केन्द्रीय संस्करण

डेङ्गुको प्रयोगशाला परीक्षणबारे केही सत्यता र भ्रम

person explore access_timeभदौ २५, २०७६ chat_bubble_outline1

परिचय

डेङ्गु रोग एक किसिमको भाइरसको सङ्क्रमणले लाग्ने रोग हो । यस भाइरसको चारवटा सेरोटाइपस (DENV1 - 4) रहेको छ । यस भाइरसको सङ्क्रमण प्रथम पल्ट नेपालबाट जापान फर्किने जापानी पर्यटकमा सन् २००४ मा  भेटिएको थियो, जुन सेरोटाइपस २ रहेको थियो । यस रोगको विषाणुलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने माध्यम एडिस एजेपटी (aedes aegypti) जातको लामखुट्टे हो, जुन प्रायजसो दिउँसोतिर मात्रै टोक्छ । यो लामखुट्टे सूर्योदय हुनुभन्दा २ घण्टापछि र घाम अस्ताउनुभन्दा केही घण्टा पहिलेसम्म बढी क्रियाशील रहन्छ । तर राति पनि बत्ति बलेको बेला यसले टोक्न सक्छ । यसले मानिसको कुहिनो र घुँडामा बढीजसो टोक्छ । यस लामखुट्टे ले डेङ्गुबाहेक चिकुन्गुन्या र एल्लो फिबर जस्ता खतरनाक रोगहरू पनि सार्ने गर्दछ ।

नेपालमा हालको अवस्था :

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस रोगको सङ्क्रमण गत श्रावन १ देखि भाद्र २२ गते सम्मको तथ्याङ्कअनुसार ५६ वटा जिल्लामा देखिएको छ भने देशभरिमा ३८९९ जनामा यस भाइरसको सङ्क्रमण रहेको जनाएको छ । साथै सबैभन्दा बढी प्रदेश ३ मा रहेको छ । यस मन्त्रालयका अनुसार प्रदेश ३ मा  सङ्क्रमित हरूको सङ्ख्या २०१०, प्रदेश न १ मा ८३१ जाना, प्रदेश २ मा ३९ जाना, गण्डकी प्रदेश मा ८९३ जाना, प्रदेश ५ मा ९७ जाना, कर्णाली प्रदेशमा ३ जाना र सुदूरपश्चिम प्रदेशमा २३ जाना डेङ्गु सङ्क्रमितहरू रहेको जनाएको छ । यस रोगको सङ्क्रमणले श्रावनदेखि भाद्रसम्म करिब ६ जनाको मृत्यु भइसकेको छ ।

प्रयोगशालामा डेङ्गु रोगको परीक्षणका उपायको तथ्य र भ्रम

ध्ज्इ र ऋम्ऋ डब्लूएचओ÷सीडीसीका अनुसार डेङ्गु रोगको प्रयोगशाला जाँचका लागि दुई किसिमको रगत जाँच गर्न सकिन्छ । तीमध्ये यदि बिरामी हुँदाको पहिलो सात दिनसम्म मोलिकुलर र सेरोलोजिकल दुवै किसिमको जाँचले पत्ता लगाउन सकिन्छ । तर बिरामी भएको सात दिनपछि भने सेरोलोजीकल जाँच मात्रै गर्न उपयुक्त हुन्छ । यीमध्ये डेङ्गु रोगको सही पहिचानको लागि लागि MAC-ELISA र Nucleic Acid Amplification Test(NAAT) द्वारा बिरामी भएको १० दिन भित्र दुइटै टेस्ट गरी मात्र सुनिश्चित गर्न सकिन्छ । अन्य मोलिकुलर जाँचहरूमा Hemagglutination-inhibition, complement fixation, Neutralization test, RT-PCR र One step Multiplex RT PCR जस्ता टेस्टहरू पर्छ, जुन हाम्रो देशमा एकाध रेफरेन्स ल्याबोरेटोरीमा मात्रै हुने गर्छ ।


 

हाल नेपालमा डेङ्गुको प्रकोप देखिएको छ । हरेक होस्पिटल र स्वास्थ्य संस्थाहरूमा रेपिड डायग्नोस्टिक किट (RDT) हरूको आवश्यकता बढिरहेको छ । तर  यसको अभाव पूर्ति गर्न सकिरहेको छैन । यसर्थ यस्तो अवस्थामा अरू वैकल्पिक र राम्रो उपाय अपनाउनु नै राम्रो हुन्छ ।  यी रेपिड डायग्नोस्टिक किटको पनि आफ्नै बेफइदा छन् । जस्तै, हरेक आरडीटी किटहरूको validation गरिएको छैन । यसले झुठो सकरात्मक परिणामहरू दिने गर्छ । साथै रोगको लक्षण देखिएको ७ दिनभन्दा बढी हुन गएमा यस किटले गलत र नकरात्मक परिणाम  दिने गर्छ । यसको कारणले डेङ्गुका बिरामीको समयमै निदान नभई Case fatality rate बढ्न जान्छ । यसको अर्थ आरडीटीको केही महत्त्व नै छैन भन्ने हैन । किनभने सङ्क्रमण भएको ५ देखि ७ दिनसम्मको प्राइमरी सङ्क्रमणमा आरडीटीले पनि राम्रो गति दिन्छ ।

माथि उल्लेखित जाँचबाहेक केही हेमाटोलोजिकल जाँचहरू जस्तै प्लेटलेट काउन्ट, हेमाटोक्रिट (HCT), WBC काउन्ट पनि गरिन्छ ।  उबितभभित अयगलत platelet count <१००,०००/µl र हेमाटोक्रिट > २०%   भयो भने डेङ्गु हेमोरेजिक फिबर भएको अनुमान लगाउन सकिन्छ ।

यसर्थ माथि उल्लेखित रेपिड डायग्नोस्टिक किटबाहेक हेमाटोलोजिकल टेस्टहरूले पनि डेङ्गु भएको अनुमान लगाउनुको साथसाथै बिरामीको स्वास्थ्य अवस्था मूल्याङ्कन गर्नमा ठूलो भूमिका खेल्छ । तर अहिले जुन किसिमले इपिडेमिओलोजी तथा रोग नियन्त्रण महाशाखाले आरडीटीलाई प्रयोग नगरी हेमाटोलोजिकल टेस्टहरूले डेङ्गुको बिरामी पात्ता लगाउन सूचना जारी गरेको छ । यस्तो सूचनाले गर्दा धेरै आशङ्का पैदा गरेको छ । किनकि हेमाटोलोजिकल जाँचहरूले मात्र डेङ्गुको बिरामी हो या हैन भनेर सुनिश्चित गर्दैन र सुरुको सङ्क्रमण अवस्थामा ल्याब डायग्नोसिस गर्न पनि सक्दैन । यसर्थ डेङ्गुको डायग्नोसिस सुनिश्चित गर्न दुवै सेरोलोजिकल र मोलिकुलर जाँच गर्नै पर्ने हुन्छ ।

(लेखक स्वास्थ्य मन्त्रालयका ल्याब टेक्नोलोजिस्ट हुन् ।)

कमेन्ट

  1. Sept. 13, 2019, 2:45 p.m. Asha
    धेरै राम्रो information dinu भकोले धन्यवाद
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...