंगनाले अक्षयलाई बचाउ गर्दै महिला–केन्द्रित फिल्मलाई अगाडि बढाउनुमा अक्षयको भूमिका रहेको बताइन् । उनले भनिन्, ‘मिशन मंगल वास्तवमै महिला वैज्ञानिक फिल्म हो । यो उपलब्धी हो । तर अक्षयलाई यसको श्रेय जान्छ किनकी कमसेकम उनले यस्ता फिल्मलाई अगाडि बढाउँन त मद्दत गरिरहेका छन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप