शास्त्रीय संगीत साधक जोशीले ल्याइन् ‘चुम्बक’
काठमाडौं– करिब दुई दशकदेखि शास्त्रीय संगीतमा साधनारत तेजवती जोशीको नयाँ गीत ‘चुम्बक’ सार्वजनिक भएको छ । गीत डान्सिङ बिटमा तयार भएको गायिका जोशीले बताइन् । टेकेन्द्र नेपालीको शब्द, संगीतमा तयार भएको गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियोमा सुनील क्षेत्री र अनिसा शर्माको अभिनय देख्न सकिन्छ ।
आकर्षक भिडियो सहित सार्वजनिक गीतले दर्शकको मन जित्ने विश्वास गायिका तेजवतीको छ । ‘चुम्बक’ गायिकाको छैटौं कोशेली हो । यसअघि उनले नेपाली र नेवारीमा गरि पाँच गीत ल्याएकी थिइन् । त्रिभुवन विश्वविद्यालयबाट म्युजिक विषय लिएर फाइन आर्टमा स्नातकोत्तर गरेकी जोशी बालकालैदेखि संगीतमा अभिरुची राख्थिन् ।
‘लैबरी सिङ्गिङस्टार’को जज समेत रहेकी जोशीको सांगीतिक रुची भने निकै पुरानो हो । ‘नेवारी समुदायमा भजनकृतन भइरहन्थ्यो’, उनले भनिन्, ‘बचपनदेखि नै मलाई त्यो माहोलले संगीत साधनमा प्रेरित गर्यो ।’
गाउँका सभा, डबलीमा हुने कार्यक्रममा बुवा इन्द्रबहादुर जोशी र आमा वशुमाया जोशीसँग उनले सहभागिता मात्र जनाइनन्, स्कुल पढ्दा विभिन्न कार्यक्रममा पनि भाग लिइन् ।
सानैदेखिको अभिरुचीलाई निखार्न उनले रेडियो नेपालमा स्वर परीक्षा दिइन् । सन् १९९९ मा उनले रेडियो नेपालमा स्वर परीक्षा पास गरेदेखि उनी संगीत साधनामै होमिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै