शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जिपको ठक्करबाट वडाअध्यक्ष थापा घाइते

बुधबार, २५ भदौ २०७६, १४ : २१
बुधबार, २५ भदौ २०७६

बुटवल– बुधवार दिउँसो  गुल्मीमा जिपको ठक्करबाट एकजना  वडाअध्यक्ष घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष उदयबहादुर थापा बा १८ च १०४४ नम्बरको जिपले ठक्कर दिएर घाइते भएका हुन् ।

वडाध्यक्ष थापा बुधवार दिउँसो लु ४१ प ३९०३ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा उदिनढुगांमा जिपले ठक्कर दिएर  घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।

जिपको ठक्करबाट घाइते भएका थापालाई गुल्मी अस्पतालमा उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको  छ । ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै तम्घासमै टेम्पोबाट खसेर एकजना महिला घाइते भएकी छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ९ बाट तम्घास बसपार्क तर्फ आउँदै गरेको लु १ ह २४५१ नम्बरको टेम्पोबाट खसेर ५८ वर्षीय सेती सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  घाइते सुनारलाई तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा पठाइएको पडिएसपी घलेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप