राजधानीमा चिनियाँ चलचित्र महोत्सव आयोजना हुने
काठमाडौं– यहि भदौ ३१ देखि असोज २ गतेसम्म राजधानीमा चिनियाँ चलचित्र महोत्सव आयोजना हुने भएको छ । ‘चिनियाँ चलचित्र महोत्सव २०७६’ नामाकरण गरिएको महोत्सव नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा हुन लागेको हो । महोत्सवमा चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता रहनेछ ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सवमा यो पटक ६ चिनियाँ चलचित्र प्रदर्शन गरिने वल्र्ड कल्चरल नेटका कार्यक्रम संयोजक राजेन्द्र रिमालले जानकारी दिए । महोत्सवमा चर्चित निर्देशक वङ्गकार वाई निर्देशित ‘द ग्राण्डमास्टर’, दाँते लाम निर्देशित ‘अपरेसन मेकङ’, जँ ज्याक्युज अनौद निर्देशित ‘वुल्फ टोटेम’, लेस्त चेन निर्देशित ‘ब्याटल अफ मेमोरिज’, हान यान निर्देशित ‘गो अवे मिस्टर ट्युमर’ र हाइ चोङ निर्देशित ‘रनिङ लाईक विन्ड’ प्रदर्शन हुने आयोजकले जनाएको छ ।
हरेक दिन २ वटा चलचित्र प्रदर्शन गरिने उक्त महोत्सवमा प्रवेश निःशुल्क हुनेछ । महोत्सव अन्तर्गत नै यस वर्ष पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्यूटका प्रोफेसर चेन सुगुआङसँग एउटा विशेष अन्तरसंवादको कार्यक्रम समेत राखिएको छ ।
नेपाल र चिनियाँ संस्कृतिको आदान प्रदान गर्ने महोत्सवको मुख्य उदेश्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपमा आउँदैछ ठुलो अपडेट, इन्टरनेट बिनै पठाउन सकिनेछ फोटो र फाइल
-
उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
-
कतारका राजाको नेपाल भ्रमण : कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी